धादिङको भागमा चार अर्ब ३७ करोड, कुन स्थानीय निकायको लागि कति बजेट ?

धादिङको भागमा चार अर्ब ३७ करोड, कुन स्थानीय निकायको लागि कति बजेट ?


विकास रौनियार

सरकारले आगामी आर्थिक वर्ष स्थानीय निकायलाई दिने अनुदान अर्थमन्त्रालयले सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले आफ्नो वेबसाइटमार्फत समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा सातवटा प्रदेश र ती प्रदेशका पालिकाहरुलाई विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो ।

सातवटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने सबै प्रदेशका नगर तथा गाउँपालिकाहरुलाई तीन खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ, गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् ।

यसैगरी धादिङ जिल्लाको १३ वटा स्थानीय निकायहरुमध्ये सबैभन्दा बढि बजेट निलकण्ठ नगरपालिकाले पाउने भएको छ भने सबैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ६६ लाख रूपैँया रहेको छ।

धादिङका १३ वटा स्थानीय निकायको बजेट विवरण :

नीलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख
धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख
थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख
गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख
गजुरी गाउँपालिका – ३२ करोड २९ लाख
बनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख
सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख
ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख
त्रिपुरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख
गँगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख
नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख
खनियावास गाउँपालिका – १९ करोड ९८ लाख
रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख