इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण

इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण


इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको जानकारी दिँदै उनले इरानका उप–स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण भएको मङ्गलबार (२५ फेब्रुअरी) खुलासाा गरे ।

इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना भएको एएफपीले जनाएको छ ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भनेका छन्– ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उपस्वास्थ्य मन्त्री हरिर्चीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।’

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक–पटक खोकेका थिए भने भने उनको शरीरमा पसीना बगेको देख्न सकिन्थ्यो ।

लक्षणका आधारमा उनलाई अस्पताल पुऱ्याइएको थियो, जहाँ उनलाई भर्ना गरी उपचार शुरू गरिएको छ ।