सिड्नीमा मास्टर्स गरिरहेकी नेपाली युवतीले गरिन् आत्महत्या

सिड्नीमा मास्टर्स गरिरहेकी नेपाली युवतीले गरिन् आत्महत्या


राजन घिमिरे

पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न विदेशिने नेपाली युवायुवतीहरूको संख्या बढ्दो छ । त्यसमाथि अष्ट्रेलिया त विद्यार्थीका लागि अब्बल छनोटमै पर्ने मुलुक बनेको छ । अवसरका लागि पनि यो देश आकर्षकमध्यमा पर्दछ, तर पनि समय–समयमा नेपाली विद्यार्थीहरूका विविध घटनाले नेपाली समाजलाई झस्काउने गर्दछ ।

यसैबीच सिड्नीको रगडेलमा एक २५ वर्षीया नेपाली युवतीले आत्महत्या गरेकी छिन् । बिहीबार (मे ७)को यस दर्दनाक घटनाले सिड्नीको नेपाली समाजलाई स्तब्ध बनाएको छ ।

आफ्नै कोठामा रहेको दराजको कपडा झुन्ड्याउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी ती युवती काठमाडौं बानेश्वर इलाकाकी भएको बताइएको छ । नेपालीहरूको बाक्लो बस्ती रहेको रगडेलमा ती युवती दुई वर्षअघि मास्टर्स गर्न पुगेकी थिइन् भने उनका श्रीमान् गत वर्ष डिपेन्डेन्टको रूपमा सिड्नी गएका थिए ।

उनले किन आत्महत्या गरिन् ? यसबारे सिड्नीमा रहेको नेपाली समाजले बुझिरहेको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।