वर्षाले चितवनमा १५ करोडको इँटा नोक्सान

वर्षाले चितवनमा १५ करोडको इँटा नोक्सान


तीन दिनदेखि परेको वर्षाका कारण चितवनका इँटा उद्योगमा १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।

इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउन उपयुक्त समय भए पनि भारी वर्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्यांक आइनसकेको भए पनि अनुमानित १५ करोड रुपैयाँबराबरको क्षति भएको उनले बताए । अहिलेको वर्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । अहिले चितवनमा १८ वटा इँटा उद्योग रहेको राससले जनाएको छ ।