राजकुमार ह्यारीको नेपाल यात्रा

राजकुमार ह्यारीको नेपाल यात्रा


PrinceHarry--zलण्डन । यही १९ तारिख, राजकुमार ह्यारीको ६ दिने औपचारिक नेपाल भ्रमणको विस्तृत विवरण प्रिन्स अफ वेल्सको कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यो वर्ष, बेलायत र नेपालबीचको दौत्य सम्वन्धको २०० वर्ष पुगेको अवसरलाई महत्व दिँदै दुई देशबीचको सम्वन्धलाई गाढा पार्नको लागि गरिएको भ्रमणको रुपमा राजकुमार ह्यारीको यस ६ दिने औपचारिक भ्रमणलाई लिइने बताइएको छ । बेलायती राजपरिवारको तर्फबाट हुँदै गरेको यो भ्रमणले नेपालस्थित बेलायती चासोको विषयहरुलाई अतिरिक्त सहयोग दिलाई स्थायीत्व दिने मानिँदै छ ।
भ्रमणको तालिकामा ह्यारीद्वारा भूकम्प पीडितहरुको वर्तमान अवस्थाको बारेमा जानकारी लिने समय छुट्याइएको छ । नेपालीहरुप्रति केही व्यक्तिगत रुपमा केही ज्यादा झुकाव राख्ने ह्यारीले विविध तह र तप्काका नेपालीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
१९ तारिख शनिवार साँझ, राजकुमार ह्यारी, उपप्रधान तथा विदेश मन्त्री कमल थापाद्वारा आयोजित स्वागत कार्यक्रममा सरिक भई विभिन्न मन्त्रीहरु तथा उच्च पदस्थ अधिकारीहरुसँग भेट्ने छन्, जुन कार्यले बेलायत र नेपालबीचको दौत्य सम्वन्धको आधिकारिकताको औपचारिक सम्वोधन गर्नेछ । कार्यक्रममा राजकुमार ह्यारीको प्रधानमन्त्री के.पी. ओलीसँग भेटर्वाता हुने छ ।
भोलिपल्ट आइतबार, नेपालकी पहिलो महिला राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति भवनमा भेटर्वाता हुने छ । सोही दिन, ह्यारीले काठमाण्डौ र पाटनमा भूकम्पले ध्वस्त बनाएको विश्व सम्पदा क्षेत्रहरुको अवलोकन गर्नेछन् र पूर्ननिर्माणका क्रममा भइरहेका कामहरुको निरीक्षण पनि गर्नेछन् । त्यसपछि भक्तपुरमा गई भूकम्प पीडितका राहतहरुमा भइरहेको अन्तर्राष्ट्रिय कार्यहरुका साथै स्थलहरुको अवलोकन गर्नेछन् ।
सोमबार पूरा दिन पर्यटन प्रवर्धनका विषयहरुउपर केन्द्रित रहने राजकुमार ह्यारीको कार्यक्रम रहेको छ । विहानै उनी वाँके र बर्दिया राष्ट्रिय निकुञ्जहरुको भ्रमणमा जानेछन् । त्यही दिन दिउँसो, ह्यारीको पोखराको भ्रमण तय भएको छ । नेपालको उक्त पश्चिम क्षेत्रमा हुने भ्रमणको क्रममा ह्यारी दुई भूपू गुर्खा परिवारलाई भेट्नेछन्, जसको घर, भूकम्पले भत्किएका थिए । तिनीहरुका घरहरुको पुनर्निर्माण गुर्खा वेल्फेयर ट्रष्टले गरिरहेको छ । सोमबार रात ह्यारीले गोर्खामा बिताउने छन् ।
p-haryसन् १८१५ देखि विश्वमा भएको ठूलाठूला युद्धहरुमा गुर्खाहरुले साथ दिएका छन्, जसमा ४०,०००भ न्दा बढी गुर्खाहरुको ज्यान गएको छ । बेलायतबाट प्रदान गरिने ठूला पदक भीसी, १३ जना गुर्खाहरुले पाएका छन् । सन् २००७-०८मा राजकुमार ह्यारीले अफ्गानिस्तानमा पहिलो बटालियन रोयाल गुर्खा राइफल्समा गुर्खाहरुको साथमा कार्यरत रहेका थिए । सोही ताका टीभीमा उनले भनेका थिए …यदि तिमीलाई थाहा हुन्छ, तिमी गुर्खाहरुको साथमा छौ, त्योभन्दा सुरक्षित स्थान कहीँ हुँदैन ।
मंगलबार गोर्खामा भूकम्प पीडितहरुका उद्धारका कार्यहरुको विस्तृतमा अवलोकन गर्नेछन् । सोही अवसरमा ब्रिटिश सेनामा भर्ना हुनका लागि हरेक वर्ष २४० जना नेपाली युवाहरुले भोग्नु पर्ने रिक्रुटमेन्ट प्रोसेसको बारेमा जानकारी लिनेछन् ।
ह्यारीको नेपाल भ्रमणको अन्तिम दिन काठमाण्डौमा बित्ने छ । राष्ट्रपति विद्या भण्डारीको साथमा ह्यारी नेपाली महिला सम्मेलनको उद्घाटन गर्नेछन् । भक्तपुरस्थित सानो ठिमी टेक्निकल स्कुलमा ह्यारीले भ्रमण गर्ने तय भएको छ । सो स्कुल यूकेको फण्डिंगबाट चलेको छ । त्यसपछि कान्ति चिल्ड्रेन हस्पिटलमा उनी भ्रमण गर्नेछन् ।
भ्रमणको अन्त्यमा काठमाण्डौस्थित बेलायती दूतावासले एक रात्रिभोजको आयोजना गर्नेछ, नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले आयोजना गर्ने सो भोजमा ह्यारीले आफ्नो मन्तव्य दिनेछन् ।