नेजस अष्ट्रेलियाले कोरोनाविरूद्द लड्ने नीति बनायो

नेजस अष्ट्रेलियाले कोरोनाविरूद्द लड्ने नीति बनायो


– राजन घिमिरे

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष एवम् संयोजक कृष्ण गिरीले सबै राज्य समितिका संयोजक, विभिन्न उपसमितिका संयोजक, स्वास्थ्यकर्मी तथा प्रोफेशनलहरुसँग टेलि कन्फ्रेन्स बैठकको आयोजना गरी अष्ट्रेलियामा कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली विद्यार्थी, अभिभावक तथा विभिन्न पेशा, तह र तप्कामा रहेका नेपालीहरूको निमित्त सहयोग र सहकार्यको नीति बनाएका छन् ।

यस्तो भयावह परिस्थितिमा समाजलाई सकेको मद्दत गर्नुपर्छ भन्ने अभिप्रायले कार्यक्रमहरु ल्याएर अघि बढ्न एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष एवम् संस्थाका अधिवेशन निर्वाचन समिति संयोजक गणेश केसीले आग्रह गरेका छन् । २ घण्टासम्म चलेको सो बैठकमा आइसोलेशनमा बसिरहेका र कोरोना भाइरस कोभिड १९ को परिक्षणको कार्य गरिसकेकी सिनियर नर्स एवम् एनआरएनए आईसीसी महिला संयोजक भोमा लिम्बूले बताइन् ।

संक्रमणको परीक्षण गर्न चाहँदा आइपरेका समस्या र लागिसकेकालाई पनि घरमै आइसोलेशनमा बस्नुपर्ने कारणले परेको समस्याको बारेमा एनआरएनए आईसीसी ओशियाना महिला संयोजक जानकी पौडेलले आफ्नो अनुभव सुनाइन् । यस्तो जटिल परिस्थितिमा काम गुमाएर आर्थिक समस्यामा परेकाहरु, मानवीय सहयोगसमेत नपाएका नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।

नेपाली दूतावास, गैरआवासीय नेपाली संघलगायतका संस्थाहरुलाई यो अभियानमा थप सहयोग गर्दै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले प्रभावकारी सहयोग पुर्याउन सकोस भनेर राज्य समिति संयोजकहरु क्रमशः शीतल गिरी (एनएसडब्लु), अभिमानसिंह बस्नेत (क्वीन्सलेण्ड)।, रमेस छतकुली (भिक्टोरिया), दिलिप पोखरेल (साउथ अष्ट्रेलिया), निल थपलिया (वोष्ट्रन अष्ट्रेलिया), सिजन गिरी (एनटी), भागिरथ सापकोटा (क्यानवेरा) र प्रमोद सापकोटा (ताजमानिया) लाई राज्यस्तरको कार्यसम्पादन समिति निर्माण गरी कार्य गर्न तोकेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणको बारेमा सबैलाई जानकारी गराउँदै संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाई आइसोलेटेड भएर बस्न संस्थाले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । सबै राज्यमा आइसोलेशनमा बस्नु परेका र समस्यामा परेर बाहिर निस्कन नसक्नेहरुलाई अति आवश्यक सामाग्रीहरु किनमेल गर्न सहयोग जुटाउने, कोरोना भाइरसको संक्रमणबाट बच्न पिपिई, सेनिटाइजर एबम मास्कहरु उपलब्ध गराउन पहल गर्ने कार्यमा
सहकार्य र सहयोग जुटाउन संस्थाले निर्णय गरेको छ । साथै, प्रवासमा रहेर नेपाल र नेपालीहरुको लागि आर्थिक लगायतका विषयमा सहयोग जुटाउन संस्थाको ध्यानाकर्षण भएको बताइएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन, जनचेतना फैलाउदै सहकार्य गर्न ५ समितिको अवधारण ल्याएर नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले कार्य थाल्ने भएको छ ।

क) डाक्टर, नर्स र विज्ञहरुको मेडिकल टिम बनाइ आवश्यक सहयोग जुटाउने,
ख) विद्यार्थी एवम् अभिभावक सहयोग समिति गठन गरी आवश्यक सहयोग जुटाउने,
ग) स्वंयमसेवक एवम् फ्रन्टलाइन सपोर्ट समिति गठन गरी आवश्यक सहयोग जुटाउने,
घ) पोलेसी एवम् समुदाय सहकार्य समिति गठन गरी आवश्यक सहयोग जुटाउने,
ङ) फण्डराइजिङ समिति गठन गरी आवश्यक सहयोग जुटाउने,

यो दुःखद परिस्थितिबाट आफु बच्न र अरुलाई पनि बचाउन एकआपसमा हातेमालो गर्दै अघि बढ्नुपर्ने सन्देश दिँदै सुरक्षित रहन संस्थाका अध्यक्ष कृष्ण गिरीले विशेष अनुरोध गरेका छन्

सो बैठकमा विज्ञहरु डा. कृष्ण हमाल, डा. डिल्लि बन्जाडे, प्रेम सापकोटा, सुरेश गुरुङ, गोकुल घिमिरे, निरज श्रेष्ठ, नागेन्द्र अधिकारी, राजन ढुङ्गेल लगायतले नीति तथा कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।