आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै तिनाउ मिसन डेभलपमेण्ट बैंक

आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै तिनाउ मिसन डेभलपमेण्ट बैंक


तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लोन अटोमेसन सिस्टम माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ । सो सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन (ऋण) वर्कफ्लोलाई परिर्माजित गरी लोनका क्लाइन्ट मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने सम्बद्ध पक्षको भनाई छ ।

एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त संस्था हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकका दुई लाख भन्दा बढि ग्राहक र ५४ शाखा कार्यालयहरु रहेका बताइन्छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले पछिल्लो पटक मिसन डेभलपमेन्ट बैंकसँग मर्जर गरी नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ ।

त्यसैगरी, एसबी सोलुसनले विभिन्न बैंक तथा कर्पोरेट हाउसका प्रोडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन प्रदान गर्दै आएको छ । यसैअनुसार यसले विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरेको छ ।

लोन एप्रोभिङ सिस्टम, अनलाइन एकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर म्यानेजमेन्ट सिस्टम, बजेट म्यानेज्मेन्ट सिस्टम यस कम्पनीका मुख्य प्रोडक्टहरु हुन् । १५ बढि फाइनान्सियल इन्स्टिच्युटहरु र कर्पोरेट हाउसहरुमा एसबी सोलुसनका प्रोडक्टहरु प्रयोग भइसकेका छन् ।