खुकुरी प्रहारबाट धादिङमा एकको हत्या

खुकुरी प्रहारबाट धादिङमा एकको हत्या


धादिङमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ । गएराति धादिङको खनियावास गाउँपालिका–४, दार्खामा घरमा बसिरहेको अवस्थामा शान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार हुँदा शान्ताको मृत्यु भएको हो । गम्भीर घाइते बनेका रविनको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूमाथि नेत्रावती डब्जोङ–१, मार्पाकका राम तामाङ र रोशन तामाङले खुकुरी प्रहार गरेका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न राम तामाङ यसअघि पनि विभिन्न आपराधिक घटनामा पटकपटक संलग्न रहँदै आएका आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।