नयाँदिल्ली पठाइयो राजदूत उपाध्यायलाई फिर्ता बोलाउने पत्र

नयाँदिल्ली पठाइयो राजदूत उपाध्यायलाई फिर्ता बोलाउने पत्र


ओली सरकारको कोपभाजनमा परेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई स्वदेश फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र परराष्ट्र मन्त्रालयले सोमबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ । मन्त्रिपरिषद्को गत २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोमबार दिल्ली पठाइएको पत्रमा राजदूत उपाध्यायलाई जिम्मेवारीबाट मुक्त गरिएकाले १५ दिनभित्र स्वदेश फर्कन भनिएको बताइएको छ ।
Deep-Kumar-Upadhyay
आफू नेतृत्वको सरकारविरुद्ध राजदूत उपाध्यायले सक्रियता बढाएको आरोप प्रधानमन्त्री केपी ओलीले लगाएको र पुष्टि हुन नसकेको सोही अभियोगमा उपाध्यायमाथि खनिएको वालुवाटर सुत्रले जनाएको छ । राजदूत उपाध्याय एक वर्षअघि मात्र जिम्मेवारी निर्वाह गर्न नयाँदिल्ली खटिएका थिए ।