१४अाैं गोर्खा कप-२०१६ सफलतापूर्वक सम्पन्न

१४अाैं गोर्खा कप-२०१६ सफलतापूर्वक सम्पन्न


13308181_951428708289557_4881648106850256152_oअल्डरशट, यूके । हिजो २९ मे २०१६ अल्डरशट यूकेमा भएको १४अाैं गोर्खा कप फुटबल प्रतियोगिता तथा सम्पूर्ण कार्यक्रम कुशल संयाेजनमा सम्पन्न भयो । हिजाे भएकाे साे कार्यक्रममा समय तथा माैसमले राम्राे साथ दिएकाे थियाे भने, नेपालीहरूकाे उल्लासमय सहभागिताले कार्यक्रमलार्इ निक्कै संयमित बनाएकाे थियाे । तमू स्वयम् सेवकहरुका अथक प्रयास, व्यापारीहरूका सर्वसुलभ स्टलहरूसहितकाे व्यैपारिक उपस्थितिले गर्दा याे १४ अाैं गाेर्खा कप निक्कै सफल रहेकाे थियाे । सहभागी सबैले पूर्ण शान्त वातावरणमा नेपाली खानाका परिकार खान र नेपाली सामान किनमेल गर्दै फुटबलको भरपुर मनोरञ्जन लिएका थिए ।

13296316_10206418846017232_884350977_nयस पटक धेरै मात्रामा व्यापारिक स्टलहरू राखिएकाले सहभागीहरूले सजिलो गरी सेवा लिन पाए र व्यापारीहरुले पनि मनग्य मुनाफा कमाए तर विक्री मूल्य नियन्त्रण नभएकाले एक दुई स्टलले आफन्त र साथीभाइलाई बाेलाएरै नसुहाउँदो चर्को मूल्यमा सामानहरू बेचेका थिए, जसकाे यत्रतत्र चर्चा चलेकाे थियाे । आगामी वर्षमा यसतर्फ पनि आयोजकको ध्यान अवश्य पुग्ने छ । विगत वर्षका अनुभवले यस वर्ष तमू धिंले सबै क्षेत्रमा व्यवस्थापन राम्रो गरेको थियो । खासगरी कार्यक्रमकाे शुरुवातको पार्किङ्ग, दिन भरिको सुरक्षा व्यवस्था र निष्पक्ष खेलकाे अायाेजनालार्इ विशेष रूपमा लिन सकिन्छ ।

13312697_1030302513672757_3161541413558414750_nरसममोर वरोहका मेयर ज्याक्की वोसपर प्रमुख अतिथि, बेलायतका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री विषेश अतिथि रहेको साे कार्यक्रमा तमू धिं यूकेका अध्यक्ष सुर्जे(रामचन्द्र) गुरुङले अध्यक्षता गरेका थिए । पूर्व निर्धारित कार्यक्रमअनुसार सबै कार्यक्रम ठीक ठीक समयमा भए तापनि प्यारासुट जम्पिङ भने प्राविधिक कारणले गर्दा हुन सकेन । यकीन संख्या उपलव्ध नभए पनि ७ देखि ८ हजारको हाराहारीमा दर्शक र ५ सय भन्दा बढी कार भएको यस वर्षको गोर्खा कपमा अत्यधिक मात्रामा युवा वर्गको उपस्थिति थियो भने नेपाली सेलेव्रेटी पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ र नेपाली कांग्रेसकी नेत्री सांसद दिना उपाध्याय पनि अतिथिको स्थानमा देखिएका थिए ।

13308140_951433434955751_1704905237657686547_oयस वर्षको उपाधि भने भेट्रान तर्फकाे १० टिमलाई पछि पार्दै केण्ट एफसीले ईलाम एफसीलाई ४–१ ले पराजीत गर्दै हात पा-यो र मेन अफ द म्याच नन भेटरेनमा गम बहादुर गुरुङ (क्यूजीएस), टप स्कोरर (B 13) सुदिप गुरुंग, १४ औं गुर्खा कप मुख्य क्याटेगोरीमा QGS(Red, रनरअप B 13, भेटेरेन टिममा, केन्ट एफसी, रनरअप UPs Ilam FC, म्यान अफ द म्याच र टप स्कोररमा दीपेन लिम्बू (केन्ट एफसी) रहेका थिए ।

13320440_951429128289515_7308633084486682132_oसाधरण तर्फको मेन खेलमा ३२ टिमबाट आर्मीको क्युन्स गोर्खा सिंग्नलले रेडले बी १३ लाई पराजीत गर्दै यस वर्षको गोर्खा कपको विजय हात पा-यो । योसमेत गरी क्विन्स गोर्खा सिग्नलको यो तेश्रो सफलता हो ।
13318720_10206418833096909_318937530_n
13308443_951438774955217_7573497580419211128_o
13335201_10206418832896904_949065485_n
13335240_10206418833136910_81740444_n
13335382_10206418833216912_970144767_n
13329777_10206418785655723_3858582_n

-भीम बानिया, तस्वीरसहित