लोप हुने खतरामा चितुवा

लोप हुने खतरामा चितुवा


leopard

एजेन्सी । चितुवाको बसोबासका लागि उचित मानिएको चिनियाँ क्षेत्र, दक्षिण एसिया र अरबेली प्रायद्वीपबाट चितुवा झन्डै लोप हुने अवस्थामा पुगेको साथै दक्षिण अफ्रिकाको उत्तरी तथा पश्चिमी क्षेत्रमा पनि चितुवाको बासस्थानमा पनि व्यापक कमी आएको एउटा अध्ययन प्रतिवेदनले देखाएको छ । छिटो दौडिनसक्ने जङ्गली जनावर चितुवाको बासस्थानका लागि योग्य मानिँदै आएका विश्वभरका करिब ७५ प्रतिशत क्षेत्र गुमाउँदा यसको जीवन लोप हुने खतरा बढेको देखिएको हो ।

खेतीयोग्य जमिनको बिस्तार आहाराको कमी, कृषकसँगको द्वन्द्व सिकार एवम् चितुवाको छाला तथा दाँतको चितुवाको जनसङ्ख्यामा लोप हुँदै जानका प्रमुख कारण मानिएका पियरजी नामक एक पत्रिकामार्फत यस हप्ता सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार चितुवाको वासस्थान क्षेत्र सन् १७५० मा ३५० लाख वर्ग किलोमिटर भएको र यसबाट कमी आई हाल ८० लाख ५० हजार वर्ग किलोमिटरमा सीमित हुन पुगेको छ । इन्टरनेसनल युनियन फर द कन्जर्भेसन अफ नेचरको अगुवाइमा प्रकृति संरक्षण अभियानमा लागेको थुप्रै समूहहरुले विगत तीन वर्ष लगाएर अध्ययन प्रतिवेदन तयार पारेका उक्त पत्रिकामा उल्लेख छ ।