डा. बिष्णुमाया परियार बेलायतमा सम्मानित

डा. बिष्णुमाया परियार बेलायतमा सम्मानित


15101917_10154141949402883_1704017546_oअल्डरशट । समाजसेवी डा. बिष्णुमाया परियारलाई बेलायतमा आयोजित एक समारोहका बीच सम्मान गरिएको छ । सृजनशील समाजले आइतबार अल्डरशटको भेटघाट रेष्टुरेन्टमा उनको सम्मान गरेको हो । सृजनशील समाजका अध्यक्ष सुक बहादुर सुनारले नेपालका दलित समुदायको उत्थानमा योगदान पुर्याए बापत डा.बिष्णुमाया परियारलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानपछि बोल्दै डा.बिष्णुमाया परियारले आफूले संचालन गरेको छात्रबृति र लधुबित्त कार्यक्रमले सबै समुदायलाई समेटेको चर्चा गरेकी थिईन् । कार्यक्रममा संस्थाका संरक्षक शेर बहादुर सुनारसहित अन्य पदाधिकारीहरु बिकास रनपैली, कुमार सुनार, राजकुमार सुनार, चेत बहादुर परियार, दिलीप मोहरा लगायतले डा. बिष्णुमायाको योगदानको चर्चा गर्दै समाजमा भएको बिभेद हटाउन सबै समुदायको सहयोग हुनुपर्ने बिचार राखेका थिए ।

कार्यक्रममा नेत्र सुनार, सुमन गौतम, प्रमिला तामागं र संगिता गैरे लगाएतका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । नेपाली परम्परागत लोकबाजा पन्चेबाजा पनि प्रस्तुत गरिएको थियो । समाजका महासचिव धन बहादुर सार्कीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष भक्त बहादुर परियारले स्वागत गरेका थिए ।

यसअघि शनिबार गोर्खा समाज युकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा डा। बिष्णुमाया परियारलाई डा.बाबुराम भटटराईले सम्मान गरेका थिए । डा. बिष्णुमाया परियार गोर्खा समाज यूकेको निमन्त्रणामा बेलायत आएकी थिईन् ।

सन् १९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले दलित महिला उत्थान संघमार्फत् नेपालका बालबालिकालाई छात्रबृत्ति र महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु बित्त कार्यक्रमहरु संचालन गरिरहेकी छिन् । हालसम्म उनले संचालन गरेको अभियानबाट १२ हजारभन्दा बढी बालबालिकाहरु र ५ हजारभन्दा बढी महिलाहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

15133693_10154141948207883_812016468_oडा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलरसहित अवार्ड दिएको थियो भने सन् २००६ मा हावर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेट (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो।

डा. विष्णुमाया परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुईभिल शहरले सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ मनाउने गरेको छ ।
-दिनेश कुमार परियार