कोरोना महामारीले के-के सिकायो ?

‘कोरोना सङ्क्रमणले लामो समय लिन सक्छ, सङ्क्रमित घरमै बस्ने अवस्था आउन सक्छ’ : डा. विकास देवकोटा (स्वास्थ्य मन्त्रालयका प्रवक्ता)

■ सनत आचार्य



कोभिड १९ को महामारीका कारण यतिबेला विश्वका शक्ति र श्रोत–साधनसम्पन्न राष्ट्रको अवस्थासमेत काहलीलाग्दो बनेको सर्वविदित नै छ । शक्ति राष्ट्रमा आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा थुप्रै परिवर्तनको आवश्यकता औंल्याइयो । नेपाल र नेपालीले पनि अहिलेको कोरोना संकटबाट थुप्रै कुरा सिक्ने अवसर प्राप्त गरे ।

वास्तवमै वर्तमान संकटबाट सरकार र स्वास्थ्य क्षेत्रले धेरै सिक्ने अवसर पायो । विश्वलगायत नेपालमा समेत देखापरेको यस प्रकारको महामारी वा विपत्तिमा के–के आवश्यक पर्दोरहेछ र तैयारी कसरी गर्नु पर्दोरहेछ भन्नेलगायत धेरै कुरा कोभिड–१९ महामारीले सिकाएको छ ।

पहिलो कुरा, कोरोनाको संक्रमण नेपालमा मात्र नभएर संसारभरी फैलिएको हुँदा यो अवस्थामा चाहिने आवश्यक सामग्री अहिले हामीले विदेशबाट ल्याउनुपरेको छ । संसारभर देखिएको यो संक्रमण र बजारमा रहेको सीमित सामग्रीले नेपाल स्वास्थ्य क्षेत्रमा पनि आत्मनिर्भर बन्नुपर्ने अवस्था सिर्जना गरेको छ । यसबाट अत्यावश्यक बस्तुहरूको देशभित्र थोरै मात्रामा भए पनि उत्पादन गर्न आवश्यक रहेको देखायो । त्यस्तै, उत्पादित सामग्रीको गुणस्तर छ वा छैन ? यो प्रयोग गर्न मिल्छ वा मिल्दैन भनेर हेर्ने–जाँच्ने संयन्त्र पनि हामीसँग रहेनछ । यस्तो विषम परिस्थितिमा देशलाई कसरी आत्मनिर्भर बनाउने भन्नेतर्फ पनि सोच्नुपर्ने अवस्था देखायो ।

दोश्रो, लकडाउन अलिक खुकुलो भयो । त्यसमा स्वास्थ्य सेवालगायत अन्य अत्यावश्यक सेवा पनि सञ्चालनमा आयो । छिमेकी देशमा भएका कतिपय नागरिकलाई सीमा नाकाबाट भित्र प्रवेश गरे । केही व्यक्ति केही समय क्वारेन्टाइनमा बसे र केही मानिसहरू लुकीछिपी आ–आफ्नो जिल्लामा फर्के । उनीहरूले संक्रमण प्रशारित गरे । उदाहरणका लागि, दार्चुलामा गम्भीर अवस्थामा रहेका बिरामी नेपालगञ्ज, बुटवल, काठमाडौमा त आउनु पऱ्यो । यसरी मानिसहरू एक ठाउँबाट अर्को ठाउँ आउँदा उनीहरूसँग भएको रोग पनि आउँछ र अर्को मानिसलाई सङ्क्रमित बनाउँछ । तर, आवागमनलाई निषेध गरेर जनतालाई राहत दिन सकिँदैन । यसो भन्दै गर्दा कतिपय स्थानमा स्वास्थ्यकर्मी वा डेरावाललाई निकाल्ने, पानी बन्द गर्ने, ट्वाइलेटको प्रयोग गर्न नदिने, हिँड्न नदिने, बाटो बन्द गरिदिने जस्ता अमानवीय काम भएका पनि पाइए । हाम्रो सामाजिक संरचना भनेको समाजमा मातृत्व–भातृत्व स्थापित गर्ने हो । यस्ता कार्यले मिलेर बसेको समाजमा सामाजिक सद्भाव खल्बलिने हो कि, बिग्रने हो कि भन्ने डर पनि देखायो । परिस्थितिको अनुभवले हामी यतातर्फ पनि सजग हुन जरुरी देखायो ।

यो बेला हामीले देशमा ठुला–ठुला सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक देखियो । यसका लागि सुरक्षा फौज, स्वयमसेवक वा अन्य संघ–संस्थाहरूलाई जिम्मा दिन पर्ने हो वा के गर्ने सरकारले सोच्नु पऱ्योे । त्यसबाहेक खाली रहेका केही विद्यालयलाई फर्निसिङ गरेर भए पनि सुविधासम्पन्न क्वारेन्टाइन बनाउन आवश्यक देखियो । यो विषयमा पनि हामीले अहिले नै सोच्न आवश्यक देखियो ।

अर्को सिकाई भनेको विदेशमा रहेका मानिसहरूलाई स्वदेशमा कसरी ल्याउने भन्ने हो । अहिलेको अवस्थामा हामीसँग क्वारेन्टाइनको सुविधा पचास–एकाउन्न हजार मात्र छ । विदेशबाट आउनेको संख्याचाहिँ दशौँ लाख छ । उनीहरूलाई स्वदेशमा ल्याउने हो भने कि चौध–चौध दिनमा पचास–पचास हज्जारको संख्यामा ल्याउनु पऱ्यो । हैन भने क्वारेन्टाइनको संख्या बढाउनु पऱ्योे । त्यसैले यो बेला हामीले देशमा ठुला–ठुला सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक देखियो । यसका लागि सुरक्षा फौज, स्वयमसेवक वा अन्य संघ–संस्थाहरूलाई जिम्मा दिन पर्ने हो वा के गर्ने सरकारले सोच्नु पऱ्योे । त्यसबाहेक खाली रहेका केही विद्यालयलाई फर्निसिङ गरेर भए पनि सुविधासम्पन्न क्वारेन्टाइन बनाउन आवश्यक देखियो । यो विषयमा पनि हामीले अहिले नै सोच्न आवश्यक देखियो ।

अब यो प्रदेश र स्थानीय तहबाट आउने सूचना र तथ्याङ्कका कुरा । कोभिड–१९ प्रदत्त यस्तो विपद्को बेलामा सुचनाले ठूलो महत्व राख्दछ । उदारहणका लागि कुनै एक प्रदेशमा आरडिटी छैन भने अर्कोमा दिने, एउटा प्रदेशमा जनशक्ति कम छ भने अर्को प्रदेशलाई दिने । एक ठाउँमा भएको उपकरण अर्कोमा दिने र सुचनाहरूमा पनि आ–आफ्नो हिसाबले केन्द्रमा नियमित दिने जसका कारण आवश्यक सबै चीजलाई राम्रोसँग व्यवस्थापन गर्न सकियोस् । यसले गर्दा तीनै तहको सरकारको समन्वय महत्वपूर्ण छ भन्ने थप स्पष्ट हुन्छ । यसबाट ज्ञानको सिकाई, जनशक्तिको आदानप्रदान, उपकरणको आदानप्रदान र सुचनाको समेत आदानप्रदान गर्न आवश्यक छ भन्ने हामीलाई पाठ मिल्यो । स्थानीय वा प्रदेश सूचनाको तह आ–आफ्नो हिसाबले अगाडि बढ्यो भने यो महामारीलाई नियन्त्रणमा लिन गारो हुन्छ । यसतर्फ पनि हामी सजग हुन जरुरी छ । त्यसैले संघ, प्रदेश र स्थानीय निकायको समन्वय र समन्वयात्मक भूमिका एकदम आवश्यक छ ।

यस्तो प्रकारको महामारीलाई नियन्त्रण गर्न सरकारले केही मुख्य कदम चाल्न आवश्यक हुन्छ । त्यो भनेको नागरिकको आवतजावतमा रोक । अर्थात्, मानिसहरू एक–आपसमा भेटघाट नहुनु हो । सामाजिक र व्यक्तिगत दुरी कायम गर्नु हो । यसका लागि हामी एउटा कोठमा बसेर सकारात्मक रुपले सोच्ने, शारीरिक व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, शरीरमा प्रतिरोधात्मक शक्ति बढ्ने खालको खानपिन गर्ने हो । यो अवस्थामा एक आपसमा भेटघाटलाई पूर्ण रुपले निषेध गरेर सक्रिय जीवन विताउन अत्यन्त आवश्यक छ ।

नेपालमा भेटिएका अधिकांश केसहरू लक्षण नभएका छन् । अहिले सानो संख्यामा भएको हुँदा सङ्क्रमित लाई अस्पतालमा राख्ने गरिएको छ । पछि ठूलो मात्रामा संक्रमण देखा पऱ्यो भने यी सङ्क्रमित लाई स्वास्थ्यकर्मीको निगरानीमा घरमै राख्नुपर्ने अवस्था पनि हुन सक्छ । त्यस्तो अवस्थामा जटिल प्रकृतिका बिरामीलाई अस्पतालमा राखेर आइसियु सेवा दिनुपर्ने पनि हुन सक्छ ।

अर्को कदम भनेको रगत परीक्षण हो । अहिले नेपाल सरकरले आरडिटी र पिसिआर दुई प्रकारको परीक्षण गर्ने गरेको छ । आरडिटी भनेको पहिल्यै संक्रमण थियो वा थिएन भनेर पत्ता लगाउने विधि हो भने पिसिआर भनेको संक्रमण छ–छैन भनेर पत्ता लगाउने विधि हो । सरकारले अहिले दुवै प्रकारको विधिलाई द्रुतगतिमा अपनाइरहेको छ । दैनिक हज्जारौँको संख्यामा मानिसहरूले यसबाट फाइदा लिइरहेका छन् ।

अर्को भनेको कन्ट्याक्ट ट्रेसिङ हो । यसमा सङ्क्रमित भेटियो भने २ हप्ता अगाडिदेखिको उसको यात्रा इतिहास पहिचान गर्ने हो । यसबाट त्यो अवधिमा सङ्क्रमित कहाँ–कहाँ गए ? को–कोसँग बसउठ् भयो र अरुलाई भाइरस सारेको छ कि छैन भनेर खोजी गर्ने गरिन्छ र सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरी उनीहरूको रगतको परिक्षण गर्ने काम गरिन्छ ।

त्यसपछिको काम भनेको सङ्क्रमित को उपचार हो । नेपालमा भेटिएका अधिकांश केसहरू लक्षण नभएका छन् । अहिले सानो संख्यामा भएको हुँदा सङ्क्रमित लाई अस्पतालमा राख्ने गरिएको छ । पछि ठूलो मात्रामा संक्रमण देखा पऱ्यो भने यी सङ्क्रमित लाई स्वास्थ्यकर्मीको निगरानीमा घरमै राख्नुपर्ने अवस्था पनि हुन सक्छ । त्यस्तो अवस्थामा जटिल प्रकृतिका बिरामीलाई अस्पतालमा राखेर आइसियु सेवा दिनुपर्ने पनि हुन सक्छ । त्यो बेलामाा चाहिने आवश्यक सामग्रीहरू सरकारले ल्याइसकेको अवस्था छ ।

विश्वभरी फैलिएको कोरोनाको अवस्थालाई हेर्दा यो अहिले तुरुन्तै निर्मूल वा समाप्त हुने अवस्था देखिँदैन । यो जुनसुकै बेलामा फेरि–फेरि पनि देखिन सक्छ । अहिलेको हाम्रो आवश्यकता र गर्नुपर्ने अठोट भनेको अब हामी कोरानाबीच पनि बाँच्न सिक्नु पर्दछ ।

अर्को विषय भनेका ‘टुगेदरनेस’ अर्थात् मिलिजुली हो । संक्रमण बढ्दै गयो भने सरकार वा स्वास्थ्य मन्त्रालयले मात्र यसको समस्या समाधान गर्न सक्छ भन्ने छैन । यसका लागि मन्त्रालयलगायत अन्य संघ–संस्थाहरूसंग मिलेर काम गर्नुपर्ने आवश्यकता रहन्छ । यसले स्वास्थ्यबाहेक आर्थिक, सामाजिक, धार्मिक क्षेत्र मिलेर जाने अवस्था छ । यसका लागि हामीले सामाजिक सद्भावमा कुनै पनि खलल नआओस् भनेर सचेत हुन आवश्यक छ ।

युद्धमा एकआपसमा हज्जारौँ मानिस मरे तर एउटा जीवाणुका कारण अहिले भित्रभित्रै लाखौँ मानिसले अनावश्यक रुपमा ज्यान फालिरहेको अवस्था छ । धेरै देश र माानिसले यसलाई दोश्रो विश्वयुद्ध भन्दा पनि जटिल भनेर चित्रण गरेका छन् । त्यसैले कोरोनाका कारण आर्थिक लगायत सम्पूर्ण क्षेत्रमा जटिलता ल्याउने अवस्था देखिन्छ ।

विश्वभरी फैलिएको कोरोनाको अवस्थालाई हेर्दा यो अहिले तुरुन्तै निर्मूल वा समाप्त हुने अवस्था देखिँदैन । यो जुनसुकै बेलामा फेरि–फेरि पनि देखिन सक्छ । अहिलेको हाम्रो आवश्यकता र गर्नुपर्ने अठोट भनेको अब हामी कोरानाबीच पनि बाँच्न सिक्नु पर्दछ । बाँच्नका लागि सुई वा व्यायाम खानपिन जस्ता विषयमा ध्यान केन्द्रीत हुनपऱ्योे । सुईका सम्बन्धमा विकसित र धनी राष्ट्रहरूले विभिन्न अनुसन्धान गरिरहेका छन् । यसको समाधान छिट्टै निस्कन वा सयम लाग्न पनि सक्छ । तसर्थ संक्रमण नबढोस् र नफैलियोस् भनेर आत्मविश्वास र प्रतिरोधात्मक शक्ति बढाउन पनि आवश्यक छ । यसका लागि व्यायाम, जैविक खानपिन जस्ता काम गर्न आवश्यक छ ।

तँछाडमछाड गरेर लाइनमा नबस्ने प्रकृतिका हामीलाई अहिले पसलमा समान किन्दा लाइनमा बस्ने, एकअर्कामा भौतिक दूरी कायम राख्न प्रयास गर्ने, सुरक्षित बस्ने जस्ता चेतना पनि दियो र व्यवहार गर्न पनि सिकायो ।

नेपालको परिप्रेक्ष्यमा कोरोनाले मानिसका बीच व्यवहार परिवर्तन गर्न सिकाएको छ । उदाहरणका लागि व्यक्तिगत सरसफाई किन आवश्यक रहेछ भन्ने विषय बच्चादेखि वृद्धसम्मलाई सिकायो । त्यस्तै, मास्क किन लगाउने ? मानिसमा रोग कसरी सर्दो रहेछ संक्रमणमा हामी कसरी सजग हुनुपर्दछ भन्ने पनि सिकायो । घर बसेका वा छिमेकीलाई, वृद्धवृद्धालाई कसरी सहयोग गर्ने, घर–समाजमा बसेर पुण्य कसरी कमाउने भन्ने पनि सिकायो । त्यस्तै, तँछाडमछाड गरेर लाइनमा नबस्ने प्रकृतिका हामीलाई अहिले पसलमा समान किन्दा लाइनमा बस्ने, एकअर्कामा भौतिक दूरी कायम राख्न प्रयास गर्ने, सुरक्षित बस्ने जस्ता चेतना पनि दियो र व्यवहार गर्न पनि सिकायो । यसैगरी सानोभन्दा सानो आवश्यकता वा मागलाई सम्बोधन गर्न नाराजुलुस गर्नेलाई संकटले त्यस्तो नगरेर पनि मागहरू सम्बोधन हुँदा रहेछन् भन्ने सन्देश पनि दिएझैँ लाग्छ ।

नेपालको परिवेशमा गत एक–दुई हप्ता या त सङ्क्रमित को संख्यामा वृद्धि भइरहेको छ र सरकारले परीक्षणको दायरा पनि बढाएको छ । जति धेरै परीक्षण भयो त्यति धेरै सङ्क्रमित छ–छैन भन्ने पहिचान हुन्छ । विदेशवाट रोग नेपालमा नभित्रियोस् र नेपालभित्र पनि एकबाट अर्कोमा रोग नसरोस् भनेर सजगता अपनाउन पनि आवश्यक छ । यी र यस्ता अन्य विषयमा ध्यान दियौँ भने हामी यो संक्रमण र संकटमा अवश्य बाँच्न सिक्नेछौँ ।

(स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटासँग गरिएको संवादमा आधारित)

प्रतिक्रिया