अराजकता प्रदर्शन गरी प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा खान पक्राउ

अराजकता प्रदर्शन गरी प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा खान पक्राउ


नारद कोहार, कपिलवस्तु

तत्कालीन समाजवादी (हाल जनता समाजवादी) पार्टीसम्बद्ध युवा संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोरोना पोजेटिभ देखिएका व्यक्तिलाई आइसोलेशनमा लैजाने क्रममा विरोध गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए । सो क्रममा खानले सशस्त्र प्रहरी निरीक्षकलाई दुर्व्यवहारसमेत गरेको प्रहरी उपरिक्षक जबराको भनाई छ ।

जनता समाजवादी पर्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार खानले क्वारेन्टाइनमा रहेकोलाई ब्यावस्थापन गर्न र छिटो आरडिटी वा पीसीआर परीक्षण गर्न माग गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । खानलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी अध्यक्ष यादवले दिए ।

शनिबार (१० जेठ) नै जिल्ला प्रशासान कार्यालयअगाडि जनता समाजवादी पार्टीद्वारा प्रर्दशन गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएको जनता समाजवादी पार्टी युवा संघ कपिलवस्तुका जिल्ला अध्यक्ष खानलाई रिहाईको माग गर्दै समाजवादी पार्टीका नेता तथा कार्यकार्ताद्वारा प्रर्दशन गरिएको हो।