बढ्दै छ TCL UHD टिभी को माग

बढ्दै छ TCL UHD टिभी को माग


विश्व बजारमा उत्पादनका आधारमा टिसिएल दोस्रो ठूलो ब्राण्ड हो । नेपालमा पनि पछिल्लो समय टिसिएलका विद्युतीय उपकरणको माग बढ्दो छ । बितेका ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ ।

नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरू चौधरी गु्रपअन्तर्गत इओएल प्रालिमार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । अहिले नेपालमा टिसिएल ब्राण्ड चौथो स्थानमा पर्छ । बजारमा टिसिएल स्मार्ट टिभीको माग बढ्दो छ । अहिले एलइडीमा पनि युएचडी टीभीको माग बढ्दो छ । नयाँ पुस्ता प्रविधिसँग नजिक हुने कारण उनीहरूलाई नयाँ–नयाँ प्रोडक्टको फिचरको बारेमा जानकारी हुन्छ । त्यसैले स्मार्ट टिभीको जमानामा थप प्रविधिसहितको युएचडी टिभी आएको छ । यसको माग बढ्दै गएको छ ।

विश्व बजारमा आएको नयाँ प्रविधिलाई आगामी दिनमा नेपाली बजारमा ल्याउने तयारीमा रहेको सिजीले जनाएको छ । सुलभ मुल्य, गुणस्तरीय उत्पादन, सर्भिसमा विश्वसनियताका कारण नै नेपालमा सिजी इलेक्ट्रोनिक्सको बजार बढ्दो रहेको सम्बद्ध उपभोगकर्ताहरू बताउँछन् ।

सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिँदै आएको छ । नेपालको ग्रामिण बस्तीदेखि ठूलो बजारसम्म सीजी इलेक्ट्रोनिक्सका सामान सजिलै पाइन्छ । सर्वसाधारणदेखि उच्च वर्गीय उपभोक्तालाई ध्यानमा राखेर सेवा प्रदान गरेकै कारण कम्पनी सफल भएको बताइएको छ ।

सिजीले भनेको छ– ‘टिसिएल आफैमा ब्राण्ड हो । नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा C6 र P8  गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ । युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरिय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् । स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टिभी ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभिमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्ने मिल्छ ।’

टिसिएल टिभी सन् १९८१ मा सुरुवात गरेको पाइन्छ । आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउँदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन् २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो ।

बताइएअनुसार विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०.१३६ अर्ब RMB रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्ब RMB पुगेको छ । टिसिएल टिभिको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ । टिसिएल ब्राण्ड विश्वमा १५ ओटा अवार्ड विजेता समेत भइसकेको छ । टिसिएलको २३ वटा आर.एण्ड.डि. सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरिङ बेस, १६० वटा विश्व बजारमा आफ्नो व्यापार विस्तार गरेको छ । सिजी इलेक्ट्रोनिक्सले टि.सि.एल. ब्राण्डको टिभी नेपाली बजारमा ल्याएकाले ग्राहकले पनि मन पराइदिएका छन् । त्यसैले आगामी दिनमा अझ यसका विश्वमा उत्कृष्ट टिभी नेपाली बजारमा ल्याउन लागेको छ ।