देशको लागि लडेको थिएँ, लडिरहने छु : महरा

देशको लागि लडेको थिएँ, लडिरहने छु : महरा


पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएको अभिव्यक्ति दिएका छन् । दाङको लमहीमा सोमबार (१२ फागुन) उनको स्वागतार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने, ‘मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।’

जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै महराले विगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने उदघोष गरे । उनले भने– ‘नेपालको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो, त्यसका लागि म सधै लडिरहनेछु ।’

बलात्कार प्रयासको अभियोगमा पूर्पक्षको लागि जेल परेका महरा अदालतले सफाई दिएपछि यतिबेला आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । उनलाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।

pict: rss