अब टाटु नै करिश्माको सहारा-राजन घिमिरे

अब टाटु नै करिश्माको सहारा-राजन घिमिरे


उमेरकै लेखाजोखा गर्ने हो भने त करिश्मा मानन्धरप्रति अब दर्शक अनि चलचित्रकर्मीको आकर्षण घट्न थालेको छ । उमेर बूढो भए तापनि मन कहिले पनि बूढो हुँदैन भनेजस्तो यतिबेला करिश्मा विभिन्न क्रियाकलापका कारण आफूप्रति आकरि्षत गराउन थालेकी छिन् दर्शक र चलचित्रकर्मीहरूलाई ।
चलचित्रसम्बन्धी कुनै कार्यक्रम या समारोहतिर उपस्थित हुँदा करिश्मा कि त ग्ल्यामर्स पहिरनमा देखिने गरि्छन् कि त अलि ‘कलरफुल’ या ‘स्टाइलिस’ पहिरनमा देखिन छाड्दिनन् । उनले लगाउने गरेको युनिक पहिरन पनि भीडमा करिश्मालाई चिनाउने र उनलाई आकर्षक बनाउने कडी सावित हुँदै आएका छन् ।
तर, केही समययता आएर करिश्माले आफूप्रति आकरि्षत गराउन गजवकै शैली अपनाउन थालेकी छिन् । करिश्माले यसका लागि आधुनिक शैली नै अपनाएकी छिन् अहिले । चलचित्रकर्मी एवम् सञ्चारकर्मीहरूले ध्यान आफूप्रति खिच्न यतिबेला करिश्माले देखिने गरी आफ्नो छातीको देब्रे स्तनमा ‘टाटु’ बनाएपछि अहिले बजारमा हल्ला चलेको छ ‘करिश्माको स्टनमा टाटु’ ।
करिश्मा जुन कार्यक्रममा जान्छिन् त्यहाँ उनले आफ्नो स्तनमा बनाएको टाटुको बारेमा चर्चा चलिहाल्छ र चलचित्रकर्मीहरूबीच गफ सुरु भइहाल्छ- ‘आज पनि देखिन पाइने भइयो करिश्माको टाटु’ । करिश्माले आफू पहिरन पनि त्यस्तै लगाउने गरि्छन् कि सबैले टाटु देखोस् । आफ्नो देब्रे स्तनको माथिल्लो भागमा खोपेको टाटु देखाउनका लागि करिश्माले आफ्नो शरीरको संवेदनशील अङ्ग देखाउनुपर्दा टिभी च्यानलका क्यामेराहरू पनि करिश्माको टाटुतिर नै तेर्सिने गरेका छन् ।
सुरुसुरुमा त करिश्मालाई पनि आफ्नो टाटुतिर क्यामेरा तेर्सिंदा रामै्र लाग्थ्यो होला तर धेरै क्यामेरा आफ्नो अनुहारतिरभन्दा स्तनमा खोपिएको टाटुतिर तेर्सिंदा उनलाई पनि दिक्क लागेछ क्या रे ! त्यसैले होला आजभोलि कुनै समारोहमा आउँदा करिश्मा आफ्नो स्तनमा खोपिएको टाटुलाई आफ्नो कपालले छोपिहाल्छिन् । आफूसँग गफ गर्न आउनेले पनि आफ्नो अनुहारतिर नहेरी पुलुक्क-पुलुक्क आफ्नो टाटुतिर हेर्न थालेपछि करिश्मालाई दिक्क लाग्न थालेको छ ।

देखाइदिइन् अतिथिले कमाल
प्रतिभालाई उमेरले छेक्दैन । पारिवारिक वातावरण, उचित माहोल र परिवेश उपयुक्त भइदियो भने प्रतिभा जुन उमेरमा पनि प्रस्फुटन हुन सक्छ । यो कुराको गतिलो र ज्वलन्त उदाहरण बनेकी छिन् तीन वर्षीया बाल गायिका अतिथि केसी ।
अब अतिथिको नाम चाँडै नै गिनिज बुकमा विश्वकै सानो उमेरमा गीत गाउने गायिकाको रूपमा लेखिनेछ भने जुन कारणले गर्दा नेपाल र नेपालीको शिर उच्च हुँदै छ अब चाँडै । यिनै अतिथिको एकल आवाजमा समेटिएको एल्बम ‘अतिथि’को यो साता विमोचन गरियो । राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्मर गुरुङले अतिथिको क्यासेटको विमोचन गर्दै भन्नुभयो, ‘यो उमेरमा कण्ठ पारेर गीत गाउन सक्नु अद्भूत प्रतिभा नै हो । लिटो खाने उमेरमा माइकमा गीत गाउने यी प्रतिभालाई साँच्चै विश्वले नै सलाम गर्नुपर्छ ।’
अर्बिट पब्लिसरको सक्रियतामा तयार पारिएको ‘अतिथि’ एल्बममा नौवटा गीत समावेश छन् । अक्षरसमेत राम्ररी चिन्न नसक्ने गायिका केसीको गीत गाउने कलालाई देखेपछि अन्तर्रर्ााट्रय जगत्मा यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्बिट पब्लिसरले यो पहल गरेको हो ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डका तथ्याङ्कलाई अध्ययन गर्दासमेत यति सानो उमेरदेखि गाएर गीति एल्बम निकालेको प्रमाण फेला परिसकेको छैन । अब अतिथि एल्बमलाई गिनिज वर्ल्ड रर्ेकर्डका लागि प्रक्रियागत ढङ्गमा लगिसकिएको छ ।
अतिथि केसी दुई वर्षदेखि नै गीत गाउन थालेकी अद्भूत प्रतिभा हुन् । आफ्नै दिदी उष्णा केसीले गाएको देखेपछि त्यसलाई नक्कल गर्ने बानीले उनलाई गीत-सङ्गीतप्रति मोह जगायो ।
विभिन्न साङ्गीतिक कार्यक्रममा दिदी उष्णासँग र एकल कार्यक्रमसमेत प्रस्तुत गरेर यिनले उपस्थित सबैलाई आर्श्चर्यमा पारिसकेकी छिन् । नेपाल टेलिभिजनको एक सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष प्रसारणमा समेत अतिथिले गीत गाएकी छिन् ।
शास्त्रीय सङ्गीतमा प्रारम्भिक तह उत्तीर्ण गरेकालाई समेत गाउन गाह्रो हुने स्वर लिपि -अलङ्कार) समेत अतिथिले सहज रूपमा गाएकी छिन् । उनका गीतको म्युजिक भिडियोसमेत तयार गरिएको छ । सो म्युजिक भिडियोको सोही कार्यक्रममा प्रदर्शन गरिएको थियो जसको निर्देशन डब्बु क्षेत्रीले, छायाङ्कन निर्देशन विदुर पाण्डे गरेका हुन् । ‘राष्ट्रले अतिथि केसीको क्षमतालाई अन्तर्रर्ााट्रय जगत्मा चिनाउन पहल गर्ने आशा हामीले लिएका छौं, अतिथिका पिता एवम् अर्बिट पब्लिसरका अध्यक्ष उद्धव केसीले भने ।

फिल्म सुटिङका लागि आयो गाइड बुक
प्रकृति र रमणीय स्थानका हिसाबले नेपाल सम्पन्न मुलुक हो । तर, यहाँ रहेका मनमोहक अनि रमणीय र आहा भन्न लायकका स्थानका बारेमा धेरैलाई थाहा नहुन सक्छ । त्यसमा पनि यस्ता स्थानहरूका बारेमा फिल्मकर्मीहरूले जानकारी लिनु उनीहरूका लागि पनि फलदायी अवसर नै हो ।
विश्व फिल्मकर्मीहरूमाझ नेपालमा रहेका सुटिङ गर्न लायकका स्थानहरूका बारेमा जानकारी गराउन सकियो भने नेपाल अन्तर्रर्ााट्रय फिल्मकर्मीहरूको बजार उत्कृष्ट सुटिङ स्थलको रूपमा स्थापित हुन सक्ने उद्देश्यका साथ चलचित्र विकास बोर्डले नेपालमा छरिएर रहेका विभिन्न उत्कृष्ट स्थान एवम् सुटिङका लागि उपयुक्त हुनसक्ने लोकेसनहरू सङ्ग्रहित एउटा जानकारीमूलक गाइड तयार पारेको छ । ‘फिल्मिङ इन नेपाल, अ गाइड बुक’ नामक सो रंगीन पुस्तक साँच्चै नै विदेशी चलचित्रकर्मीका लागि निकै उपयुक्त देखिन्छ । चलचित्र विकास बोर्डमा अन्तर्रर्ााट्रय सूचना एवम् सञ्चार शाखा हेर्ने चिरञ्जीवी गुरागाईंको संयोजनमा तयार भएको यो पुस्तकमा लोकेसनको बारेमा मात्र नभएर नेपालमा चलचित्र वा डकुमेन्ट्री निर्माण गर्ने उद्देश्यले कोही विदेशी आउन चाहेमा उसले अपनाउनुपर्ने नीति-नियम वा प्रक्रियाको बारेमा पनि जानकारी गराइएको छ ।
चलचित्र वा डकुमेन्ट्री छायाङ्कनका लागि नेपाल आउँदा भौंतारिनुपर्ने विदेशी चलचित्रकर्मीहरूले अब त्यो समस्याबाट मुक्ति पाउने देखिन्छ भने चलचित्र विकास बोर्डले तयार पारेको यो गाइडलाई अवश्य नै फलदायी गाइडको रूपमा लिन सकिन्छ ।