‘माओवादी ताण्डव’ले पराकाष्टा नाघ्यो-मीनकृष्ण महर्जन (पूर्वकोषाध्यक्ष, राखेप)

‘माओवादी ताण्डव’ले पराकाष्टा नाघ्यो-मीनकृष्ण महर्जन (पूर्वकोषाध्यक्ष, राखेप)


नेपाली खेलकुदलाई निकै नजिकबाट नियाल्दै आएका पूर्व राष्ट्रिय कराते खेलाडी तथा राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनले वर्तमान खेलकुदको दयनीय अवस्था र माओवादी हुकुमी शैलीको बारेमा असन्तोष प्रकट गरेका छन् । माओवादीको बोलाइ र गराइमा आकाशपातालको भिन्नताले गर्दा खेलकुदको आबरु चौबाटोमा लिलाम भइरहेको महर्जनले आरोप लगाएका छन् । आफ्नो स्वार्थसिद्ध गर्दै खेलकुद कब्जा गर्ने रणनीति अख्तियार गरेकोमा माओवादीप्रति निकै आक्रोशित बनेका महर्जनले यसलाई अति र खतिको संज्ञा दिएका छन् । काङ्ग्रेसका कार्यकर्ताको काँधमा बन्दुक राखी गोली पड्काउँदै आएका लामाको कार्यकुशलता र यस्तै खेलकुदका अनेक मुद्दाहरूमा स्पष्ट विचार राखेका महर्जनसँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको सङ्क्षिप्त कुराकानी :
वर्तमान अवस्थामा नेपाली खेलकुदलाई कसरी हेरिरहनुभएको छ ?
– अहिलेको कुरा गर्दा खेलकुद लगभग माओवादीले कब्जा गरेको अवस्था छ । विशेषगरी म काङ्ग्रेसको कार्यकर्ता, खेलाडी, खेलकुदको शुभेच्छुक र पूर्वखेलकुदको पदाधिकारी भएको नाताले खेलकुदप्रति भएको खुला हस्तक्षेप स्वीकार्न कदापि सक्तैन । अर्को कुरा माओवादीले खेलकुदमा यसरी धावा बोल्दा पनि हाम्रो पार्टी मुखमा बुझो लगाएर बसेको देख्दा आर्श्चर्यचकित भएको छु ।
अब काङ्ग्रेस पार्टीले के गर्नुपर्‍यो त ?
– सबैभन्दा दु:खलाग्दो कुरा काङ्ग्रेसले कहिल्यै पनि खेलकुदलाई आत्मसात् गरेन र खेलकुदको महत्त्वलाई बुझेन । वर्तमान अवस्थामा काङ्ग्रेसका कर्मचारी र खेलाडीहरू माओवादीका आँखाको तारो बनेका छन् । उनीहरूलाई माओवादीले लाखापाखा लगाउने क्रममा अति दर्ुगम जिल्लामा सरुवा गरेर मानसिक रूपमा तनाव दिनुका साथै जागिर नै छोडने अवस्थामा पुर्‍याइदिएको छ । तर पनि पार्टीले यो कुराप्रति कुनै चासो देखाएको छैन । यसरी माओवादीले खेलकुदमा पूर्णरूपले हस्तक्षेप गर्दा कुनै टिप्पणी नगर्नु र समाधानका लागि निर्देशन नदिनु विडम्बनाको विषय बनेको छ ।
अहिले खेलकुदका राष्ट्रिय सङ्घहरूमा माओवादी कार्यकर्ताको बिगबिगी देखिएको छ, यसमा तपाईंको राय के छ ?
– सर्वप्रथम राष्ट्रि्रय खेलकुद परिषद्ले नियम-कानुनविपरीत सङ्घलाई चलाउन मिल्दैन । सङ्घहरू स्वायत्त भएकाले खेलकुदको ऐनबमोजिम उनीहरूलाई दिशा-निर्देशन मात्र गर्न सकिन्छ । तर, यहाँ सदस्यसचिव युवराज लामाले खेलकुदका राष्ट्रिय सङ्घहरूमा ठाडो हस्तक्षेप गरेका छन् । आफ्ना पार्टीका खेलकुदका ‘ख’ समेत उच्चारण गर्न नजानेका कार्यकर्तालाई हुलेर खेलकुदको हुर्मत लिने कार्य गरेका छन् । खेलकुदलाई माओवादीको लडाकुको अखडाको रूपमा परिणत गरेका छन् ।
त्यसो भए सदस्यसचिव लामाले खेलकुदमा राजनीति गरेकै हुन् त ?
– लामाले खेलकुदमा राजनीति मात्र नभई ताण्डवै मच्चाउँदै आएका छन् । लामा सदस्यसचिव भएर खेलकुदमा आउँदा आफैंले गरेको प्रतिबद्धता भुसुक्कै बिर्सिएका छन् । उनले खेलकुदमा राजनीति नगर्ने र खेलकुदको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने वाचा गरेका थिए । तर, विडम्बना, अहिले यो कुरा झुटो सावित भइसकेको छ । उनले मुखले एउटा कुरा गरे पनि व्यवहारले अर्कै कुरा गरेर देखाइदिइसकेका छन् । जुन समग्र खेलकुदको विकासका लागि दुर्भाग्य भएको छ ।
खेलकुदमा माओवादीले यसरी कब्जा जमाउँदा पनि तपाईंहरू किन टुलुटुलु हेरेर बसेको त ?
– हामी तपाईंले भनेजस्तो टुलुटुलु हेरेर बसेका छैनौँ । अहिले पनि हामी उनीहरूका सम्पूर्ण गतिविधिहरूलाई नजिकबाट नियाल्दै आएका छौँ । कुरा कब्जा गर्ने र रणनीतिको भएकोले उनीहरू कहाँसम्म जान्छन् त्यसमा नजर गाडेर बसेका छौँ । पानी अहिले घाँटीसम्म पुगेको अवस्था छ, भोलि मुख र नाकै छोप्नेगरी उनीहरूले आफ्नो हर्कतलाई अगाडि बढाए भने त्यसपछि कदापि चुप लागेर बसिँदैन । यसका लागि हाम्रो पार्टीसँग पनि विशेष छलफल भइसकेको छ । भोलि पार्टीले निर्देशन दिएको खण्डमा खेलकुदमा कसरी उत्रिनुगर्छ त्यो हामी बोलेर होइन गरेर देखाउने छौँ । त्यसपछि खेलकुदमा के हुन्छ त्यसको सम्पूर्ण जिम्मेवारी माओवादी पार्टीले लिनुपर्ने छ ।
काङ्ग्रेस पार्टीले त खेलकुदलाई खासै महत्त्व दिएको देखिँदैन, अनि कसरी सम्भव छ त यस्तो कुरा ?
– पहिले काङ्ग्रेस खेलकुदप्रति गम्भीर नबनेको पक्कै हो तर अहिलेको अवस्था फरक छ । पार्टीले अहिले खेलकुदलाई विशेष महत्त्वले हेरेको मात्रै नभई प्राथमिकताको पहिलो सूचीमा राखेको छ । सोहीअनुरूप पार्टीले काङ्ग्रेस खेलकुद विभाग पनि गठन गर्न लागेको छ । भविष्यमा समग्र खेलकुदको विकासलाई मध्यनजर गर्दै योजनाबद्ध तरिकाले विभागले खेलकुदका कार्यक्रमहरूलाई अगाडि बढाउने भएको छ । त्यसमा मुलुकको खेलकुदको जिम्मेवारी लिने पनि उल्लेख गरिएको छ ।
वर्तमान अवस्थामा माओवादीले केही काङ्ग्रेसका कार्यकर्ताहरूलाई पनि सङ्घको प्रमुख बनाएको छ, माओवादीले यसो गर्नुको आशय के होला ?
– यो माओवादीको खेलकुदमा कब्जा जमाउने कुटिल चाल मात्रै हो । पदलोलुपताका कारणले केही काङ्ग्रेसका कर्ताकर्ता भन्नेले माओवादीका अगाडि लुते कुकुरसरि पुच्छर हल्लाएको मात्र हो । यसमा पार्टीको कुनै संलग्नता र भूमिका छैन । जस्तै सितोरियो कराते सङ्घ र कराते महासङ्घमा माओवादीले दावा गुरुङलाई अध्यक्षमा ल्याएर समायोजनको कुरा गरे पनि त्यो सत्य होइन । वास्तविक रूपमा भन्नुपर्दा एमालेलाई काउन्टर दिन दाबालाई करातेमा ल्याएको हो । किनकि दाबा गुरुङ काङ्ग्रेस भएकोमा मलाई शङ्का छ । यर्सथमा कि यदि दाबा काङ्ग्रेस भएको भए कदापि माओवादीको पुच्छर बन्ने थिएन । तपाईं आफैं भन्नुहोस्, कुनै ठूलो पार्टीको कार्यकर्ताले खेलकुदमा गरेको योगदानको मूल्याङ्कन उसको पार्टीले गर्ने कि माओवादीले ? यहाँ दालमा अवश्य कालो छ । अर्को कुरा वर्तमान अवस्थामा माओवादीले दाबालाई काङ्ग्रेस भने पनि यो झुटको खेती मात्रै हो । दाबा पदको लोभमा परेर पूरै माओवादी भइसकेका छन् ।
नेपाल ओलम्पिक कमिटीको विवाद र हालै राखेपले गरेको सहकार्यलाई तपाईंले कसरी हेर्नुभएको छ ?
– सर्वप्रथम यो सहकार्यले सम्माननीय सर्वोच्च अदालतको फैसलालाई चुनौती दिएको छ । यसले मुलुकको कानुनको ठाडै उल्लङ्घन भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई सहमतिमा ल्याएर राखेपले सहकार्य गरेको भए राम्रो हुन्थ्यो तर राखेपले शक्तिको प्रदर्शन गर्दै अर्को पक्षको अस्तित्वलाई ठाडै अस्वीकार गरेको छ । त्यो कदापि न्यायसङ्गत र मान्य हुँदैन । युवराज लामाले सदस्यसचिव नियुक्ति भएर आएको केही दिनपछि नै अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानसँगको भेटमा पहिले राष्ट्रिय मान्यता लिएर आउनुहोस् अनि अन्तर्राष्ट्रिय कुरा गरौँला भनेका थिए । तर, अहिले जुन अपवित्र गठबन्धन भएको छ त्यसले विभिन्न शङ्का-उपशङ्का जन्माइदिएको छ । साँचो अर्थमा भन्नुपर्दा यो कार्यले एनओसीको विवादलाई अझ बढाइदिएको छ ।
त्यसो भए यो गठबन्धनले ओलम्पिकको विवादमा आगोमा घ्यू थप्ने काम गर्‍यो भन्नुभएको हो ?
– एकदमै हो । यसले एनओसीको विवादलाई समाधानथर्फ नभई अझ विवादमा लैजाने पक्का छ । सर्वोच्च अदालतले गरेको फैसलाको विरुद्धमा कोही पनि जान मिल्दैन अर्थात् त्यसको सबैले पालना गर्नुगर्छ । यदि कोही जान्छ भने त्यो कानुनी रूपमा वैधानिक मानिँदैन । तर्सथ अहिले राखेप र प्रधानबीच जुन अस्वस्थ गठबन्धन भएको छ, त्यो कानुनविपरीत छ । यसले समाधानभन्दा पनि विवादलाई नै मलजल गर्ने पक्का छ ।
अहिले मुलुकमा राष्ट्रिय सरकार बन्ने चर्चा चलिरहेको छ, अब खेलकुदप्रति तपाईंहरूको रणनीति कस्तो रहन्छ त ?
– यस्तो अवस्थामा धैर्य गर्नु नै ठूलो कुरा हो । यदि राष्ट्रिय सरकार गठन भयो र काङ्ग्रेसले खेलकुदको नेतृत्व लियो भने त्यसपछि समग्र खेलकुदको विकासका लागि हाम्रो विशेष रणनीति हुनेछ । युवाशक्तिको उत्पादन र विकासका लागि खेलकुद उर्वरभूमि भएकोले त्यो हाम्रो पहिलो प्राथमिकता पर्नेछ ।

युरो कप २०१२ को ‘ड्र’ सार्वजनिक
विश्वकप फुटबल प्रतियोगितापछिको चर्चित युरो कप फुटबल २०१२ को ड्र हालै निकालिएको छ । युरोपबाट अन्तिम छनोट भएर आएका १६ टिमबीच यहाँ प्रतिस्पर्धा हुनेछ । चार समूहमा विभाजन गरी खेलाइने युरो कपको समूह ‘ए’मा पोल्यान्ड, ग्रिस, रसिया र चेक रिपब्लिक परेका छन् । त्यस्तै समुह ‘बी’मा नेदरल्यान्ड, डेनमार्क, जर्मनी र पोर्चुगल रहेका छन भने समूह ‘सी’मा स्पेन, इटाली, आयरल्यान्ड र क्रोएसिया परेका छन् । यसैगरी समूह ‘डी’मा युक्रेन, स्वीडेन, फ्रान्स र इंग्ल्यान्ड रहेका छन । अन्तिमपटक १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने यो युरो कप पोल्यान्ड र युक्रेनका चार-चारवटा रंगशालामा आयोजना हुनेछ । स्मरण रहोस्, सन् २०१६ मा फ्रान्समा आयोजना हुने युरो कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
युरो कप २०१२ को ‘ड्र’ पछि अहिले यो प्रतियोगिता चर्चाको शिखरमा पुगेको छ । ‘ग्रुप अफ डेढ’को संज्ञा पाएको समूह ‘बी’मा परम्परागत प्रतिद्वन्द्वी जर्मनी र नेदरल्यान्ड परेका छन् । यो समूहमा पोर्चुगल र डेनमार्कको उपस्थितिले अझ प्रतिस्पर्धात्मक बनाउने प्राय: निश्चित छ । त्यस्तै समूह ‘सी’मा विश्वविजेता स्पेन र पूर्वविजेता इटालीको उपस्थितिले प्रतियोगिता निकै सनसनीपूर्ण हुने भएको छ । यसैगरी समूह ‘डी’मा पनि सहआयोजक युक्रेनसँगै फ्रान्स र इंग्ल्यान्डको उपस्थितिले निकै प्रतिस्पर्धा हुने देखिएको छ । अन्य समूहभन्दा समूह ‘ए’ सबै राष्ट्रका लागि सहज देखिएको छ । यो समूहमा पोल्यान्ड, ग्रिस, रसिया र चेक रिपब्लिक परे पनि कसले बाजी मार्ला त्यो भन्न सकिने अवस्था छैन । स्तर र प्रदर्शनका आधारमा कोही टिम कोहीभन्दा उन्नाइस छैनन् ।
आगामी वर्ष अर्थात् सन् २०१२ को जुन ८ देखि जुलाई १ सम्म पोल्यान्ड र युक्रेनमा सञ्चालन हुने यो प्रतियोगितामा कसले विजय हात पार्ला त्यो भन्न सकिने अवस्था छैन । अड्कल र अनुमान लगाउनेहरूले जर्मनी, नेदरल्यान्ड, स्पेन, इटाली र इंग्ल्यान्डलाई भावी विजेताको रूपमा अघि सारे पनि ठोकुवा भने गर्न सकेका छैनन् । युरो कपको इतिहास निकै सनसनीपूर्ण रहेकोले यहाँ डेनमार्क र ग्रिसको विजयलाई कसैले बिर्सिएका छैनन् । त्यस्तै यही कुरालाई आत्मस्ाात् गर्दै युक्रेनका प्रशिक्षक ओगेल ब्ल्कहिनले खेल्दै नखेली कुनै पनि प्रतिद्वन्द्वीबारे केही भन्न नसकिने बताएका छन् । ओगेलले युरोकपको अन्तिम चरणमा पुगेका सबै टोली उत्कृष्ट भएको दाबी गर्दै आफू सो चुनौतीका लागि तयार रहेको बताएका छन् । वर्तमान अवस्थामा आ-आफ्नै दाबी र अड्कलको भरमा युरो कपको चर्चा र परिचर्चा भइरहे पनि वास्तविकताका लागि खेलको प्रतीक्षा गर्नु नै उचित हुनेछ ।

फेका फुटबल उपाधि कस्मिकलाई
छैटौँ फेकाकप अन्तरविद्यलय छात्र नकआउट फुटबल प्रतियोगिताको उपाधि कस्मिकले जितेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा कस्मिकले कोटदेवीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । निर्धारित ७० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त १४ मिनेटमा पनि दुवै टिम गोल गर्न असमर्थ भएका थिए । उपाधिसँगै कस्मिकले १० हजार नगद पुरस्कार हात पार्‍यो भने उपविजेता कोटदेवीले पाँच हजारमै चित्त बुझाउनुपरेको थियो ।

आर्चरीको अध्यक्षमा पुन: लक्ष्मण
नेपाल आर्चरी सङ्घको साधारणसभाले लक्ष्मणकुमार श्रेष्ठलाई चार वर्षका लागि पुन: अध्यक्षमा निरि्वरोध चयन गरेको छ । हालै सम्पन्न तेस्रो साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निरि्वरोध चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा हरिध्वज तुलाचन, वसन्त थकाली र सुन्दर गुरुङ रहेका छन् । त्यस्तै महासचिवमा दीपकराज गुरुङ, सचिवमा रमेशप्रसाद सिवाकोटी तथा कोषाध्यक्षमा शैलेस कर्माचार्य रहेका छन् । त्यस्तै सदस्यहरूमा नरेन्द्र डङ्गोल, गुप्त शेरचन, देवराज पाण्डे, योगेन्द्र शेरचन, किशोर केसी, धावालिङ गुरुङ तथा कर्मा गुरुङ छन् ।
साधारणसभाको उद्घाटन युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले गरेका थिए । उक्त अवसरमा राखेप सदस्यत्रय मनबहादुर न्यौपाने, रेशमलाल लामा र रामकृष्ण बानियाँ, र राखेपका पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठको उपस्थिति रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत खेलकुद विकास विभाग -राखेप) का प्रमुख प्रकाशचन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

एथलेटिक्समा प्रमिला उत्कृष्ट
राष्ट्रिय मान्यताप्राप्त नेपाल एमेच्योर एथलेटिक्स सङ्घको आयोजनामा दशरथ रंगशालामा सञ्चालन भएको खुला राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप सफलताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा एपीएफकी प्रमिला रिजाल दोहोरो स्वर्ण पदक जित्न सफल भएकी थिइन् । राष्ट्रिय च्याम्पियन प्रमिलाले १०० र ४०० मिटरमा स्वर्ण पदक जितेकी हुन् । त्यस्तै पुरुष १०० मिटरथर्फ पुलिस क्लबका तिलकराम थारू र ४०० मिटरथर्फ पोखराका सिर्द्धार्थ अधिकारीले स्वर्ण पदक जितेका थिए । यसैगरी १५ सय मिटरमा आर्मीका खेलाडीहरूको वर्चश्व रहेको थियो । तीनै शीर्ष स्थान आर्मीका खेलाडीले हात पारेको उक्त समूहमा कल्याण बानियाँले बाजी मारेका थिए । महिलाथर्फको १५ सय मिटर दौडमा एपीएफकी विन्द्रा श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । साथै पहिलोपटक समावेश गरिएको २० किलोमिटर दौडमा आर्मीका राजेन्द्र भण्डारीले सबैलाई पछि पारेका थिए । त्यस्तै पाँच हजार मिटरथर्फ कान्छीमाया कोजूले स्वर्ण पदक जितेकी थिइन् । यसैगरी पुरुषथर्फको हाइजम्प र ज्याभलिन थ्रोमा र्सर्ूय खत्री र धीरेन्द्रजंग शाहले स्वर्ण पदक जितेका थिए भने महिलाथर्फ केसरी चौधरी र सीता शाहीको वर्चश्व रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश: तीन हजार, दुई हजार र एक हजार प्राप्त गरेका थिए ।

टीआईएलाई दोहोरो उपाधि
आयोजक ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले नवौँ टीआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैको उपाधि हात पारेको छ । ब्वाइजको फाइनलमा टीआईए ‘ए’ले डेफोडिलमाथि २५-२४ को रोमाञ्चक जित दर्ता गरेको थियो भने गल्र्सथर्फको उपाधि भिडन्तमा टीआईएले महेन्द्रभवनको चुनौतीलाई १९-१६ ले समाप्त पारेको थियो । फाइनल खेलमा ब्वाइजथर्फ टीआईए ‘ए’का अभिषेक गुरुङले नौ तथा गल्र्समा टीआईएकी प्रमिता मल्लले सर्वाधिक १३ स्कोर गरेका थिए । दुवै खेलाडी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, टीआईएका निमित्त अध्यक्ष कर्माछिरिङ शर्ेपा तथा प्रिन्सिपल नीरा प्रधानले पुरस्कृत गरेका थिए । उक्त प्रतियोगितामा ब्वाइजथर्फ २० तथा गल्र्सथर्फ १३ टिमले प्रतिस्पर्धा गरेका थिए ।