सरकारविरुद्ध अविश्वास प्रस्ताव नजिकै

सरकारविरुद्ध अविश्वास प्रस्ताव नजिकै


शान्तिप्रक्रियालाई पूर्णता दिन माओवादी तत्कालै लडाकु व्यवस्थापनका निम्ति तत्पर नभए मुलुकको राजनीतिले कोल्टे फर्ेन सक्ने गम्भीर सङ्केतहरू देखिन थालेका छन् । लडाकु व्यवस्थापन नभई शान्तिप्रक्रियाले पूर्णता प्राप्त नगर्ने र शान्तिप्रक्रिया नटुङ्गिईकन संविधान बन्न र जारी हुन नसक्ने अवस्था रहेको बुझ्दाबुझ्दै पनि माओवादीले लडाकु व्यवस्थापनमा विभिन्न बहानाबाजी गरेर अन्योल लम्ब्याउने कार्य गरिरहेको छ । काङ्ग्रेस, एमाले, माओवादी र माओवादी नेतृत्वको सरकारबीच भएको सातबुँदे सम्झौताअनुरूप लडाकु व्यवस्थापन गर्न अटेरी गर्दै माओवादीले जर्नेल-कर्णेलसहित सयौँको सङ्ख्यामा अधिकृत तहको पद माग्न थालेपछि लडाकु व्यवस्थापन कार्य अवरुद्ध बन्न पुगेको हो । माओवादीले दर्शाएको पछिल्लो व्यवहारले उनीहरू देशमा शान्ति स्थापना होइन दस्तावेजमा उल्लेख भएबमोजिम अधिनायकवादी क्रान्तिकै निम्ति क्रियाशील भएको थप पुष्टि गरेको अन्य दलहरूले ठान्न थालेका छन् । उनीहरूको व्यवहारले नेपालको शान्तिप्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्दै आएका विदेशी मुलुक पनि अहिले आएर झस्किएका छन् । माओवादीलाई सहयोग पुर्‍याउनु गम्भीर भूल पो हो कि भनी सहयोगी राष्ट्रहरू समीक्षा गर्ने तहमा पुगेको बुझिएको छ । तथापि उनीहरूले अरू केही साता ‘बाबुरामको बाटो हेर्ने’ भएका छन् । केही दिनभित्रै लडाकु व्यवस्थापनको प्रक्रिया सुरु गर्न माओवादीले तत्परता लिएन भने नेपालमा माओवादीमाथि तीव्र दबाब पैदा गरिने, त्यसनिम्ति सरकार मात्र नभई परिस्थिति नै बदल्ने तहसम्मको योजनाअनुरूप कार्यारम्भ हुनसक्ने जानकारी मिलेको छ ।
माओवादीको चालबाजीप्रति काङ्ग्रेस र एमालेका नेताहरू पछिल्लो समयमा निकै सचेत हुन पुगेका छन् । माओवादी शान्ति स्थापना प्रक्रियालाई पूर्णता दिन र लोकतान्त्रिक संविधान निर्माणको दिशामा इमानदार नरहेको ठहर उनीहरूले गरिसकेका छन् । संविधानसभाको कार्यकाल सकिने दिन नजिकिँदै गर्दा माओवादीले शान्ति र संविधानको पक्षमा ‘साँच्चै आएको’ अर्को नौटङ्की गर्नसक्ने सम्भावनालाई पनि काङ्ग्रेस र एमालेका नेताहरूले अहिले नै देखिसकेका छन् । यिनै तथ्यहरूलाई दृष्टिगत गरी काङ्ग्रेस र एमाले नेताहरूबीच उच्च तहमा बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल प्रारम्भ भएको बुझिएको छ । अविश्वास प्रस्ताव ल्याउन ढिलो गर्दा माओवादीले देशलाई दिग्भ्रमित तुल्याउने प्रकारका क्रियाकलाप गर्न सक्ने हुनाले उनीहरू जतिसक्दो चाँडो अविश्वास प्रस्ताव दर्ता गर्नुपर्छ भन्ने निचोडमा पुगेका हुन् । तर, मधेसी मोर्चालाई विश्वासमा नलिईकन ल्याइने अविश्वास प्रस्तावको हुनै औचित्य नहुने भएकोले दलका नेताहरू मधेसी मोर्चाको विश्वास आर्जन गर्न जुटेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारसमेत लडाकु व्यवस्थापन गर्न आनाकानी गर्छ भने माओवादीकै अरू कसैको नेतृत्वमा सरकार गठन गरिँदा शान्तिप्रक्रिया टुङ्गिने आशा झनै गर्न सकिने स्थिति नरहेको ठान्न थालिएको छ । त्यसैले केही दिनभित्रै लडाकु व्यवस्थापन प्रक्रिया सातबुँदे सम्झौताअनुरूप सुरु नगरिएमा कुन प्रकारको विकल्पमा जाने भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समेत छलफल सुरु भएको छ । सत्तामा रहेकोभन्दा सडकमा रहेको माओवादीमाथि दबाब सिर्जना गर्न सहज हुने भएको हुँदा सबभन्दा पहिले विधिवत् सरकारको नेतृत्व परिवर्तन गरिने सोचअनुरूप ‘स्टेक होल्डर’बीच परस्पर तथा आन्तरिक छलफल भएको समाचार सूत्रको भनाइ छ । सरकार परिवर्तनपश्चात् माओवादी जसरी प्रस्तुत हुन्छ सोहीबमोजिम प्रतिवाद हुने सोच विकसित भइरहेको छ । माओवादी अध्यक्ष प्रचण्ड मोहन वैद्य किरणलाई थामथुम पार्न सफल भएपछि पार्टीभित्रैबाट सरकारमाथिको खतराचाहिँ टरेको छ । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने र भट्टराईको आलोचना गर्न पनि वैद्य पक्षले नछोड्ने, तर सरकार ढाल्न कुनै पनि प्रकारको निर्णायक कदम भने अब उनीहरूले चाल्ने छैनन् । त्यसैले पार्टीभित्रबाट सरकारमाथि आइलाग्नै लागेको सङ्कट मोचन भएको छ । अब भट्टराई सरकारलाई काङ्ग्रेस, एमाले, मधेसी मोर्चा र अन्य राजनीतिक दलहरूबीचको गठबन्धनले मात्र विस्थापन गर्नसक्ने निश्चित छ । स्थिति यथावत् रहेमा केही साताको अन्तरमै नयाँ सत्ता-समीकरणको अभ्यास सुरु भयो भने कुनै आश्चर्य हुनेछैन । भट्टराई नेतृत्वको सरकारलाई आगामी जेठ १४ गतेको समयसीमा काट्न दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति त्यसै पनि छैन । जेठ १४ पछि संविधानसभा नरहने तर माओवादी नेतृत्वको सरकारले चाहिँ निरन्तरता पाउने स्थिति देश र प्रजातन्त्रका निम्ति अत्यन्त घातक हुनसक्छ भन्ने तथ्यप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू अत्यन्त सचेत छन् । कुनै पनि हालतमा माओवादी नेतृत्वको सरकारलाई जेठ १४ भन्दा उता जान दिनुहुँदैन भन्ने बुझेका उनीहरू अब कति समय भट्टराईलाई पर्खने भन्नेमा मात्र स्पष्ट हुन नसकेका हुन् । तर, त्यस्तो प्रतीक्षा अबको दुई महिनाभन्दा बढी हुनसक्ने देखिएको छैन । प्रतीक्षाको घडी समाप्त भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र ‘सक्षम बाबुरामलाई पूर्ण असक्षम प्रमाणित गर्दै’ सत्ताबाट विस्थापित गरिने निश्चित छ । चिनियाँ प्रधानमन्त्रीको अप्रत्यासित एवम् रहस्यमयी भ्रमणका कारण एकथरीको विश्वास गुमाउनुभएका भट्टराईले द्वन्द्वकालमा माओवादीको कथित जनसरकारद्वारा भए-गरेका लिखतलाई कानुनी मान्यता दिएर आफूलाई थप सन्देहको घेरामा पार्नुभएको छ । त्यस्तै उहाँका कतिपय निर्णय र अभिव्यक्तिले उहाँ विवादित बन्न पुग्नुभएको छ । यसरी राष्ट्रले सर्वाधिक आशा राखिएका नेता बाबुराम भट्टराई शेरबहादुर देउवाभन्दा पनि कलङ्कित बनेर सत्ताच्युत हुनसक्ने अवस्थामा आइपुग्नुभएको छ । अदालतको आदेशपछि युद्धकालमा गठित जनसरकारको कामकारबाहीलाई कानुनी मान्यता दिन गरिएको प्रयासबाट प्रधानमन्त्री भट्टराई पछि हट्न बाध्य हुनुभएको छ । गत सोमबार काङ्ग्रेस नेता रामचन्द्र पौडेलको निवासस्थानमा भएको उच्चस्तरीय बैठकमा प्रचण्ड र बाबुरामले पछि हट्ने सङ्केत दिएपछि अवरुद्ध संसद् बैठकचाहिँ रुचारु हुने देखिएको छ, तर अवरुद्ध शान्तिप्रक्रियाले गति लिने सम्भावनाचाहिँ अझै देखिएको छैन ।

स्वच्छछविलाई कालोझण्डा
लोकप्रिय प्रधानमन्त्री बाबुराम भट्टराई र प्रचण्डसहितले देशभित्रै कालोझण्डाको सामना गर्न थाल्नुभएको छ । प्रधानमन्त्री भएलगत्तै मुस्ताङ गाडी चढेर जनताको वाहवाही पाएका बाबुरामले सबैभन्दा पहिले भारत भ्रमण गरेर स्वदेश र्फकेलगत्तै त्रिभुवन विमानस्थलमा पहिलोपटक कालोझण्डाको सामना गर्नुभएको थियो । बिप्पा सम्झौता गरेको भन्दै उहाँकै पार्टीको एक समूहले उहाँको विरोधस्वरूप त्रिभुवन विमानस्थलमा देखाएको कालोझण्डाको सामना गर्नुभएको थियो । पहिलोपटक आफ्नै पार्टी कार्यकर्ताबाट कालोझण्डाको सामना गर्नुभएका बाबुरामले मंगलबार पाल्पामा पनि सोही प्रकृतिको कालोझण्डा प्रदर्शन र विरोधको सामना गर्नुपर्‍यो ।
पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिको विरोधमा उत्रिएका माओवादीबाहकेका दलका युवा तथा विभिन्न सङ्गठनका विद्यार्थीले प्रधानमन्त्री भट्टराईलाई पाल्पाको तानसेनमा कालोझण्डा देखाएका हुन् । माओवादीका तमुवान र मगरात राज्यसमितिका नेता, कार्यकर्तालाई प्रशिक्षण्ँ दिन भट्टराई पाल्पा पुग्नुभएको थियो । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल छैटौंले प्रधानमन्त्री र स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीलाई कालोझण्डा देखाएका थिए । कालोझण्डा देखाएपछि तानसेन टुँडीखेलमा टायर तथा प्रधानमन्त्री र आपूर्तिमन्त्रीको पुत्ला बालेर विरोध जनाउन खोजेका विद्यार्थीमाथि प्रहरीले सामान्य बल प्रयोग गरी तितरबितर पारेको थियो ।
‘स्वच्छ छवि लिएर प्रधानमन्त्रीको कर्ुर्सर्ीी पुगेको केही दिन बित्न नपाउँदै नेपालको इतिहासमै सबैभन्दा ठूलो सङ्ख्यामा मन्त्रिमण्डल विस्तार, विस्तारित मन्त्रिमण्डलमा हत्यारा र भ्रष्टहरूलाई महत्त्वपूर्ण स्थान दिएर स्वच्छ छविमा कालो धब्बा पोत्नुभएका भट्टराई यतिबेला चौतर्फी आलोचित भइरहनुभएको छ । भट्टराई प्रधानमन्त्री हुँदा आमनागरिकले सोचेका थिए, ‘शान्ति र संविधान निर्माण कार्यले अन्तिम रूप लेला, भ्रष्टाचारको अन्त्य होला, जनप्रिय काम गरेर देश-विदेशका नेपालीबाट स्यावासी पाउलान्, कानुनी शासन कायम होला, अघिल्ला प्रधानमन्त्रीले जस्तो कालोझण्डाको सामना गर्नु नपर्ला भन्ने । तर, त्यसको ठीक उल्टो काम भयो । र, प्रधानमन्त्री भएको एक महिना पनि पुग्न नपाउँदै आफ्नै दल एमाओवादी तथा विपक्षी दलहरूले राजीनामा माग्न थाले । माओवादी स्रोतका अनुसार भट्टराईको बढ्दो अलोकप्रियता र व्यवहारका कारण अध्यक्ष प्रचण्डले नै पछिल्लोपटक सहयोग गर्न छोडेका छन् ।

यी कसरी बने राष्ट्रपतिभन्दा ठूला ?
समय-समयमा उटपट्याङपूर्ण अभिव्यक्ति दिएर चर्चामा आउने गरेका माओवादी अध्यक्ष प्रचण्डले यसपटक आफू राष्ट्रपतिभन्दा ठूलो भइसकेको बताएर दुनियाँ हँसाएका छन् । नेपाली काङ्ग्रेससहित लोकतन्त्रपक्षीय दलका नेताहरूले प्रचण्डको अधिनायकवादी चरित्रलाई लिएर विभिन्न टीकाटिप्पणी गर्दै उनी सत्तामा निष्कटक रहन कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा उभिएको बताएपछि प्रचण्डले आफू राष्ट्रपतिभन्दा ठूलो भइसकेको सार्वजनिक घोषणा गरेका हुन् । उनले संविधानसभाको निर्वाचन (२०६४) अघि नै आफू राष्ट्रपतिभन्दा ठूलो भइसकेको बताउँदै अब राष्ट्रपति भइरहन आवश्यक नरहेको अभिव्यक्ति दिएका छन् । यसअघि ०६२ सालमा पनि प्रचण्डले बीबीसी रेडियोलाई एक अन्तर्वार्ता दिँदै लोकतन्त्र स्थापना भएपछि आफूले राज्यको कुनै औपचारिक पद नलिने बरु बाहिर बसेरै सघाउने घोषणा गरेका थिए । प्रचण्डले आफू र बाबुराम भट्टराईले कुनै पद नलिई देशको लागि काम गर्ने बताइरहँदा त्यसले नेपाली राजनीतिमा छुट्टै तरङ्ग पैदा गरेको थियो र उक्त अभिव्यक्तिको जनतामा पनि सकारात्मक प्रभाव परेको थियो । तर, लोकतन्त्र स्थापनापश्चात् आफ्ना कुनै पनि वाचाप्रति प्रचण्ड-बाबुराम इमानदार रहेनन् । संविधानसभामा ठूलो दलको हैसियत प्राप्त हुनेबित्तिकै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको राष्ट्रिय सहमतिको सरकार ढालेर आफू प्रधानमन्त्री बन्न प्रचण्डले केसम्म गरे कसैले पनि भुलेका छैनन् । कोइराला सरकारको विघटनपश्चात् मुलुकमा सहमतिको सरकार एउटा सुन्दर नारामा मात्र सीमित भएको छ । प्रचण्डले प्रधानमन्त्री भइसकेपछि राज्यसत्तामा क्रमश: नियन्त्रण र प्रभाव वृद्धि गर्दै लगेको र अन्त्यमा सेनालाई नियन्त्रणमा लिन खोज्दा ‘बुमर्‍याङ’ भई सत्ता छोडेर आफैं भाग्नुपरेको पनि जनताले बिर्सन सकेका छैनन् । यतिखेर लोकतान्त्रिक संविधान निर्माण गर्ने कि अधिनायकवादी चरित्रको भन्ने विषयमा उत्पन्न बहस उत्कर्षमा पुगिरहँदा प्रचण्डले मुख मिठ्याउँदै आफू राष्ट्रपति बन्न इच्छुक ‘न’ रहेको बताउँदा त्यसलाई विश्वास गर्नुपर्ने कसैले पनि ठानेका छैनन् । एकथोक बोल्दै अर्कै काम गर्ने नेताको छवि बनाउनुभएका प्रचण्डले आफू राष्ट्रपति बन्न इच्छुक ‘न’ रहेको बताएपछि जनसाधारणले समेत उनी वास्तवमै राष्ट्रपति बन्न कति लालायित रहेछन् भनेर बुझेका छन् । एकपटक जसरी भए पनि कार्यकारी राष्ट्रपति हुने र त्यसपछि पाँच-पाँच वर्षमा चुनाव गराउँदै आफ्नो अनुमोदन गराइरहने नियतबाट प्रेरित भई प्रचण्डले प्रचलित संसदीय लोकतान्त्रिक प्रणालीको विपक्षमा आफूलाई बलियो ढङ्गले उभ्याएको प्रचण्डलाई बुझ्नेहरूले ठानेका छन् । आफ्नै पार्टीमा त अर्ढाई दशकदेखि कुनै चुनाव या अधिवेशन नगराई अधिनायकवाद लाद्ने प्रचण्डले मुलुकमा लोकतन्त्रको रक्षा गर्लान् भन्ने विश्वास कसैले पनि गरेका छैनन् । जो व्यक्ति लोकतन्त्रको सट्टा सर्वहारा या कम्युनिस्ट पार्टीको अधिनायकवादमा आस्था राख्छ र सगौरव त्यसको पक्षपोषण गर्छ, तिनै व्यक्तिले प्रचलित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्छन् भनेर विश्वास गर्नु भनेको आफैंलाई धोखा दिनु हो । अनेक छल र कपटको चक्र चलाउँदै यहाँसम्म आइपुगेका प्रचण्डमाथि जनविश्वासका सम्पूर्ण आधारहरू समाप्त भइसकेका छन् । तैपनि प्रचण्ड अझै जनता अलमलिने अभिव्यक्ति दिन नहिचकिचाउनुले उनलाई आफ्नोबारेमा जनताले के भन्छन् भन्ने थाहा नभएर हुनुपर्छ भन्ने ठानिएको छ ।
राष्ट्रपतिभन्दा आफू ठूलो भइसकेको भन्ने उटपट्याङपूर्ण र केटौले कुरा गरेर प्रचण्डले राष्ट्रपति पदलाई होच्याउन खोजेका भए पनि यस अभिव्यक्तिले उनको कद थप घटाएको छ । लोकतन्त्रप्रति आस्था र विश्वास राख्नेहरू प्रचण्डसँग थप सशङ्कित र सचेत रहन अनिवार्य भएको छ

मारिनुअघिको एक आश्चर्यजनक घटना
प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य मानिएका कृष्णमोहन श्रेष्ठले सशस्त्र प्रहरी बलको प्रमुख रहेकै बेला ज्यान गुमाएको अहिले दश वर्ष बितिसकेको छ । ०५८ साल माघ १२ गते ‘मर्निङवाक’मा रहेका श्रेष्ठ र उहाँकी पत्नीलाई माओवादी गुरिल्लाहरूले सडकमै गोली हानी हत्या गरेका थिए । देशको एउटा असल सिपाहीको हत्या गरिएको घटनाले त्यसबेला माओवादीप्रति घृणा पैदा गरेको थियो । तर, उहाँको हत्यामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा नल्याई उल्टै पुरस्कृत गरेर राज्यले श्रेष्ठको योगदानमाथि व्यङ्ग्य गरिसकेको छ । राज्यले जे-जस्तो व्यवहार गरे पनि श्रेष्ठलाई जनस्तरले भने भुल्न सकेको छैन । कृष्णमोहन श्रेष्ठको हत्या हुनुभन्दा ठीक अघि भएको एउटा घटना जुन अहिलेसम्म सार्वजनिक भएको छैन र आफैंमा रोचक छ, श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त घटनाबारे यहाँ सङ्क्षिप्त वर्णन गर्न खोजिएको छ ।
०५८ साल माघ १२ गते माओवादीबाट हत्या हुनुभन्दा नौ दिनअघि माघ ३ गते सशस्त्र प्रहरी प्रमुख कृष्णमोहन श्रेष्ठ सशस्त्र प्रहरीको पहिलो ‘पास आउट’का लागि सर्ुर्खेत जानुभएको थियो । ‘पास आउट’ सँगै त्यहाँ (सुर्खेत बाङ्गेसिमलमा) रक्तकाली गणका निम्ति निर्मित घरहरूको उद्घाटन गर्ने कार्यक्रम पनि थियो । रक्तकाली गणका प्रमुख थिए- डीआईजी रोहित थापा । त्यसबखत उद्घाटन गर्दै घर प्रवेशको क्रममा कृष्णमोहन श्रेष्ठको गोडा पूजा-सामग्रीले भरिभराउ थालीमा अल्भिmयो र थाली उल्टियो-घोप्टियो । यस्तो दृश्य देखेर त्यहाँ उपस्थित सबै विष्मित भए । त्यसपछि माघ ५ गते वनबेहडास्थित बडिमालिका सशस्त्र गणमा जवानहरूको ‘पास आउट’ र परिसरभित्रै निर्मित बडिमालिका मन्दिरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिन श्रेष्ठ गए । त्यहाँ गण प्रमुख थिए- पोषेन्द्रध्वज खाँण (स्वर्गीय) । मन्दिर उद्घाटनको क्रममा पूजा गर्न कृष्णमोहनले त्यति मन नदिएको, बरु हतारहतारमा फूल-अक्षता छरेर हिँडेको महसुस सहभागीहरूले गरे । त्यसै दिन कृष्णमोहन नेपालगन्ज फर्किए । उनीसँगै उनको सचिवालय प्रमुख हाल एआईजीपी ठाकुरमोहन श्रेष्ठ तथा अन्य केही अधिकारी पनि नेपालगन्ज फर्किए । भाडामा लिइएको एउटा होटलमा श्रेष्ठसहित हालका एआईजी कोषराज वन्त र रोहित थापा पनि थिए । राति कृष्णमोहनले आफू भोलिपल्ट बिहान ‘मर्निङवाक’मा जान चाहेको जानकारी दिए । चरम द्वन्द्वको बेला भएको हुँदा ठाकुरमोहनसहित उपस्थित सबैले ‘मर्निङवाक’ नजान सचेत गराए । राति त उनी चुप लागेर सुते, तर बिहान रोक्न कसैले सकेनन् । कृष्णमोहन ‘वाकिङ’मा निस्किए, प्रहरीले कडा सुरक्षा-प्रबन्ध गर्नुपर्‍यो । उनलाई काठमाडौंमा पनि मर्निङवाक नजान सम्बद्ध निकायहरूले बारम्बार सचेत गराएका थिए, तर उनले त्यसको बेवास्ता गर्दै आएका थिए । ‘वाकिङ’मा नजान सुझाव दिनेहरूलाई उनी भन्ने गर्थे, ‘के मलाई तर्साउन खोजेको ?’ वास्तवमा उनले यस्तो सुझाव या निर्देशनलाई कहिल्यै टेरेनन् र नेपालगन्जमा पनि कसैको आग्रहलाई नसुनेर ‘मर्निङवाक’मा गएका थिए । नेपालगन्जमा रहँदा त्यहाँका एक विख्यात योगी राधास्वामीले कृष्णमोहनलाई ‘तपाईंको दिन अति खराब चलिरहेको’ भन्दै काठमाडौं नर्फकन सुझाव दिएका थिए । राधास्वामीले तात्कालिक डीआईजीपी रोहित थापा र ठाकुरमोहन श्रेष्ठमार्फत पनि कृष्णमोहनलाई नेपालगन्जमै रोक्न प्रयास गरेका थिए । तर, नवयुवराज हृदयेन्द्रको पास्नीमा जानुपर्छ भन्दै उनी त्यहीँ रोकिन मानेनन्, काठमाडौं फर्किए ।
माघ ११ गते राति कृष्णमोहन श्रेष्ठको सचिवालय प्रमुख रहेका ठाकुरमोहन श्रेष्ठको घरमा राधास्वामीले फोन गरी आफूले यहाँ ?नेपालगन्ज)बाट पूजा सामग्री डीआईजी रोहित थापाकहाँ पुग्ने गरी पठाइदिएको जानकारी गराउँदै उक्त सामग्री लिएर बंगलामुखीमा आईजीपी कृष्णमोहन र उहाँकी पत्नीले संयुक्त रूपमा पूजा गर्नुपर्ने भन्दै आग्रह गरे । फोन ठाकुरमोहनकी धर्मपत्नीले उठाएकी थिइन् । राति साढे दश बजेतिर ठाकुरमोहन आफ्नो घर पुगेपछि धर्मपत्नीबाट राधास्वामीको आग्रहबारे जानकारी पाए । उनले तत्कालै नेपालगन्जस्थित राधास्वामीलाई फोन गरेर थप जानकारी लिए । स्वामीले रोहित थापाकहाँ आफूले पठाएको पूजा-सामग्री पुगिसकेको जनाउँदै भोलि ?१२ गते) बिहान सात बज्नुभन्दा अघि नै कृष्णमोहन श्रेष्ठको पति-पत्नीलाई बंगलामुखी लगेर पूजा गर्न लगाउनु भने । स्वामीसँगको वार्तालाप सकिएपछि ठाकुरमोहनले डीआईजी रोहित थापा जो त्यसबेला काठमाडौं आएका थिए उनलाई फोन गरेर पूजा-सामग्री आए-नआएको निश्चित गरे । थापाले आफू घरबाहिर रहेको बताउँदै सामग्रीचाहिँ घरमा आइपुगेको पुष्टि गरे । त्यसपछि ठाकुरमोहनले आईजीपी कृष्णमोहनलाई फोन गरे, तर उनले उठाएनन् । पटकपटक फोन गरेपछि रातको पौने एघार बजेतिर फोन उठ्यो, ठाकुरले केही साङ्गठनिक कुराहरूबारे जानकारी गराएपछि राधास्वामीले पूजा-सामग्री पठाएको र भोलि बिहान सात बज्नु पहिले नै बंगलामुखी पूजामा जानुपर्ने बताए । तर, कृष्णमोहनले पूजाको कुरा सुन्नेबित्तिकै केही नबोली फोन राखिदिए । ठाकुरमोहनले पुन: फोन गरे र पूजा-सामग्रीको गम्भीरताबारे बताए । त्यसपश्चात् कृष्णमोहनले ‘तिमी नै गएर पूजा गर्नू’ भन्दै फोन राखिदिए । ठाकुरले फेरि फोन गरेर आग्रह गरे तर कृष्णमोहनले आफू मर्निङवाकमा जाने बताउँदै पूजा गर्न तिमी नै जाऊ भनी अह्राए । कृष्णमोहन श्रेष्ठले यसरी पूजामा जान अस्वीकार गरेपछि ठाकुरमोहनले रोहित थापासँग टेलिफोन सर्म्पर्क गरी तत्काल छलफल गरे । छलफलपश्चात् भोलिपल्ट ?१२ गते) बिहान ६ बज्नुअगाडि नै दुवैजना रोहित र ठाकुर आईजीपी कृष्णमोहनको घरमा पुग्ने, पूजा-सामग्री दुवैजना ?पति-पत्नी) लाई छुवाउने र साढे ६ बजेभित्रै बंगलामुखी गएर पूजा गराउने निधो भयो । त्यसअनुसार डीआईजी थापा १२ गते बिहान पाँचदेखि साढे पाँचभित्रै ठाकुरमोहनको घरमा पुग्नुपर्ने थियो । ठाकुरमोहन पाँच बजेदेखि नै तयार भएर थापाको प्रतीक्षामा बसे । तर ६ बज्न लाग्दा पनि उनी नआइपुगेपछि फोन गरे, थापाले आउँदै छु भन्ने जवाफ दिए । एवम् रितले सात बज्यो, ठाकुरमोहनले पुन: फोन गरे- थापाले ‘आउँदै छु’ भन्ने जवाफ फर्काए । वास्तवमा अघिल्लो दिन राधास्वामीले पठाएको सामग्री थापाको घरभित्रै बेपत्ता भएछ । उनी पूजा-सामग्री खोजेको-खोज्यै भएछन्, केहीबेरपछि ठाकुरमोहनको मोबाइलमा घण्टी बज्यो, ‘आईजीपी साहेव र उहाँकी पत्नी नुडुपलाई गोली हानेर मारिएको’ खबर ठाकुरले पूजा-सामग्रीको प्रतीक्षा गर्दागर्दै पाए । ठाकुर थचक्क भुइँमा बसे, उता कृष्णमोहन श्रेष्ठ र उहाँकी धर्मपत्नीलाई ललितपुरको पटिपा चोकनजिकै आततायीहरूले झुक्याएर गोली हानी ढालेका थिए ।

माओवादीको कमाइ तेत्तीस करोड मात्र
आय-व्यय विवरण नबुझाए दर्ता खारेज गर्नेसम्मको चेतावनी र पटकपटकको ताकेतापछि निर्वाचन आयोगमा एमाओवादी, एमाले, नेकपा ?माले), ताम्सालिङ राष्ट्रिय दल, राष्ट्रवादी एकता पार्टीलगायत ३९ दलले मात्र आफ्नो विवरण बुझाएका छन् । उनीहरूले पार्टी आय-व्यय बुझाउनका लागि आयोगले दिएको म्यादको अन्तिम समयमा मात्र बुझाएका हुन् । ८० (असीं) वटा दल दर्ता रहेको आयोगले सबै राजनीतिक दललाई पत्रचार गर्दै आर्थिक वर्ष ०६४/६५ देखि ०६७/६८ सम्मको आय-व्यय विवरण्ँ पुस मसान्तभित्र बुझाउन भनेको थियो ।
आयोगको निर्देशनअनुसार एमाओवादी, एमाले, मालेलगायतका दलले अन्तिम समयमा विवरण बुझाएका थिए । अधिकृत रामप्रसाद आचार्यका अनुसार दलहरूले आयोगमा बुझाएको विवरणअनुसार एमालेले एक-एक पेजमा समेटेर चार आर्थिक वर्षको विवरण पेस गरेको छ । एमाओवादीले आम्दानी र खर्च दुवै एकमुष्ट रूपमा आयोगमा आय-व्यय विवरण बुझाएको छ ।
तर, काङ्ग्रेस तथा सत्तारुढ मधेसकेन्द्रित दलहरू मधेसी जनअधिकार फोरम नेपाल
-लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी ?तमलोपा) नेपाल र तराई मधेस लाकतान्त्रिकलगायत पार्टीहरूले कुनै विवरण बुझाएका छैनन् । विवरण नबुझाउने दलहरूले आयोगसँग विवरण बुझाउनका लागि थप समय माग गरेका छन् । काङ्ग्रेसले जिल्लामा भएको खर्चका विवरणहरू प्राप्त हुन ढिला भएकोले केही समय लाग्ने आयोगलाई जानकारी गराएको छ र उसले थप एक महिनाको समय माग गरेको छ ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार सबै विवरण तयार भए पनि केही जिल्लाबाट पूर्ण विवरण नआएकोले केही समय लागेको हो । फोरम लोकतान्त्रिकका नेता परमानन्द मेहताले पनि जिल्लाबाट विवरण नआइसकेकाले विवरण बुझाउन ढिलो भएको बताए । मेहताले भने, ‘हामी केही दिनभित्रै आय-व्ययका सबै विवरण आयोगमा बुझाउने छौँ ।’ ‘हामीले यसबारेमा आयोगलाई पनि स्पष्ट पारिसकेका छौँ,’ मेहताको भनाइ थियो । आयोगका अधिकारीका अनुसार यसरी केही दलले आयोगमा आफ्नो समस्या जानकारी गराए पनि केहीले कुनै चासो देखाएका छैनन् । स्रोतका अनुसार पटक-पटक सूचना जारी गरे पनि ३१ दलले आयोगमा पत्राचार वा कुनै सर्म्पर्क गरेका छैनन् । आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालका अनुसार आयोगमा आय-व्यय विवरण पेस गर्न वास्ता नगर्ने र समय पनि माग नगर्ने पार्टीलाई नियमानुसार कारबाही गरिनेछ । त्रितालले आयोगसँग सर्म्पर्क नै नगर्ने दलको नाम भने बताउन चाहनुभएन । ‘पहिले हामी उनीहरूलाई स्पष्टीकरण्ँको मौका दिन्छौँ, यति गर्दा पनि उदासीन नै पाइएमा कारबाही हुन्छ र त्यसको विवरण दिनेछौँ,’ उनले भने । आयोग स्रोतका अनुसार हिसाबकिताब बुझाए पनि त्यसको प्रतिवेदन पारदर्शी रहे-नरहेकोबारे आयोगले छुट्टै छानबिन समिति गठन गरी गोप्य रूपमा अध्ययनसमेत गर्नेछ ।
आयोग स्रोतका अनुसार दलहरूले बुझाएको केही विवरण शङ्कास्पद देखिएका छन् । एमाओवादीले बुझाएको विवरणअनुसार उसले चार आर्थिक वर्षमा ३३ करोड आम्दानी देखाएको छ भने खर्च ३६ करोडभन्दा बढी देखाएको छ । माओवादीले बुझाएको आय-व्यय प्रतिवेदनअनुसार उसले दुई प्रकारमा आम्दानी स्रोत खुलाएको छ । जसमा सदस्यता नवीकरण, समर्थकबाट प्राप्त चन्दा, सदस्यता शुल्क, पार्टी सदस्यको लेबी, सभासद्को लेबीलाई पहिलो बुँदामा राखेको छ भने सभा-सम्मेलनलाई लक्षित गरी गरिएको प्रकाशन, चन्दा आदिलाई दोस्रो बुँदामा उल्लेख गरेको छ । उसले चन्दाको रूपमा उठाएको रकममा प्रतिव्यक्ति ५० हजारभन्दा कमको मात्र विरण राखिएको छ भने, प्रत्येक सभासद्बाट प्रतिमहिना दश हजार, सदस्यताबाट ४०, जिल्लाबाट ४० र राज्य समितिबाट २० प्रतिशत रकम कटाएर पार्टी सञ्चालनका लागि लिने गरिएको उल्लेख छ । त्यस्तै एमालेले २३ करोडभन्दा बढी आम्दानी गरेको र १६ करोडभन्दा बढी खर्च गरेको देखाएको छ । एमालेले पनि आम्दानीका रूपमा सदस्यता शुल्क, नवीकरण, चन्दालाई मुख्य आधार बनाएको छ ।

नेल्सन मण्डेलापछि गंगा अकेला
भारत सरकारका पूर्वउपप्रधानमन्त्री बाबु जगजीवन रामद्वारा स्थापित, भारतीय दलित साहित्य अकादमी, नयाँदिल्लीद्वारा आयोजित द्विदिवसीय २७औँ दलित लेखकहरूको राष्ट्रिय सम्मेलन नयाँदिल्लीमा हालै सम्पन्न भएको छ । नेपाल, अमेरिका, ब्रिटेन, मौरिसस, श्रीलंका आदि देशका विद्वान् एवम् लेखकहरूलाई सम्मेलन उद्घाटनका दिन सम्मानित गरिएको थियो । विशाल भारतको गणतन्त्रीय संविधान निर्माता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान् डा. भीमराव अम्बेडकरको स्मृतिमा भारत सरकारका पूर्वउपप्रधानमन्त्री बाबु जगजीवन रामजीद्वारा सो अकादमीको स्थापना सन् १९८४ इ. मा भएको थियो र स्थापना भएको केही वर्षपछि नै सो संस्थाले विश्वका प्रख्यात व्यक्तित्व एवम् विद्वान्हरूलाई सम्मानित गर्दै जाने क्रमको थालनी गरेको थियो ।
१९८८ मा विश्वविख्यात व्यक्तित्व नेल्सन मण्डेलाले पाउनुभएको प्रतिष्ठित यस पुरस्कार २०११ मा नेपालका पूर्व वरिष्ठ प्रशासकीय पदाधिकारी, बहुभाषाविद् वरिष्ठ साहित्यकार, पर्यटन तथा संस्कृतिविज्ञ डा. गंगाप्रसाद अकेलालाई हासिल हुनु नेपालकै निम्ति गौरवको विषय बनेको छ । ‘डा. अम्बेदकर इन्टरनेसनल ब्रदरहुड एवार्ड, २०११’ नामक सो सम्मान अकेलालाई भारत सरकारका केन्द्रीय जलसंसाधन मन्त्री एवम् काश्मिरका पूर्वमुख्यमन्त्री डा. फारुक अब्दुल्लाह शेखका हातबाट प्रदान गरिएको थियो ।
त्यसो त नेपालका हलिया आन्दोलनका नेता तथा माओवादी सभासद् हरि श्रीपाइलीलाई पनि ‘डा. अम्देकर अन्तर्राष्ट्रिय एवार्ड-२०११’ बाट सम्मानित गरिएको थियो । तर, सन् १९८८ मा नेल्सन मण्डेलालाई जुन पुरस्कारबाट सम्मानित गरिएको थियो सोही पुरस्कारबाट प्रख्यात विद्वान् डा. गंगाप्रसाद अकेलालाई सम्मानित गरिएबाट नेपाललाई विशिष्ट उपलब्धि हासिल भएको मान्नैपर्छ । नेपालबाट पुरस्कृत हुने व्यक्तित्वहरूको सिफारिस गर्ने काम नेपाल दलित साहित्य अकादमीले गर्दै आएको छ । यस वर्ष पनि त्यस संस्थाका अध्यक्ष ठाकुरचन्द्र गहतराजले अन्य व्यक्तित्वहरूका अतिरिक्त नेपाललाई दोस्रो स्थानमा अधिष्ठापित गराउने व्यक्तित्व एवम् प्रख्यात विद्वान् डा. गंगाप्रसाद अकेलालाई सम्मानित गर्न निमित्त धनुषा जिल्लाका समाजसेवी तथा राजनीतिकर्मी रूपनारायण मण्डलको सिफारिसमा प्रस्तावित गरेर
पठाएका थिए ।-प्रविण बस्नेत

क्यान इन्फोटेकको तयारी पूरा
भोलि बिहीबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा १८औँ क्यान इन्फोटेक आयोजना हुन लागेको छ । एक्सप्लोर एसियाको मुख्य प्रायोजन रहने यसपटकको क्यान इन्फोटेकमा १२ हजार रुपैयाँमै किन्न पाइने ट्याब्लेट पिसी, टेक्नोस कर्पोरेसनको सानो मिनिक्स कम्प्युटर ईर्सीइ कम्पनीले ल्याउन लागेको फाइबर सल आकर्षणका विषय बन्न सक्ने क्यानका अध्यक्ष सुरेशकुमार कर्णले जनाएका छन् । यसैगरी एक्सप्लोर एसियाले डेल ब्राण्डको ल्यापटप किन्नेलाई डेलकै प्रिन्टर उपहार दिने भएको छ । इन्फोटेकमा दुई सय १४ वटा स्टल रहनेछन् भने जुनसुकै कम्पनीका पुराना कम्प्युटरको साटफेरको सुविधासमेत रहनेछ । आगामी १७ गते मंगलबारसम्म हुने क्यान इन्फोटेकको टिकट मूल्य सर्वसाधारणलाई सय र विद्यार्थीलाई पचास निर्धारण गरिएको छ । अनलाइनबाट टिकट खरिद गर्नेलाई २० प्रतिशत छुट दिइने आयोजकले जनाएका छन् ।

भूपू सैनिकका लागि कल्याणकारी परियोजना
नेपालस्थित भारतीय भूपू सैनिक कल्याणकारी सङ्घको २२औँ वारि्षक कल्याणकारी बैठक नेपालका लागि भारतका राजदूत जयन्तप्रसादको अध्यक्षतामा गत आइतबार काठमाडौंमा सम्पन्न भएको छ । भारतीय राजदूतावासको संरक्षणमा सञ्चालित सो सङ्घले नेपालमा बसोबास गर्ने भारत सरकारका सम्पूर्ण सेवानिवृत्तहरूको कल्याणको जिम्मेवारी बोकेको छ भने नेपालमा करिब ९० हजार भारतीय भूपू सैनिक बसोबास गर्छन् । भारत सरकारले सन् १९५२ देखि यी अनुभवी सैनिकहरूको कल्याणसँग सम्बन्धित कार्यहरूको रेखदेख गर्दै आएको छ ।
बैठकलाई सम्बोधन गर्दै राजदूत जयन्तप्रसादले नेपाल र भारतबीच प्राचीनकालदेखि रहँदै आएको प्रगाढ सम्बन्धमा गोर्खा सैनिकको भूमिकाको चर्चा गर्नुभयो । उहाँले भारतीय सेनाका गोर्खा सैनिकले आफ्नो कार्यकौशल र साहसद्वारा विश्वभर प्रशंसा आर्जन गरेको उल्लेख गर्दै भारतीय सेनाका महत्त्वपूर्ण अप्रेसनहरूमा गोर्खा सैनिकको प्रमुख भूमिका रहने गरेको खुलासासमेत गर्नुभयो । नेपालमा रहेका एक खाख २४ हजार भूपू सैनिक तथा पेन्सनर्सको जीवन सहज एवम् सुखद तुल्याउने उद्देश्यले भारत सरकारले प्रशस्त मात्रामा आर्थिक सहायता उपलब्ध गराउँदै आएको राजदूत जयन्तप्रसादले बताउनुभयो । नेपालका विभिन्न गाउँमा अहिलेसम्म करोडौँ लगानीमा एक हजार ३३ खानेपानी आयोजना, १७ गाउँमा सौर्य विद्युतीकरण परियोजना सम्पन्न गरिएको, विभिन्न दुर्गमस्थानमा भारतीय सहयोगमा सडक, स्कुल, छात्रवृत्ति, स्वास्थ्य कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै उहाँले यी कार्य सम्पन्न हुनमा नेपाल सरकारका कर्मचारीहरूको सहयोग रहेको भन्दै आभार प्रकट गर्नुभयो । कल्याणकारी बैठकमा रक्षासचिव नवीनकुमार घिमिरेलगायतका नेपाल सरकारका पदाधिकारीहरू, भारत सरकारको रक्षा मन्त्रालयका सचिव समीरेन्द्र चर्टर्जीको नेतृत्वमा भारतीय प्रतिनिधिमण्डल, भारतीय राजदूतावासका पदाधिकारी तथा नेपालमा बसोबास गर्ने भूपू भारतीय जिल्ला सैनिक बोर्डका सचिवहरूको पनि उपस्थिति थियो । भारत सरकारका नेपालमा बसोबास गर्ने भूपूहरूको सुविधाका लागि नेपालमा सञ्चालित कल्याणकारी परियोजना पुनरावलोकन गर्ने उद्देश्यले विविध कल्याणकारी विषयहरूमा नेपाल सरकारका उच्च पदाधिकारीहरूसँग छलफल आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ । भारतीय प्रतिनिधिमण्डलले पोखरामा आयोजना गरिने ईएसएम र्‍यालीलाई सम्बोधन गर्नुका साथै अनुभवी भूपूहरू, विकलाङ्ग सैनिक तथा युद्धमा श्रीमान् गुमाएका एकल
महिलासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच प्राय: ग्रामीण भेगलाई लक्ष्य गरी नेपालभर विभिन्न कल्याणकारी परियोजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिन लागेको दूतावासले जानकारी गराएको छ । यस्ता कल्याणकारी परियोजनामा भारतीय सेनाका विशेषज्ञ डाक्टरसहितको मेडिकल कल्याणकारी समूहको भ्रमण, खानेपानी परियोजना कार्यान्वयन, ग्रामीण सौर्य विद्युतीकरण, सडक, पुल, विद्यालय, अस्पताल आदि पूर्वाधार विकास परियोजनाहरूमा वित्तीय सहयोग प्रबन्ध, भूपू सैनिकहरूलाई वित्तीय सहयोग वितरण, तिनका बालबालिकाहरूलाई छात्रवृत्ति तथा औषधि वितरण रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मित्रराष्ट्रबाट ‘कालीनाग’लाई तीन करोड
दोलखाको श्री कालीनाग उच्च माध्यमिक विद्यालयका लागि मित्रराष्ट्र भारतले तीन करोड नौ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिने सो सहयोगसम्बन्धी सम्झौतामा गत शुक्रबार भारतीय राजदूतावास र दोलखा जिविस तथा श्री कालीनाग उच्च माध्यमिक विद्यालयबीच हस्ताक्षर भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा दोलखा जिल्लामा सञ्चालित यो चौथो विकास परियोजना हो ।
हाल उमाविका रूपमा सञ्चालनमा रहेको कालीनाग उमावि सन् १९५५ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । सात वर्षअघि सन् २००५ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको सो विद्यालय दोलखा जिल्लाको सुनखानी गाविसमा अवस्थित छ भने विद्यालयमा हाल उपलब्ध पूर्वाधार पुरानो हुनुका साथै विद्यालयमा वृद्धि भइरहेको विद्यार्थीको चापलाई सम्बोधन गर्न अपर्याप्त रहेको छ । छिमेकी भारतको सहयोगमा निर्माण हुने नयाँ संरचनाबाट सो विद्यालयका करिब आठ सय विद्यार्थीलाई सुविधासम्पन्न पूर्वाधार उपलब्ध हुनेछ । यसबाट विद्यार्थीलाई सहज शैक्षिक वातावरण निर्माण भई विद्यालयमा भर्नादर वृद्धि हुने अपेक्षा गरिएको छ ।
यसअघि दुई करोड ३७ लाख भारतीय सहयोगमा दोलखामा एउटा परियोजना सम्पन्न भइसकेको छ भने पाँच करोड ३९ लाखको लागतमा अन्य दुईवटा परियोजना सञ्चालनमा रहेका छन् । दोलखाभर प्रयोग गर्नेगरी जिल्लाका विभिन्न संस्थालाई मित्रराष्ट्र भारतबाट चारवटा एम्बुलेन्स उपहार पनि प्रदान गरिएको छ ।

राजधानीमा नक्कली विद्यार्थीको बिगबिगी
सरकारले विद्यार्थीलाई यातायात भाडामा सहुलियत दिने निर्णय गरेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । यसरी यात्रा गर्ने विद्यार्थी भने कलेज छाडेको वर्षौं बितेका भूपू विद्यार्थीदेखि कलेजको मुखसम्म नदेखका उमेर छिप्पिसकेका व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भएको हो । सरकारले विद्यार्थीलाई सहुलियत दिएबापत व्यवसायीलाई मुस्किलले दश हजार छुट दिएको छ भने त्यसको अनुपातमा व्यवसायीले सक्कली र नक्कली विद्यार्थीबाट मासिक आठदेखि दश हजार नोक्सानी व्यहोर्नुपरेको बताइन्छ । सार्वजनिक यातायातमा यात्रा गर्ने कैयौँ नक्कली विद्यार्थीले कुन कलेजको कार्ड हो भन्नेसम्म भन्न नसकेका दर्जनौँ उदाहरण रहेको बताइन्छ । पछिल्लो समयमा व्यवसायीले भाडा उठाउने आफ्ना कर्मचारीलाई विशेष प्रशिक्षण दिएपछि दिनमा झन्डै सयजना नक्कली विद्यार्थीको कार्ड जफत गरिएको बसुन्धरा माइक्रोबस व्यवसायी समितिका अध्यक्ष हेमन्त शेरचन बताउँछन् । २५ लाख ऋणधन गरेर खरिद गरेको माइक्रोमा यसरी नक्कली विद्यार्थी चढेर हैरानी पार्दा सम्बन्धित निकाय भने चिरन्रि्रामा बसेको छ । निर्णय गरेर मात्र हुँदैन त्यसलाई वैद्यता पुर्‍याएर वैज्ञानिक ढङ्गले कार्यान्वयन गर्नुको सट्टा राज्य मौन बसिदिनाले व्यवसायीहरूलाई ठूलो मर्का परेको अर्का व्यवसायी रामकुमार केसी बताउँछन् । यातायात व्यवसायीलाई नक्कली विद्यार्थीले जति हैरानी पारेका छन् त्यस्तै गरी विभिन्न राजनीतिक पार्टीका भ्रातृ सङ्गठनका रूपमा रहेका मजदुर युनियनले पनि दु:ख दिइरहेका छन् । यातायात व्यवसायीलाई धराशायी बनाएर
व्यापार गर्ने यस्तो सङ्गठनका कारण थप कष्ट व्यहोर्नुपरेको बताइन्छ ।
सरकारले इन्धनको मूल्यवृद्धि गर्छ भाडा वृद्धि गर्दैन, सुरक्षा निकायबाट पर्याप्त सुरक्षा छैन, ट्राफिक प्रहरी कतिखेर गल्ती भेटिन्छ भनेर चोरबिरालोझैं कुरेर बस्छन् सहयोग छैन, गाडी जल्छ क्षतिपूर्ति पाइँदैन यो भन्दा हामीमाथि अन्याय के हुन्छ ? भन्दै प्रश्न राख्छन् बसुन्धराकै अर्का व्यवसायी जीवन । बसुन्धरा व्यवसायी सङ्घका अध्यक्ष हेमन्त शेरचनका अनुसार सहचालकले भाडा माग्दा राता आँखा लगाउने र हात छोड्नेको पनि कमी छैन । हामीले दिएको सेवालाई सामान्यरूपमा लिइन्छ तर २५ लाख खर्च गरेर चलाएको गाडीमा भाडा माग्दा अपमान र कुटाइ दुवै खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । अध्यक्ष शेरचनले नक्कली विद्यार्थी नियन्त्रण गर्न अब हामीले हरेक सरकारी कलेजका प्रमुख, सहायक प्रमुखको नामावली लिएर सहचालकलाई प्रशिक्षित गर्नेछौँ । अब हाम्रा सहचालकको पकेटमा शङ्का लागेका विद्यार्थीलाई सोध्ने यस्ता नामावलीको लिस्ट हुनेछ । विशेषगरी सरकारी क्याम्पसका कार्ड नक्कली हुने गरेका छन् । यसरी चौतर्फी आक्रमण सहेर आफ्नो लगानीको असुरक्षा व्यहोर्दै आएका व्यवसायीले बाध्य भएर अन्य सोच्नुपर्‍यो भने त्यसको सम्पूर्ण दोष राज्यले व्यहोर्नुपर्ने शेरचनको भनाइ रहेको छ । ?अरुण श्रेष्ठ

त्रिविको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
त्रिवि राजनीतिशास्त्र विभागीय प्रमुखलाई कामकाजमा नलगाउनू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । राजनीतिशास्त्र विभागीय प्रमुखमा भर्खरै मात्र डा. रामकुमार दाहाल नियुक्त भएका थिए । गत पुस २२ गतेको त्रिवि कार्यकारी परिषद्को निर्णयले दाहाललाई विभागीय प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठ प्राध्यापकलाई विभागीय प्रमुखमा नियुक्त नगरी कनिष्ठ प्राध्यापकलाई विभागीय प्रमुखमा नियुक्त गरेको भनी सर्वोच्चले दाहाललाई कामकाज गर्न नदिनू भन्ने आदेश जारी गरेको हो । वरिष्ठताको दाबी गर्दै राजनीतिशास्त्रका प्राध्यापक डा. जितेन्द्रध्वज खाँणले यही माघ ८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । विगत २४ वर्षदेखि खाँण राजनीतिशास्त्र विषयको प्राध्यापकको रूपमा कार्यरत रहिआएका छन् । खाँणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रेम शर्माको एकल इजलासले यस्तो आदेश गरेको हो ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को नियम १६-२) बमोजिम वरिष्ठ प्राध्यापकलाई विभागीय प्रमुखमा सिफारिस गर्नुपर्ने प्रावधानलाई मिच्दै त्रिवि कार्यकारी परिषद्ले राजनीतिक भागवण्डाको आधारमा कनिष्ठ प्राध्यापक रामकुमार दाहाललाई राजनीतिशास्त्र विभागीय प्रमुखमा नियुक्त गरेको थियो । दाहाल राजनीतिक भागवण्डाको क्रममा नेकपा ?एमाले)को कोटामा सिफारिस भएका थिए । ‘सर्वोच्चको यो आदेशबाट राजनीतिक भागवण्डाको आधारमा नियुक्त गरर््र्ने प्रवृत्ति रोक्नुपर्छ भन्ने स्पष्ट सन्देश गएको छ,’ रिट निवेदक डा. जितेन्द्रध्वज खाँणले घटना र विचारसँग भने । त्रिविमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारसमेत राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुन थालेपछि पछिल्ला दिनमा विभागीय प्रमुख र क्याम्पसप्रमुखसमेत योग्यताभन्दा पनि राजनीतिक भागवण्डाको आधारमा नियुक्त हुँदै आएका छन् । यसक्रममा पटकपटक त्रिवि ऐन र नियम मिच्दै त्रिवि कार्यकारी परिषद्ले राजनीतिक दलहरूको प्रभावमा काम गर्दै आइरहेको थियो । ‘त्रिविजस्तो शैक्षिक संस्थामा प्रत्येक पद, विभाग र केन्द्रमा योग्यताभन्दा पनि राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिनुले शैक्षिक क्षेत्रमा त्याग, तपस्या र आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका शिक्षकलाई मर्माहत बनाएको छ,’ रिट निवेदनमा उल्लेख गरिएको छ ।

पूर्वराजालाई पनि छोडेन जगदम्बाले
पूर्वराजा ज्ञानेन्द्र शाहका लागि सिमराको प्रभु निवास परिसरमा निर्माणाधीन भव्य अत्याधुनिक बङ्गलामा प्रयोग गरिएको जगदम्बा स्टिलको छड निर्माणको क्रममा भाँचिएको छ ।
सञ्चारमाध्यमहरूमा ‘नेपालकै नम्बर वान स्टिल कम्पनी जगदम्बा स्टिलको टीएमटी भूकम्प प्रतिरोधात्मक छड’ भनेर प्रचार गरिएकै कारण सिमरास्थित प्रमुशमशेर जबराले प्रचारबाट झुक्किएर पूर्वराजाका लागि बनाउन लागिएको बङ्गलामा जगदम्बा स्टिलको छड प्रयोग गरिएको स्रोतले जनाएको छ । बजरंग कन्स्ट्रक्सन वरैनियाले निर्माण गर्दै गरेको सो बङ्गलाको शयनकक्षतर्फ राखिन लागेको विमको ८ एमएमको छड भाँचिएको कन्ट्रक्सनका प्रोप्राइटर एवम् ठेकेदार प्रभुप्रसाद यादवले बताए ।
करिडोरका अन्य स्टिल कम्पनीहरूमा ९५ रुपैयाँदेखि ९९ रुपैयाँसम्म बिक्री भइरहेको छड प्राइम विलेटबाट बनाइन्छ भने जगदम्बाले सस्तोका लागि कवाडबाट निर्माण गरेर बिक्री-वितरण गर्दै आइरहेको स्थानीय सुरज लम्सालले बताए । उक्त भवन निर्माणका लागि जगदम्बा स्टिलको छड सिमरास्थित कँडेल हार्डवेयरले मङ्सिर १६ गतेदेखि पटकपटक गरी ८, १०, १२ र १६ एमएमका छड चार टन प्रतिकिलो ८५ रुपैयाँमा बिक्री गरेको हार्डवेयर सञ्चालक रोशन कँडेलले बताए ।
जगदम्बा स्टिलको नक्कली टीएमटी छड भाँचिएको ठेकेदारले बताएपछि प्रभुशमशेरको फार्ममा कार्यरत पार्वती ढकालले तत्काल जगदम्बाको छड प्रयोगमा रोक लगाएको बताइन् । ‘अब राम्रो स्टिल कम्पनीको छड प्रयोग गर्र्छौं,’ उनले भनिन् ।
छड भाँचिएपछि ढकालले तत्काल जगदम्बा स्टिलमा सर्म्पर्क गरी छड भाँचिएको जानकारी गराए पनि कम्पनीले खरिद गरेको ठाउँमै गुनासो गर्नुस् भन्दै पन्छिएको बताइन् ।
उक्त फार्ममा रहेको पुरानो भवनमाथि दोस्रो तल्लामा निर्माण गरिन लागेको अत्याधुनिक बाथरुम, शृङ्गार कक्ष, खेलकुद रुम, अतिथि कक्ष, शयन कक्ष, बैठक कक्ष, भान्छा हललगायतका संरचना तीन महिनाभित्र सम्पन्न गर्ने उद्देश्यका साथ निर्माणकार्य तीव्र पारिएको स्रोतले जनायो ।
गत वर्ष बारा, पर्सा र रौतहट भ्रमणका क्रमा पूर्वराजा ज्ञानेन्द्रले प्रभुनिवासमा एक हप्ता बिताउँदा उनले असहज अनुभव गरेपछि प्रभुशमशेरले राजकीय महल निर्माण सुरु गरेको स्रोतले बताएको छ । बङ्गला निर्माणको क्रममा झण्डै १८ टन छड लाग्ने बताउँदै बजरंग कन्ट्रक्सनका प्रोप्राइटर यादवले भने आफ्नो २० वर्षो अनुभवमा आजसम्म छड बङ्ग्याउँदा भाँचिएको थाहा थिएन, तर जगदम्बा स्टिलको छड रिङ्ग बनाउन अलिकति घुमाउनेबित्तिकै भटाभट भाँचिएको छ । यस्ता छड छुट्टै सङ्कलन गरेर राखिएकोसमेत बताए । हार्डवेयर सञ्चालक कँडेलले आफूले यस सम्बन्धमा उद्योगलाई जानकारी गराउँदा टेम्प्रेचर हाई भएछ मात्रै भनेको भन्दै आफूले उद्योगले जस्तो छड दिएको त्यस्तै बेचेको प्रतिक्रिया दिए ।
-वसन्त खतिवडा

पेट्रोलियम मूल्यवृद्धिको विरोध
सरकारले सर्वसाधारण उपभोक्ताको ढाड सेक्नेगरी खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि देशव्यापी विरोध भइरहेको बेला लमजुङमा पनि विभिन्न राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले मूल्यवृद्धिको विरोध गरेका छन् ।
नेपाल आयल निगमलाई आर्थिक रूपमा सबल बनाउने प्रशस्त विकल्प हुँदाहुँदै पनि ती विकल्पको बेवास्ता गर्दै जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको भन्दै नेपाली काङ्ग्रेस, नेकपा एमाले, राप्रपा जिल्ला कार्यसमिति लमजुङले विरोध जनाएका हुन् । नेपाल तरुण दल लमजुङ र युवा सङ्घ नेपाल जिल्ला कमिटी लमजुङले पनि पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गरेको छ । युवा सङ्घ लमजुङका अध्यक्ष गोविन्द बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा श्रमजीवी, निमुखा र सर्वहारा वर्गलाई आफ्नो राजनीतिक मुद्दा बनाएर जनतामाथि पटकपटक प्रत्यक्ष प्रहार गर्दै आएको माओवादी नेतृत्वको सरकारले आफ्नो सक्कली रूप प्रदर्शन गरेको जनाइएको छ । देशमा बढ्दो असुरक्षा, मौलाउँदै गएको दण्डहीनता, भ्रष्टाचारजस्ता न्यूनतम सवालहरू बेवास्ता गर्दै सरकारले गरिब जनताको ढाड सेक्ने काम गरेको भन्दै निर्णय तुरुन्त फिर्ता लिन माग गरिएको छ ।-छविलाल बगाले

धमला सम्मानित
शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि पत्रकारिताको माध्यमबाट महत्त्वपूर्ण भूमिका खेलेको भन्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई राष्ट्रिय नागरिक सरोकार केन्द्र नामक संस्थाले सम्मान गरेको छ । धमलालाई ताम्रपत्रसहित सम्मान गर्दै एमाले नेता भरतमोहन अधिकारीले धमलाले जनताको तर्फबाट आफूलाई नेपाली मिडियाको प्रतिनिधिको रूपमा प्रस्तुत गरेको बताए । सम्मान कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले सहमतिबिना शान्तिप्रक्रिया र संविधान निर्माण अगाडि बढ्न नसक्ने भएकोले पत्रकार धमलाले त्यसका लागि जनदबाब सिर्जना गर्नुपर्ने सुझाव दिएको संस्थाका अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए ।

जुम्लीले दियालो बालेर भ्रष्टाचारी चिनाउने
जिल्लामा भएको भ्रष्टाचारको विषयमा सरकारको ध्यान आकरि्षत गर्न र भ्रष्टाचारीमाथि कारबाही गराउन पैंतीस जुम्ली किसानले हातमा दियालो बोकेर राजधानीकेन्द्रित आन्दोलन सुरु गरेका छन् । लामो समयदेखि जिल्लाका भ्रष्टाचारीमाथि कारबाहीको माग गर्दैै आन्दोलन गरे पनि कतैबाट सुनुवाइ नभएकोले सरकारकोे ढोका ढकढक्याउन राजधानीमा आन्दोलन गर्नुपरेको उनीहरूले बताए ।
जनतालाई जानकारी नै नदिई जुम्लाको शनिगाउँ-६ काँडागाउँमा कालापल्त सिंचाइ कुलोको आयोजना पारेर केही काम नगरी कागज मिलाएर आयोजनाको ५ लाख रुपैयाँ भ्रष्टाचार गरेको चाल पाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । राज्यले भ्रष्टाचार नदेखेकोले दियालोको उज्यालोमा देख्छन् कि भनी यस्तो गरेको उनीहरूले बताए ।

सद्भावनाले गजेन्द्रनारायण सम्झियो
सद्भावना पार्टीका संस्थापक तथा मधेसवादी नेता गजेन्द्रनारायण सिंहको १०औँ स्मृति दिवस देशभर मनाइएको सो पार्टीले जनाएको छ । सद्भावनाको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित स्मृति कार्यक्रममा पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले लोकतन्त्रप्रति निष्ठावान स्वर्गीय नेता सिंहको अहिलेको सङ्क्रमणकालीन अवस्थामा अभाव महसुस भएको औंल्याए । कार्यक्रममा पार्टी महासचिव मनिषकुमार सुमन, प्रवक्ता रामनरेश राय, केन्द्रीय सदस्य लालकिशोर साह, सल्लाहकारद्वय श्रीमन मिश्र र डा. सञ्जिता वर्मा र विद्यार्थी मञ्चका उपाध्यक्ष रामेश्वर यादवलगायतले मन्तव्य दिएका थिए ।

प्रधानमन्त्रीसँग दवाडीको अनुरोध
लामो समयदेखि पेटसम्बन्धी समस्या झेल्दै आउनुभएका पत्रकार दामोदरप्रसाद दवाडीलाई उपचारका लागि आर्थिक कठिनाइ परेको छ । काठमाडौं तथा दिल्लीको गुँडगाउँमा पटक-पटक उपचार गर्दा पनि समस्या समाधान नभएकोले उपचारका लागि राज्यबाट आर्थिक सहयोग उपलब्ध गराउनुको विकल्प नभएको भन्दै दवाडीले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

समाजसेवी दाहालको निधन
उदयपुर लेखानीमा जन्मनुभएका समाजसेवी पर्शुराम उपाध्याय दाहालको ८१ वर्षको उमेरमा पशुपति आर्यघाटमा निधन भयो । उहाँको पार्थिव शरीरलाई आर्यघाटमा दाहसंस्कार गरियो । उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानन्यायाधीश खिलराज रेग्मी, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्याय, मुख्यसचिव माधव घिमिरे, पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सर्वोच्च अदालतलगायत विभिन्न अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू, प्राध्यापकहरू, चिकित्सकहरू, वित्तीय संस्थाका पदाधिकारीहरू, पशुपति विकास कोषका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मी तथा मानव अधिकारवादी, बन्धुबान्धव, नातेदार, इष्टमित्रहरूसमेतको अन्तिम संस्कारमा ठूलो उपस्थिति थियो । उहाँको पार्थिव शरीरमा सुपुत्रहरू रामप्रसाद दाहाल, काशीराज दाहाल, केशवप्रसाद दाहाल तथा नाति स्वीकार दाहालले दागबत्ती दिनुभएको थियो ।
स्व. दाहालले उदयपुर र सिराहाको विभिन्न क्षेत्रमा विकास निर्माण र सामाजिक सेवामा उल्लेखनीय सेवा पुर्‍याउनुभएको थियो । उहाँका नाति डा. आलोक दाहालका अनुसार उहाँले पूर्वाअनुमान गर्नुभएकै समयमा आफ्नो देहत्याग गर्नुभएको थियो । देहत्यागका समयमा छोराहरूका साथै उहाँकी धर्मपत्नी शकुन्तला दाहाल, भाइ डिल्लीप्रसाद दाहाल, छोरीहरू इन्दु काफ्ले र लक्ष्मी प्याकुरेलसमेत साथमै हुनुहुन्थ्यो ।
उहाँको शोकसन्तप्त परिवारप्रति सान्त्वना प्रदान गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे, एमालेका महासचिव ई श्वर पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काङ्ग्रेसका नेता विदुर पौडेललगायतका नेताहरू, नास्टका उपकुलपति प्रा.डा. सुरेन्द्रराज काफ्ले, प्रा.डा. गणेशमान गुरुङ, उद्योगपति विनोद चौधरी, नेपाल सरकारका सचिवहरू, कानुन तथा न्यायक्षेत्रका विशिष्ट व्यक्तिहरू, युवराज घिमिरे, ध्रुवहरि अधिकारी, पी. खरेललगायतका वरिष्ठ पत्रकारहरू, मानव अधिकारकर्मीहरू, सुरक्षा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू उहाँको निवास बत्तीसपुतली जानुभएको थियो ।

गाउँपरिषद् सम्पन्न
परासी । नवलपरासीको दक्षिणी सीमावर्ती रमपुरवा गाउँ विकास समितिको १५औं र लोकतान्त्रिक गणतन्त्रपछिको पाँचौँ गाउँपरिषद् रमपुरवामा सकिएको छ ।
आर्थिक वर्ष ०६९/०७० का लागि गाविससचिव परसनाथ शर्माले ५५,०१,९०० रुपैयाँ बजेट नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै बालबालिका हित विकास, महिला सशक्तीकरण, कृषि विकास योजना र पूर्वाधार निर्माणका लागि बजेट लक्षित रहेको जानकारी दिनुभयो । २०७१ हालसम्म नेपाल सरकारले खुल्ला दिसामुक्त गाविस घोषणा गर्न गाविसलाई कुल बजेटको ५० प्रतिशत खर्च गर्न निर्देशन दिएबमोजिम सरकारी नीतिअनुसार प्रस्तुत बजेटमा सरसफाइ र स्वास्थ्यतर्फ विशेष ध्यान पुर्‍याएको उल्लेख छ ।
गाउँपरिषद्को उद्घाटन समारोहमा गाउँ पारालिगल कमिटीका तारादेवी जैसवाल, बडा नागरिक मञ्चका लल्लनप्रसाद यादव, संस्थाका प्रतिनिधि विनोद घिमिरे, कृषि उपसेवा केन्द्रका दूधनाथ पाण्डेय, राजनीतिक दलहरूको तर्फबाट नेपाली काङ्ग्रेस इकाइ सभापति चुलाहीप्रसाद यादव, पत्रकार लक्ष्मी हरिजन, सामाजिक परिचालन ग्रिजेश शर्मालगायतले आर्थिक वर्ष ०६९/७० को प्रस्तुत बजेटप्रति समीक्षा गर्नुभएको थियो ।
त्यसैगरी नरसही नमुना गाविसको आर्थिक वर्ष ०६९/०७० को गाउँपरिषद् नरसहीमा सम्पन्न भएको छ । गाउँ विकास समितिका सचिव एवम् अध्यक्ष भगवतीप्रसाद कर्ुर्मीले आर्थिक वर्ष ०६९/०७० का लागि ५१ लाख ६१ हजार ६ सयको आयव्यय प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेट बालबालिका, महिला सशक्तीकरण, कृषि कार्यक्रम, शिक्षा, स्वास्थ्य, सञ्चार, वनतर्फ केन्द्रित गाविसको संयन्त्रका सदस्य एवम् उपस्वास्थ्य चौकी नरसहीका प्रमुख इन्द्रबहादुर कुमालले जानकारी दिनुभयो ।
-आरपी उपाध्याय

ग्रील व्यवसायीका आफ्नै पीडा
विगत १४ बर्षदेखि ग्रील ब्यवसायलाई कानुनी दायरामा ल्याई ब्यवस्थित गराउने मागसहित व्यवसायिक वैधताका लागि सरकारको ध्यानाकर्षण गर्दै आएको ग्रील व्यवसायी संस्था नेपालले लोडसेडिङको तत्कालिन, अल्पकालीन र दीर्घकालीन विकल्प खोजी ब्यवसायीलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ । गत शनिबार आयोजित प्रेस सम्मेलनमा सो संघका अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसायी संस्था नेपालको सिफारिसमा ग्रील ब्यवसायीलाई जेनेरेटर इन्धन खरिदमा छुट दिने ब्यवस्था मिलाउनु पर्ने, बिद्युत चुहावट र अनियमितालाई रोकी हाल सञ्चालनमा आएका आयोजनाबाट पुर्ण क्षमतामा विद्युत उत्पादन गर्ने ब्यवस्था मिलाउनु पर्ने तथा सबै राजनैतिक दलको सामुहिक प्रतिबद्धतासहित विशेष अभियानका रुपमा बिद्युत उत्पादन कार्य कार्यान्वयन गरिनु पर्ने जस्ता माग अघि सारका हुन् ।
साथै, नेपाल सरकार उद्योग मन्त्रालयअन्तर्गत औद्योगिक प्रबर्द्धन बोर्डको १९५ औं बैठकले यस व्यवसायलाई व्यवस्थित गर्न आवश्यक निर्देशिका बनाई दर्ता फुकुवा गर्ने निर्णय गरेकोमा व्यवसायीहरुले निर्णयको स्वागत गरेको जनाउंदै अध्यक्ष कटुवालले अझै पनि दक्ष जनशक्तिको अभाव, श्रमिक समस्या, अनियन्त्रीत मुल्यबृदि लगायत ग्रील ब्यवसायीका धेरै समस्या रहेका र यीमध्ये तत्कालका लागि लामो लोडसेडिङ समस्याको अन्त्य आफूहरुले चाहेको उल्लेख गरे ।

सत्य सन्दर्भ-स्वामी धर्मविवेक
दु:खी महाराज
कुनै देशमा एकजना राजा थिए । त्यसबेला विभिन्न देशहरूबीच युद्ध चलिरहन्थ्यो । ती राजाले थुपै्र देशका राजालाई युद्धमा हराए । करिब पचासवटा साना-ठूला राज्य कब्जा गरेपछि उनी ठूलै देशका महाराजा बने । महाराजा बनेपछि उनले आफू बस्ने भव्य दरबार बनाए । दरबारमा सबै सुविधा थिए ।
ती महाराजा सौखिन थिए । दरबारमा तीन-चार सयको सङ्ख्यामा षोडसी कन्या पालेका थिए । ती षोडसी कन्याको काम भनेको राजालाई तृप्त पार्नु थियो । तर, राजा कस्ता भने कहिल्यै विषयभोगबाट तृप्त नहुने । उही महाभारतका ‘यायाती’जस्ता । उनी एक रातमा दशजनाभन्दा बढी कन्यासँग रासलीला रचाउँथे ।
उनको दरबारमा कुनै सुखको कमी थिएन । धन, दौलत, यश, आराम, यौनसुख सबै पर्याप्त थियो । तर, एउटै अभाव थियो, न्रि्राको । महराजालाई रातिराति न्रि्रा पटक्कै नलाग्ने । कुनै देशका राजाले आक्रमण गर्लान् कि, मेरो यो वैभव खोसिएला कि ? म कुनै रोग लागेर मर्ने त होइन ? आदि अनेक विचार-चिन्ताका कारण राजाको निद खोसिएको थियो । उनको पालामा न्रि्राको औषधिको आविष्कार पनि भइसकेको थिएन । अन्यथा कुनै ट्रयांकुलाइजर खुवाउन सकिन्थ्यो ।
एक रात सुनको ओछ्यानमा चाँदीको विस्तारामा हीराजडित सिरक ओडेर सुतिरहेका बेला राजाले सोचे, ‘मसँग के छैन ? यत्रो ठूलो राज्य छ । सम्पत्ति छ । सुखका अनेक साधन छन् । मेरो सेवामा चौबीसै घन्टा तयार एक से एक सुन्दर कन्या छन् । तर, एउटा सामान्य मानिससरह पनि म सुखी छैन ? किन होला ? म किन यसरी दु:खी छु हँ ? मेरो दु:खको कारण के हो ?’
यही चिन्तामा डुबेर राजा दुब्लाउँदै गए । उनको चिन्ता र दुब्लो शरीर देखेर त्यस देशका जनता पनि चिन्तित हुन थाले । एक दिन राजाका वफादार प्रधानमन्त्रीले राजालाई कुनै आध्यात्मिक गुरुकहाँ लगे । ती गुरुसँग गएर राजाले भने, ‘म धेरै दु:खी भएँ गुरुवर । मेरो दु:ख हरण गर्नुहोला ।’ ती आध्यात्मिक गुरुले लामै प्रवचन दिए । अहिलेको भाषामा ‘खोके’ भनौँ न । उनले राजाको दु:खको मूल कारण काम, क्रोध, लोभ, मोह, अहङ्कार आदि भएको बताए । ती गुरुले आफूले जानेका सम्पूर्ण वेद, उपनिषद्, गीताको सार आदि ओकले ।
तर, आध्यात्मिक गुरुले भनेको कुरा राजाले केही पनि बुझेनन् । उनले त्यसपछि आफूलाई झन् दु:खी महसुस गर्दै गए । मानसिक रूपमै पागल हुने लक्षण पो देखियो । उनले संसारमा आफूलाई सबैभन्दा ठूलो दु:खी ठान्न थाले । राजाको यस्तो चाला देखेर सबै चकित परे ।
एक दिन राजा एक्लै वनबाटिका विहारका लागि कुनै रमणीय स्थानमा गए । मुड परिवर्तनका लागि उनी जङ्गलको बाटो हुँदै कुनै तलाउ भएको ठाउँतिर जाँदै थिए । उनले बाटोमा एउटा रूखमुनि एउटा मानिस ध्यानमा बसिरहेको देखे । ती मानिस कुनै तपस्वीजस्ता देखिन्थे । ती तपस्वीको शरीरमा एउटा पातलो धोतीबाहेक केही थिएन । दाह्री पालेका ती तपस्वीको मुहारमा बेग्लै आभा प्रकट भइरहेको थियो । उनको मुहारमा आनन्द भाव देखिन्थ्यो । कुनै अलौकिक आनन्दमा डुबिरहेको झैं लाग्ने ती तपस्वीछेउ गएर राजाले भने, ‘हे, तपस्वी संसारकै सबैभन्दा दु:खी मानिस तपाईंको सामुन्ने उभिएको छ । मेरो दु:ख हरण गरिदिनुहोला ।’
तपस्वीले बिस्तारै आँखा खोले । मुसुक्क मुस्कुराए । ‘कताबाट पाल्नुभयो, तपाईं को हो ?’ तपस्वीले सोधे ।
‘म राजा हुँ । मसँग संसारकै सबै सुखसुविधा छन् । तर पनि म दु:खी छु । मेरो दु:ख हरण गरिदिनुस । म तपाईंलाई जे मागे पनि दिन्छु,’ राजाले भने ।
सांसारिक जीवनबाट वैराग्य जागेर जङ्गलमा सन्न्यासी भएर बसेका तपस्वीलाई राजाको कुरा सुनेर हाँसो लाग्यो । तर, उनले भने, ‘ठीक छ, म तपाईको दु:ख हरण गरिदिन्छु । त्यसबापत तपार्इं मलाई के दिन सक्नुहुन्छ ?’
राजाले भने, ‘मैले एउटा घोडामा लादेर तीन बोरा हीरा र सुन ल्याएको छु । त्यो धनदौलत म तपाईंलाई दिन सक्छु । साथै म तपाईंलाई कुनै देशको राजा पनि बनाइदिनसक्छु ।’
तपस्वीले घोडातर्फ दृष्टि घुमाए । त्यहाँ हीरा र सुनले भरिएका तीनवटा बोरा लादिएका थिए । तपस्वी जुरुक्क उठेर त्यस घोडातर्फ गए । राजाले केही सोच्न नपाउँदै उनी त घोडामा चढेर टाप पो कसे । आफनो दु:ख हरण गरिदेलान् भनेको त तपस्वी उल्टै घोडा र त्यसमा लादेको धनदौलत लुटेर भागेको देखेपछि राजा चिच्याए, ‘लौ न मेरा धनदौलत चोरी भयो । सन्न्यासीको भेषमा रहेको डाँकाले मेरो घोडा चोर्‍यो ।’
तर, त्यो सुनसान जङ्गलमा राजाको विलौना कसैले सुनेन । राजा अर्को घोडा चढेर तपस्वी गएको दिशामा हिँडे । अलि पर पुगेपछि उनले तपस्वीलाई घोडामा बिस्तारै गइरहेको देखे । ‘पख तँलाई डाँका, मेरो धनदौलत चोर्ने ?’ भन्दै राजाले तपस्वी भएतर्फ घोडा कुदाए । राजालाई देखेर तपस्वीले पनि घोडा तीव्र वेगका साथ कुदाए ।
राजा धेरै आत्तिए । उनी चिन्तित हुँदै गुहार गर्न थाले, ‘बचाऊ, बचाऊ, मेरो सम्पत्ति बचाऊ ।’ तर, कसैले उनको आवाज सुनेन । राजा एक्लै त्यस क्षेत्रमा गएकाले उनका सेना र प्रहरीले सुन्ने त झन् कुरै आएन । तपस्वीले धेरैबेरसम्म राजालाई दौडाइरहे । राजाको अनुहारबाट खलखली पसिना छुटिरहयो । उनी बडो दुखित भए ।
केहीबेरपछि ती तपस्वी घोडाका साथ राजाकै छेउमा आएर उभिए । राजाले हुत्तिँदै गएर आफ्नो घोडा समाते । अनि लामो सास ताने । राजाको मुहारमा एकाएक खुसी छायो । उनले तपस्वीतर्फ हेर्दै हाँस्दै भने, ‘राजाको धनदौलत चोर्न कहाँ सजिलो छ र ? फेला परिहालिस नि साला । हा…हा….हा…।’
तपस्वीले राजाको मुहारमा खुसी देखेपछि भने, ‘महाराज, अहिले खुसी हुनुहुन्छ होइन ?’
राजाले भने, ‘एकदम खुसी छु । मेरो झन्डै लुटिएको घोडा र धनसम्पत्ति फिर्ता पाएँ ।’
तपस्वीले प्रत्रि्रश्न गरे, ‘महाराज यी कुरा केही बेरअघि तपाईंसँगै थिए नि । तर, त्यसबेला तपार्इं निकै दु:खी हुनुहुन्थ्यो । किन ?’
तपस्वीको प्रश्न सुनेपछि बल्ल राजाको होस खुल्यो । आखिर दु:ख भनेको त मानिसको सोचाइ पो रहेछ । घटना, सन्दर्भ र परिवेशको मायाजाल पो रहेछ । मनमा विचार चलिरहेसम्म मानिस दु:खी भइरहने रहेछ । राजालाई दिव्य ज्ञान दिँदै तपस्वीले भने, ‘महाराज यहाँ दु:ख भन्ने कुनै कुरा छैन । दु:ख मनको गणित मात्र हो । त्यो गणितको खेलमा तपाईं जुनसुकै विषयमा पनि दु:खी र सुखी हुन सक्नुहुन्छ ।’
अनि बल्ल राजाले चाल पाए, असली सुखी त त्यो तपस्वी पो रहेछ, जो सुख र दु:खको तहभन्दा माथि आनन्दमा विचरण गरिरहेको छ । यो गुह्य थाहा पाएपछि राजाको दु:ख पनि निवारण भयो । उनले सांसारिक सुखको साटो आत्मिक सुखको बाटो समाते । पुत्रलाई राजा घोषित गरेर उनी तपस्वीसँगै जङ्गलमा ध्यान-समाधीमा लीन रहन थाले ।