मुलपानीमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर

मुलपानीमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर


ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ सेवा, ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।