भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुलनजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।



काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जीडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । राससका अनुसार घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रकचालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया