नेप्से १४ सयमाथि

नेप्से १४ सयमाथि


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले मात्रै बढेको छ । सोमबार उच्च अंकले बढेको बजार आज केही सुस्ताएर झिनो अंकले मात्रै वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुगेको छ । लामो समयपछि नेप्से एक हजार ४०० माथि पुगेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने रु दुई अर्बभन्दा माथि पुगेको छ । कुल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता सेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोबार भयो ।

नेप्सेमा अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै सेयर उकालो लाग्दा सात उपसमूहको सेयर भने ओरालो लागेको छ । बैंकिङ ७.५३, व्यापार २.९५, विकास बैंक १४.५५, उत्पादन ३०.७५ र सामूहिक लगानी कोष ०.२ बिन्दुले बढेको छ । यस्तै, होटेल ३३.२६, जलविद्युत् १७.६२, वित्त ५.८५, निर्जीवन बिमा ११.१५, अन्य २.३५, लघुवित्त १३.१ र जीवन बिमा ४५.९३ ले घटेको छ ।

कारोबारका आधारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. १० करोड ६५ लाख १५ हजार ६६२ बराबरको कारोबार भयो । यस्तै एनएमबी बैंक रु. नौ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी रु. नौ करोड १४ लाख ९३ हजार ७६२, शिवम् सिमेन्ट रु. सात करोड ५६ लाख ६९ हजार ४९१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु. ६ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुंगा डेभलपमेन्ट बैंक रु. ६ करोड ६१ लाख ७१ हजार ५७३ बराबरको कारोबार गरी शीर्ष स्थानमा रहे ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुंगा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बिमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका सेयरधनीले ४.१८ प्रतिशतले कमाए । लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका सेयरधनीले ३.६४ प्रतिशतले गुमाए ।
rss