खर्बपतिको सूचीमा बिनोद चौधरी

खर्बपतिको सूचीमा बिनोद चौधरी


binod-chaudhariनेपालका चर्चित उद्योगपति विनोद चौधरी फेरि पनि विश्वका धनिहरु मध्यको सूचीमा परेकाछन् । यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रिजका मालिक हुन् ।

घुमुवा व्यापार गर्दै भारतकाे राजस्थानबाट काठमाडाैं अाएका चाैधरी ग्रुपका संस्थापक उद्याेपति लुनकरण दास चाैधरीका बुबाले वि.सं. १९९० सालमा काठमाडाैंकाे प्रमुख व्यापारिक केन्द्र इन्द्रचाेकमा कपडा पसल स्थापना गरेका थिए। काठमाडाैंकाे मखन टाेलमा १९९७ मा जन्मिएका लुनकरणले नै साेल्टी हाेटल निर्माण गर्ने युनाइटेड विल्डर्स जस्ताे निर्माण कम्पनी, विराट नगरमा जुटमिल जस्ता उत्पादनमुलक कम्पनी सथापना गरेका थिए। विनोद चाैधरीको पहिलो सफल उद्योग थियो— वाइवाइ तयारी चाउचाउ । सैँबु भैँसेपाटीमा स्थापित सानो कारखानाबाट शुरु भएको उनको चाउचाउ उद्योग अहिले नेपालको सीमाबाहिर पनि विस्तारित भइसकेको छ । उनको चाउचाउले नेपालीहरुको खाजा संस्कृतिमा नै ठूलो परिवर्तन ल्याएको छ । उनले चुरोटदेखि मदिरासम्मका सबै उद्योगमा हात हालेका छन् । वाइवाइको लोकप्रियताले नै देशभित्र उनको हैसियत बढेको छ । राज्य व्यवस्थामा आमूल परिवर्तनपछि संविधान सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट सभासद् भए उनी । विश्वको स्टिल उद्योगका बादशाह मानिने लक्ष्मी मित्तलसँग जोडिएको पारिवारिक सम्बन्धले विनोदको अन्तर्राष्ट्रिय सम्पर्कमा पनि विस्तार ल्याएको सुनिन्छ ।

सयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनः समावेश गराएको छ। उक्त म्यागेजिनले विश्वको एक नं सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करीब रु एक खर्ब १० अर्ब रहेको सो पत्रिकाले उल्लेख गरेको छ। उक्त म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनलाई विश्वका अर्बपतिको एक हजार ५७७ औँ स्थानमा सूचिकृत गरेकोछ ।

चौधरीकाे भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ। चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गरेको फोब्र्सले उल्लेख गरेको छ ।

मिहिनेत, परिश्रम र लगनशीलता भएमा मानिसले सफलता हात पार्न सक्छ भन्ने स्पष्ट उदाहरण उधोगपति चौधरीले दिएकाछन् ।
-नरेन्द्र बस्नेत