नीलगाई मारेर हत्याराहरु फरार !

नीलगाई मारेर हत्याराहरु फरार !


■ विशेष प्रतिनिधि, कपिलवस्तु

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं ५ पण्डितडिहवामा मृत अवास्था निलगाई भेटिएको छ । सोमबार साझा पण्डितडिहवा गाउँको पुर्वतिर उखुको खेतमा मृत निलगाईको फेला परेको हो ।

मृत निलगाई देखेर स्थानीययले प्रहरीचौकी उदयपुरलाई खबर गरेका थिए । उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरीका अनुसार उक्त निलगाई प्राकृतिक रुपले मरेको नभई कसैद्वारा मारिएको हो । पण्डितडिहवाका स्थानीयले पनि केही अपरचित मान्छे आएका र गाउँलेलाई देखेपछि भागेका बताए ।

उक्त मरेको निलगाईलाई मंगलबार (१३ फागुन) कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको जिम्मा लागाइएको प्रसनि चौधरीले जानकारी दिए भने मंगलबार नै गौतमबुद्ध वन डिभिजन कार्यालय चन्द्रौटामा खाल्डो खनेर गाडिएको वन अधिकृत एजाज अन्सारीले बताए ।

गौतमबुद्ध वन डिभिजन कार्यालयका शिवशंकर चौधरी, उदयपुर प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरी, कपिलवस्तु चन्द्रौटाका स्थानीय पत्रकार, समाजसेवी बुद्धीजीवीहरुको रोहबरमा मृत निलगाईलाई खाडलमा गाडिएको हो ।