लकडाउनले सिर्जना गरेको यो बाध्यता !

लकडाउनले सिर्जना गरेको यो बाध्यता !


लकडाउनको समय अवधि थप गरिएको छ । सबैले अब कम्तीमा पनि २५ चैतसम्म घरभित्रै बस्नुपर्नेछ । यदि जरुरी काम पर्‍यो र बाहिर निस्कियो भने पनि प्रहरीले कारवाही गर्ने कडा उर्दी जारी गरिएको छ ।

यसका बाबजुद पृथ्वी राजमार्गमा बेलुकीको समय मानिसहरुको चहलपहल निकै बढेको देखिन्छ । राजधानीबाहिर घर भएका मानिसहरु हिँड्दै आफ्नो गन्तव्य पुग्ने गरेका छन् । समूहका समूहमा मानिसहरु हिँडेको देख्दा लाग्छ– लकडाउन नभई राजमार्ग खुला भएको छ । सरकारले मोफसलका आफ्ना नागरिकलाई घरसम्म पुग्ने गरी वैकल्पिक र भरपर्दो व्यवस्था गरिदिको भए सायद यस्तो असुरक्षित र कष्टप्रद पैदलयात्रा गर्न बाध्य हुनुपर्ने थिएन होला ।

झोला बोकेका मानिसहरु राजधानी काठमाडौंबाट तराईको वीरञ्जसम्मको तीन सय किलोमिटर लामो यात्रा पैदलै तय गरिरहेका छन् । उनीहरू कामविहीन भई भोकभोकै परेपछि यसरी हिँड्न बाध्य भएका हुन् ।

तस्बिर : विकास रौनियार (गजुरी)