कर्मचारी सङ्गठनमा एमालेकै दुई फ्याक

कर्मचारी सङ्गठनमा एमालेकै दुई फ्याक


नेपाल राष्ट्रिय कर्मचारी संगठन
नेपाल निजामती कर्मचारी सङ्गठन राष्ट्रिय अधिवेशनमा होमिएको छ । आगामी फागुन २७–२९ सम्म नेपालगञ्जमा दशौँ राष्ट्रिय अधिवेशन तय भएको छ । ‘सङ्घीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय अधिवेशनमा होमिएको छ कर्मचारी सङ्गठन ।

सरकारले निजामती क्षेत्रको आधिकारिक ट्रेड युनियनको चुनाव गर्ने मिति ०७२ चैतमा घोषणा गरेको छ । सङ्गठनका नेताहरू आधिकारिक निर्वाचन सङ्गठनपक्षीय बनाउन माहौल सिर्जना गर्नेतर्फभन्दा अधिवेशनबाट सङ्गठनको कसरी नेता बन्ने भन्ने दौडधुपमा छन् । विगत अधिवेशनमा झँै नीति–निर्माणमा भन्दा नेतृत्वको बहसमा एक कदम अघि देखिन्छन् नेताहरू । दशौँ अधिवेशनमा वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटा र महासचिव मोहनकुमार घिमिरेमाझ प्रतिस्पर्धा हुने देखिन्छ । केदारप्रसाद देवकोटा हाल सङ्गठनको वरिष्ठ उपाध्यक्ष एवम् केन्द्रीय सहकारी विभागको प्रमुख छन् । आफू सङ्गठनको इतिहासमा २५ वर्षदेखि निष्ठावान सिपाहीको रूपमा पहरेदार गर्दै आएको र विभिन्न कालखण्डमा ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै सङ्गठनको केन्द्रीय सदस्य दुईपटक, कोषाध्यक्ष, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै दशौँ राष्ट्रिय अधिवेशनमा अध्यक्षको उम्मेदवार हुने र आफूलाई अराजकतावाद, अर्थवाद र अवसरवादको भण्डाफोर गर्ने निष्ठावान र इमानदार सङ्गठकहरूले जिताउनेमा देवकोटा ढुक्क छन् । नवौँ राष्ट्रिय अधिवेशनमा वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाललाई जिताउनमा देवकोटाको महत्त्वपूर्ण भूमिका रहेको थियो । जुन गुन तिर्न ढकालसमेत देवकोटाको पक्षमा माहौल सिर्जना गर्न देश–दौडाहामा छन्, यसर्थ घिमिरेको भन्दा देवकोटाको पल्ला भारी भएको देखिँदै छ ।

केदारप्रसाद देवकोटाको टिममा को–को छन् त ?
अध्यक्ष : केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष : लेखनाथ कोइराला, उपाध्यक्षहरू : उपत्यका— कृष्णप्रसाद ढकाल, प्रदेश नं. १ केदारप्रसाद न्यौपाने वा दधिराम गुरागार्इं, प्रदेश नं.२ नौतम पोखरेल वा राजेश शर्मा, प्रदेश नं. ३ मंगलराम दराई, प्रदेश नं. ४ ध्रुवसिंह खड्का वा अनिल शाही, प्रदेश नं. ५ मेघदेव पन्त, प्रदेश नं. ६ डोरप्रसाद उपाध्याय वा भीम विष्ट, प्रदेश नं. ७ कमलपति भट्ट, उपाध्यक्ष महिला : भवानी दाहाल, उपाध्यक्ष जनजाति : ललिकबहादुर महर्जन र उपाध्यक्ष मधेसी : भागत यादव । महासचिव : गंगाबहादुर सुनुवार, उपमहासचिव : महेन्द्र विक, सचिवहरू : ज्ञान पनेरू, केशव जोशी, नारायणबहादुर थापा, हरि जिरेल, भवानी सापकोटा, भुपेन्द्र बस्नेत, मुकुन्द गजुरेल, विष्णुमाया अधिकारी, राजन बीसी र विजयालक्ष्मी सुवेदीलगायतका रहेका छन् । कोषाध्यक्ष : सीताराम घिमिरे वा छवेन्द्र बेलवासे ।

केन्द्रीय सदस्यहरू : देवु परियार, रेणुका केसी, मञ्जु ढुङ्गाना, गोमा घिमिरे, रामप्रसाद आचार्य, युवाचन्द्र घिमिरे, पुष्पराज जोशी, रामचन्द्र जोशी, मानबहादुर थापा, वैकुण्ठ गुरागाईं, गंगाराम नेपाल, कमला खड्का, सुन्दर श्रेष्ठ, उर्वशा थापा, इन्दु घिमिरे, युवाचन्द्र घिमिरे, पुष्पराज जोशी वैकुण्ठ गुरागाईं, कृष्णप्रसाद हुमागाईं, ज्ञानकुमार शर्मा, सौभाग्य शाही, दधिराम मरासिनी, जसबहादुर कार्की, जसबहादुर राई, दिलीपकुमार शाह, रामप्रसाद पन्थी, दुर्गा भट्टराई (ताप्लेजुङ), गणेश अधिकारी (इलाम), सुरेन्द्र दाहाल (पाँचथर), शशिकुमार भट्टराई (झपा), काशी पराजुली (मोरङ), ध्रुव घिमिरे (सुनसरी), कमल लामछिाने, रामेश्वर निरौला (संखुवासभा), रेवती पराजुली (भोजपुर), ध्रुवबहादुर कार्की, (खोटाङ), रामनारायण महत (सप्तरी), देवी पराजुली (उदयपुर), मदनकुमार दत्त (धनुषा), शिवशङ्कर रौनियार (सर्लाही), विमला थापा (महोत्तरी), फणीन्द्र ढुङ्गेल (सिन्धुली), अशोक पोखरेल, भीम सिवाकोटी, अन्जु बस्नेत (दोलखा), गोविन्द थापा (सिन्धुपाल्चोक), तर्ण श्रेष्ठ (भक्तपुर), शान्तिराम पौडेल (ललितपुर), गीता केसी, मुर्ण बराम, बमबहादुर केसी, दीपक अधिकारी (काठमाडौं), राजन पौडेल (उपराष्ट्रपतिको कार्यालय), तारा अर्याल (गृह), ईश्वर ओझा (सामान्य प्रशासन मन्त्रालय) विष्णु अर्याल (मकवानपुर), गोपाल गौतम (चितवन), विमला पुलामी (गोर्खा), राममणि ढुङ्गाना (तनहुँ), देवेन्द्र ढकाल (कास्की), रामजी शर्मा (पर्वत), सगुन कसजु (म्याग्दी), मधु बराल ( मनाङ), लोकेन्द्र बम (पर्सा), खेमनारायण अधिकारी (स्याङ्जा), शिव पौडेल (पाल्पा), तुलसीराम मिश्र (अर्घाखाँची), खिमबहादुर जीसी (कपिलवस्तु), कृष्णकुमारी पाण्डे ( रूपन्देही), मनबहादुर खत्री (जुम्ला), ज्ञानसिंह बुढा (मुगु), लालप्रसाद पोखरेल (कालिकोट), शंकर भट्टराई (हुम्ला), हिराचन धरला (डोल्पा), गणेश दाहाल (दाङ), लक्ष्मी अधिकारी (दाङ), रामबहादुर चन्द (बाँके), अशोक शर्मा (बाँके), ध्रुवदत्त बसौला (बर्दिया), डम्बरबहादुर विष्ट (जाजरकोट), श्याम जोशी (कैलाली), श्याम नेगी (डोटी), पुष्प जोशी (डडेलधुरा), प्रताप चन्द (कञ्चनपुर), त्रिलोकसिंह रावल (कञ्चनपुर), सविना अधिकारी (अर्थ), लव बुढाथोकी (भौतिक), कृष्ण केसी (वन मन्त्रालय), वामदेव ओली (स्थानीय), निर्मला काडेल (पशु विकास मन्त्रालय), ईश्वरी प्याकुरेल (भूमिसुधार मन्त्रालय), राजेन्द्र रूपाखेती (ऊर्जा मन्त्रालय), नारायण गैरे (राष्ट्रिय सतर्कता केन्द्र), अणराज तिवारी (राष्ट्रिय योजना आयोग), चिनिमायाँ महर्जन (सिँचाइ मन्त्रालय), ब्रह्मलाल राजभण्डारी (खानेपानी मन्त्रालय), कमला दाहाल (महिला मन्त्रालय), दुर्गा थापा (कृषि मन्त्रालय), केदार अधिकारी (महान्यायाधिवक्ताको कार्यालय), गोविन्द शिवाकोटी (श्रम मन्त्रालय), रुकमणि अधिकारी, निर्मला निरौला (शिक्षा मन्त्रालय), बद्री कोइराला ( खेलकुद मन्त्रालय), गणेश आचार्य (शान्ति मन्त्रालय), तारा अर्याल (वातावरण मन्त्रालय) नवराज केसी (स्वास्थ्य मन्त्रालय) आदि ।
अनुशासन आयोग : प्रमुख : लक्ष्मण खड्का, सदस्यहरू — गोमादेवी ढुङ्गाना (कटुवाल), जनक धामी, केशव चन्द र शैलेन्द्र थापा ।

लेखा परीक्षण आयोग : संयोजक : जीवन काफ्ले, सदस्यहरू : जयानन्द पाण्डे (मलेप), गंगा खतिवडा (महिला मन्त्रालय) महासचिव मोहन घिमिरेको टिमबाट वरिष्ठ उपाध्यक्षमा: सिन्धु पाण्डे, उपाध्यक्षहरू : मञ्जु कोइराला, ईश्वरी ढकाल, खेमलाल अधिकारी, मोहन गिरी, घनश्याम सापकोटा, शेखरनाथ दाहाल, राजेन्द्र सुवेदी, मुकुन्द पराजुली, राधिका ढकाल, रामहरि शर्मा, महासचिव : रेवन्त गौतम सचिवहरूमा : रमेश भण्डारी, चेतनाथ न्यौपाने, यादव सापकोटा, रामचन्द्र अधिकारी, शान्ति लुइँटेल, अच्युत अधिकारी, डिल्ली दाहाल कोषाध्यक्ष : राजेन्द्र श्रेष्ठ/हरिकाजी राई/बखत खड्कालगायतको पदाधिकारी चर्चामा छन् भने देवकोटाको पल्ला भारी देखेर घिमिरे टिम केही सचेत मनस्थितिमा देखिन्छन् र घिमिरे टिमले यही पुसको चौथो हप्तामा सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य डा. विजय पौडेलको नेतृत्वमा पार्टीका नेता एवम् पूर्व श्रमराज्यमन्त्री उर्वादत्त पन्त, पेसागत महासङ्घको उपाध्यक्ष एवम् निजामती इञ्चार्ज विष्णु लामिछाने, पेसागत महासङ्घको उपमहासचिव गगन विष्ट, सङ्गठनका महासचिव मोहन घिमिरे, सङ्गठनका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सल्लाहकार भोलानाथ पोखरेलको अगुवाइमा करिब एक सय २५ जना सङ्गठन समर्थकको भेला आयोजना गरी अध्यक्षसहित मुख्य तीन पद घोषणा गरेका छन् । जसमा अध्यक्ष मोहन घिमिरे, वरिष्ठ उपाध्यक्ष सिन्धु पाण्डे र महासचिवमा रेवन्त गौतम छन् भने अन्य पदाधिकारी र सदस्यहरू चयन गर्न सकेका छैनन् ।

घोषणा गरेका पदाधिकारीमा पनि महासचिवको उम्मेदवार निजामती सेवाको होइनन्, उनी स्थानीय निकायका विकास समितिअन्तर्गत नियुक्ति भएका कर्मचारी हुन् जसको आधिकारिक निर्वाचनमा मताधिकारसमेत हुँदैन । जानकारहरू भन्छन्– यस्ताले निजामतीको नेतृत्व कसरी गर्न सक्छन् ? यसैले गर्दा महासचिवमा अर्का चर्चामा आएका सचिव एवम् प्रचार विभाग प्रमुख गंगाबहादुर सुनुवारलाई सङ्गठनको महासचिव पदमा सुनिश्चित भएको सहजै अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ घिमिरे टिमबाट प्रस्ताव गरिएका पदाधिकारीहरू समावेशी बनाउन नसकेको र पुरानै अनुहार पूर्ण रूपमा प्रस्ताव गरिएको देखिँदा देवकोटाको टिम सहजै नेतृत्वमा पुग्ने कुरा गर्छन् घिमिरेनिकट मानिनेहरू । आत्तिएर पार्टीलाई गुहारेको हो कि ? पार्टीले सङ्गठनको गुटबन्दीलाई प्रश्रय दिएको हो निष्ठावान सङ्गठक तथा सङ्गठनप्रेमीहरू चिन्तामा छन् । डा. विजय पौडेल पार्टीको तर्फबाट पेसागत महासङ्घका पूर्वइन्चार्जसमेत हुन् । पार्टीको तर्फबाट जानकारहरू भन्छन्– पौडेलजस्ता नेताको चरम गुटबन्दीले केपी ओलीलाई सहजै पार्टी अध्यक्ष बन्न सघाउ पुर्‍याएजस्तै देवकोटालाई पनि सङ्गठनको अध्यक्ष सुनिश्चित गर्ने अनुमान गर्न थालिएको छ ।