देश छोड्दै सुजाता !

देश छोड्दै सुजाता !


नेपाली काङ्ग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छोडेर जाने तयारीमा लागेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेको र बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रूपमा उपलब्ध गराइदिएकी छिन् ।

छोरी मेलानीको बंगलादेशी नागरिक रुबेल चौधरीसँग विवाह भएको थियो र रुबेलले मन्डिखाटारस्थित सुजाताकै घरबाट ‘भीओआईपी’ सञ्चालन गर्ने गरेका थिए । रुबेलको अपराध सुरक्षा निकायको जानकारीमा आएपछि यहाँबाट भगाइएका उनी अहिले बेलायतमा पत्नीसहित बसोवास गर्ने गर्दछन् ।

सुजताका छोरा नेपाली कन्यासँग विवाह गरेर बुढानीलकण्ठमा बस्दै आएका छन् । आफू परराष्ट्रमन्त्री हुँदा छोरालाई एनआरएनको हैसियत ‘विधिवत्’ दिलाएकी सुजातासँग छोराको सम्बन्ध सुमधुर नरहेको बताइन्छ । त्यसैले अहिले सुजाताले नेपाल छोड्ने र बेलायत गएर छोरीज्वाइँसँग बस्ने योजना बनाएकी छिन् । त्यसनिम्ति सुजाताले काठमाडौंस्थित बेलायती दूतावासमा दशवर्षे भिसाको लागि आवेदन दिएकी छिन् ।

बेलायतले नेपाली नागरिकलाई दशवर्षे भिसा उपलब्ध गराउने गरेको छैन । त्यसैले सुजाताले ब्रिटिस राजदूतलाई प्रभावित गरी दशवर्षे भिसा प्राप्त गर्न प्रयास गरिरहेकी छिन् । प्रवेशाज्ञा मिल्नेबित्तिकै उनी मूख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छोड्ने तयारीमा रहेकी छिन् ।