मौन-महानता- रामेश्वर राउत मातृदास

मौन-महानता- रामेश्वर राउत मातृदास


अदम्य आकाशलाई बटुलेर
सहनशील पृथ्वीलाई कर्‍याकुरूप निचोर्ने
दिग्भ्रमित दुस्वप्न पालेर गड्याङ्गुडुङ मेघ गर्जेझैं दाह्रा किट्नै
सातै समुद्र आफ्नै मुठ्ठीमा बटुल्ने-बाढीपैराको फुइँ
तीनलोक/चौधै भूवनभन्दा मूल्यवान समय
फोस्सैमा ह्वाह्वार्ती बरबाद भयो लङ्केश्वर †

गएपछि गयो-गयो
पछाडि फर्केर कहिल्यै आउँदैन समय
कठै † भकुण्डोमा बटुलेको वायु
र, उन्मादपूर्ण दम्भमा हर्ुर्केको आयु
सीताले धरती खर्लप्पै अङ्गालो हालिन्
र, पिरोल्लिएर राम पुन: वनबास गए
सुनको लङ्का भष्मखरानी भयो दम्भी रावण †

बाँकी अब बाँसको झाङमा तामो छु,
पर्वतेश्वर धामधम प्रशिक्षित गर्दै छन् लवकुशलाई
अश्वमेघमा छाडिएका घोडाहरू उम्कने छैनन् वायुवेगले
अन्धकार रातमा झुल्कने जुन,
र, भोलि बिहान उदाउने घाम
अवश्यमेव, अमोघसिद्ध पराक्रमी हुनेछन् चराचर जगत्का लागि दिव्यधुन †

मौन छन् धरती/आकाश
सबैको खुसीमा फुल्ने फूलहरू तपस्यारत छन्र्
कर्मको फल यही होला/यी बगिरहेका आँसुको भल,
कसलाई भनेर के हुन्छ र मनको वह –
यो सेवामयी समरमा,
आङभरि झरिझुप्प ताराहरू
र, झमलाउँदा घाम/जून दायाँबायाँ राखेर पनि
दम्भ, आवेश र उत्तेजनाशून्य,
जीवन-उत्सवमा छन् धरती/आकाश सबै प्रकारको उपहार †
मत्स्य, कर्ुम, बलराम-नृसिंह
वामन, परशुराम/राम उनै हुन् बलराम जो,
बुद्ध आए धरतीमा अब पालो कल्कीको
हिमालमा आँसु छैन गंगाजल ए ˜ पर्वतेश्वर †
समुद्र छटपटाइरहेकी छिन् आकाशमा
निर्दोष फूलहरूको जीवन,
के शीलामा परिणत भएका छन् त श्रीराम †

एक्लो त सबै बेग्लाबेग्लै हुन्
कहिल्यै आफ्नो कर्तव्यकर्म नछाड्ने
घाम/जूनलाई कोटीकोटी बिहानी प्रणाम †
कपटपूर्ण सकुनी-षडयन्त्र झेल,
कठै, एक्ली द्रौपदीलाई
निर्वस्त्र निर्दयी नङ्ग्रा धस्ने कपटी कौरव
हे ˜ पर्वतेश्वर तिमी मात्रै छौ आशावारीको मधुर धुन †

कठै † उजाड वनमा अलपत्र
छटपटाउँदै रोइरहेका छन् चराहरू
खपिनसक्नु छ मनको आँधी †
नयन-नानीमा आगो हुन्हुनाउने
कसले ल्यायो यो बानी –
यी बस्तीहरूमा प्रेमिल हरियाली धुन
आऊ उत्सवमय तिमी शीतल पानी †

शब्दस्वरुपिणी ए ˜ वेदमाता †
सर्वहितमै आफ्नो जित सोचेर
पन्छीहरूलाई मधुर गीत गाउन लगायौ
नदीहरू मौनधुनमा नाचिरहेका छन् सौन्दर्य
धरती माता बिघ्नैबिघ्नको बोझ बोकेर,
हिम/समुद्र बगाइरहेकी छिन् शीतलता
अहो † यो मौन- महानता,
आकाश सीमातीत सेवा फैलिरहेका छन् हरनिमेष
के यो तिम्रै आतध्र्वनि होइन र –
निष्पट्ट अन्धकारमा पनि
उत्सवको नाद ल्याउँछिन् जून,
र, सर्वस्व छाडेर बनवास गए पनि
रातको ढोका खोलेर उज्यालो आउँछन् घाम †

ए ˜ बाह्रमष्ट/बाराही,
घैक्षेत्रपाल/विन्धवासिनी माता †
उप्रान्त, यी विषाक्त काँडाको भारी बोकेर
यिनै बेसरम/कृतघ्नहरूको मानमुकिका खातिर,
हामी हाम्रो अमूल्य मनफूललाई तिरस्कृत सहिद बनाउने छैनौं
प्रयोजनहीन योद्धाको उपाधि लिन,
घाँडे आकाङ्क्षा बोकेर/लुन्ति यात्रा गर्ने छैनौं
यो प्रण/दृढ प्रतिज्ञा †
आकाशजस्तै विशाल/हिमालजस्तै अविचलित
र, सहनशील धरती टेकेर,
घाम/जून मुस्कुराइरहने छन् हरदम/हरपल †

ए ˜ निराकार वनमाली †
ठीक छ, हेरिरहू तिमी हाम्रो रित्तो थाली,
यिनै निर्दोष नयनबाट बगेका नुनिला जल हुन्
भरिभराउ यी सातै समुद्रहरू,
हामै्र सुस्केरा हो अनन्त आकाशमा मडारिरहने वायुमण्डल
उप्रान्त आफ्नो मुक्तिका लागि
आफ्नै आत्मा-शक्ति र भक्ति-भावना जगाइरहने छु पलपल

मलाई थाहा छ यो जीवन यही धरतीको धूलो हो
यही धरतीको सम्मान र गौरवका लागि आफूलाई खन्याएर
सिङ्गो आकाशजस्तै/पूरै धरती सग्लो एक भएको,
म तिम्रोे विराट स्वरूपको दर्शन गर्ने आएको छु आमा †
म तिम्रोे पूर्णताका लागि
अदम्य/रि्व्यवान उभिइरहन प्रयत्नशील छु
अविचलित मुस्कुराउँदो हिमाल †
अहो † तिम्रो सहनशील हृदय,
शब्द-प्रादुर्भाव हुनै बाँकी छ तिम्रो सम्मान
र, फूल फुल्नै बाँकी छु तिम्रो सौन्दर्य सुवासका लागि †

देखाएर हिँड्दिनँ म हृदयमा राख्छु
पिरतीको बगैंचामा प्रेमैप्रेम चाख्छु
जर्ुर्मुराए अग्नि/वायु चुर्मुल्याई लान
यो मनलाई बचाइराख्न तिमीलाई नै डाक्छु
धरती/आकाश जिन्दगानी छैनन् नजिक-टाढा
हाम्रो प्रीति आकाशको रङ्भन्दा टाढा
पूजा गर्छन् निहुरी आकाश
धरती एक थाली संसाररूपी बगैंचाका तिमी जीवन माली †

गजल- गणेश आचार्यर्
खर्च छैन हात्ती, गैंडा, छिटो पठाइदिनू आमा ।
भोकै छु म दुई-चारमाना, पिठो पठाइदिनू आमा ।।

कागुनोझैँ भात हुन्छ, दाल त रारातालै हुन्छ,
यस्तै खाना कति खाने, मीठो पठाइदिनू आमा ।।

छैन स्वादै तागत दिन्न, भोजन भुँडी मात्रै भर्छ,
मकै कोदो कनिकाको, लिटो पठाइदिनू आमा ।।

स्याउ सुन्तला सुनभन्दा, महँगा पो रै’छन् यता,
कन्दमुलै खान्छु तरूल, गिठो पठाइदिनू आमा ।।

पैसाबिना डेग नचल्ने, रै’छ आम्मै सहरतिर,
आँठोले के पुग्छ अब, बिटो पठाइदिनू आमा ।।