एन आर एन यूके महिला फोरमबाट महिला दिवस हुँदै

एन आर एन यूके महिला फोरमबाट महिला दिवस हुँदै


WOMAN-FORUMलण्डन । एन आर एन यूके महिला फोरमको स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय नारी दिवसलाई बार्षिक रुपमा मनाउने क्रममा बिभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ । जसकाे निरन्तरताकाे याे चौथो साल हुने भएकाे छ । खासगरी महिला दिवस, केवल दिवसको लागिभन्दा पनि उदेश्य मुलकरुपमा सीमांकृत महिला तथा बालबालिकाको सहयोगार्थ मनाउँदै आएको छ ।
यस पटक बर्ष २०१६ को अन्तर्राष्ट्रिय नारी दिबस “हिमाल पहाड तराईको एउटै नारा – सम्बृद्ध समाज निर्माणमा महिलाको अभिभारा” भन्ने मूल नाराको साथ अल्डसर्टको किंग्स सेन्टर मा अागामी महिनाकाे शनिबार भब्य च्यारिटी कार्यक्रमको आयोजना गरी मनाईंदै छ । “…..हामीलाई हौषला प्रदान गर्न एन आर एन अन्तर्राष्ट्रिय महिला संयोजक सपिला राजभण्डारी तथा सह-संयोजक रजनी प्रधान आउने निधो गरी सक्नुभएको छ भने अन्य विशिष्ठ अतिथिहरुलाई समेत आमन्त्रण गरिएको छ …” महिला संयाेजक सुशिला रार्इ र सहसंयाेजक र्इशा गुरूङ बताउँछन् ।
कार्यक्रम सरल र मितब्ययी बनाउँदै संकलित रकम सिराहा हरिवनका द्वन्द्व कालमा आमा-बाबु गुमाएका ती असहाय बाललिकाको लालन-पालनमा सहयोग गर्ने उदेश्य रहेको बताइएकाे छ । कार्यक्रमको आमन्त्रण तथा सौजन्य सहयोगको लागि अायाेजक टिम द्रूत गतिमा लागिरहेका छन् भने टिकट वितरणलाई समेत प्रथमिकतामा राखी खट्दै पनि गएका छन् ।
टिकटको लागि महिला संयोजक सुशिला राई 07853300405, सह-संयोजक ईशा गुरुङ 07503728721 तथा अर्का सह-सयोजक प्रतिमा के.सी. 07853535554 लाई सम्पर्क गर्न अनुरोध गरिएकाे छ ।