‘स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्न’ सापकोटा नेकपाबाट अलग

सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्न आफू दलबाट अलग सापकोटाको भनाई छ ।



‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु, नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु’ सभामुख सापकोटाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । आइतबार नै उनले पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका थिए ।

प्रतिक्रिया