बेलायतकाे दूतावासमा गणतन्त्र दिवस

बेलायतकाे दूतावासमा गणतन्त्र दिवस


13310523_10209844493850928_8898803702532942912_nलण्डन । यही २८ तारिख, लण्डनस्थित बेलायतकाे लागि नेपालकाे दूतावासमा ९अाैं गणतन्त्र दिवस एक कार्यक्रमकाे अायाेजना गरेर मनाइएकाे छ । राष्ट्रिय गीतका साथ शुरू भएकाे साे कार्यक्रममा २४० वर्षसम्मकाे शाह वंशीय राज्य शासनकाे अन्त्न्य गर्दै गणतन्त्रकाे स्थापनार्थ अाफ्ना जीवन अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरूकाे त्यागलार्इ सम्मान गर्न एक मिनेट माैन धारण गरिएकाे थियाे ।

गणतन्त्रकाे बारेमा, नेपाली तत्कालीन राज्य व्यवस्था र जनताले अार्जन गरेकाे व्यवस्थाकाे बारेमा बेलायतस्थित नेपाली समाजका विभिन्न व्यक्तिहरूले अाअाफ्ना मन्तव्यहरू दिएका थिए । यसरी मन्तव्य दिनेहरूमा का.वा. राजदूत तेजबहादुर क्षेत्रीसहित विशेष अतिथि सभासद सुश्री दिना उपाध्याय, जनसम्पर्क समितिका तर्फबाट राजकुमार त्रिपाठी, एनटीबी अवैतनिक प्रतिनिधि पशुपति भण्डारी, काउन्सिलर बच्चु कैलाश कैनी, हाइस्किल्ड साेसाइटीबाट डा. तेजेन्द्र फेरली, यतीबाट तर्फबाट पुष्प श्रेष्ठ, पब्लिक युनिटि कमिटिबाट सुरेन्द्र श्रेष्ठ, प्रवासी मञ्चबाट रामशरण सिंखडा, एनअारएन अार्इसीसीबाट संगिता मरहट्ठा, बुद्धिष्ट साेसाइटीबाट कृष्ण दर्लामी मगर, क्षेत्री समाजबाट तेजबहादुर जीसी, सयपत्री नेपाली कल्चरल ग्रूपबाट डम्बर सिंह, नेपाली समाज यूकेबाट राजेन्द्र क्षेत्री, नेपाली साहित्य विकास परिषदबाट काेमल मल्ल, शेर्पा एस्साेसिएसनबाट सन शेर्पा थिए ।

का.वा. राजदूत तेजबहादुर क्षेत्रीकाे सभापतित्व र एट्याच्चे तेजेन्द्र रेग्मीकाे सञ्चालनमा रहेकाे साे कार्यक्रममा बेलायतस्थित नेपाली समाजबाट उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।
-नीर