बलिवुडका चर्चित अभिनेता इरफान खानको निधन

बलिवुडका चर्चित अभिनेता इरफान खानको निधन


बलिवुडका एक प्रतिभाशाली एवम् चर्चित अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय इरफान असामान्य प्रकृतिको क्यान्सरको उपचार गराइरहेका थिए ।

दुई वर्षअघि न्यूरोएंडोक्राइन ट्यूमर (क्यान्सर) पहिचान भएपछि उनको लण्डनमा उपचार भएको थियो । उपचारपछि उनी मुम्बई फर्किएका थिए । यसबीच मंगलबार (२८ अप्रिल) अचानक उनको स्वास्थ्य गम्भीर रुपले बिग्रिएपछि कोकिला बेन अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

हालै मात्र आफ्नी आमा गुमाएका इरफान खान लकडाउनका कारण आमाको अन्तिम संस्कारका लागि जयपुरसम्म पुग्न सकेका थिएनन् ।

सलाम बाम्बे, स्लमडग मिलेनियर, द लन्च बक्स, तलवार, लाइफ अप पाई, हिन्दी मिडियम, अन, ब्ल्याकमेल, अंग्रेजी मिडियम, पानसिंह तोमर, मकबूल, हासिल जस्ता सिनेमा इरफानअभिनित चर्चित फिल्म हुन् ।