प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ


प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो ।

सरस्वती बजारमा शंकास्पद रूपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीय बासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । तामाङ विप्लवले नेतृत्व गर्दै आएको नेकपाका जिल्ला सेक्रेटरी भएको बुझिएको छ ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।