खेलकुदको काँचुली फेरिने निश्चित-श्रीविक्रम भण्डारी

खेलकुदको काँचुली फेरिने निश्चित-श्रीविक्रम भण्डारी


मिसन साग २०१२
पुरातनवादी सोचमा चल्दै आएको नेपाली खेलकुदमा अहिले नयाँ आयाम थपिएको छ । व्यक्तिगत चलखेल र राजनीतिक हस्तक्षेपले गाँजेको खेलकुदमा आशाका नौला किरण देखिन थालेका छन् । खेलकुदमा परिवर्तनले बल्ल दस्तक दिएको छ । पत्याउन गाह्रो भए पनि सदस्यसचिव युवराज लामाले समग्र खेलकुदको विकासका लागि चालेको महत्त्वपूर्ण कदमले सबै खेलाडी, प्रशिक्षक, पदाधिकारी र खेलकुदप्रेमीको मन जित्न सफल भएको छ भने खेलाडीहरू खुसीले गद्गद् भएका छन् । उनीहरूमा नयाँ ज्यान पलाएर आएको छ । खेलकुदप्रति सकारात्मक भावना जागेको छ । अब केही हुन्छ र आफूले पनि केही गर्नुपर्छ भन्ने वातावरणको सिर्जना भएको छ । जसले गर्दा अहिले खेलकुदमा वसन्तबहार आएको छ । वषर्ाैंदेखि खेलकुदमा परिवर्तनको आस लगाएका खेलाडीले यो परिवर्तनलाई चमत्कार रूपमा आत्मसात् गरेका छन । साँचो रूपमा भन्नुपर्दा यो उनीहरूका लागि ठूलो राहतको कार्य भएको छ । यसका लागि सदस्यसचिव लामा बधाईका पात्र बनेका छन् ।
खेलकुदको आमुल परिवर्तन लागि विगतमा ठूला-ठूला कुरा गरे पनि कसैले सिन्कोसमेत नभाँचेको घामजस्तै र्छलङ्ग छ । उल्टै खेलकुदको अस्मितासँगै खेल्दै स्वेच्छाचारी ढङ्गले चलाएको कसैबाट छिपेको छैन । खेलकुदको विकासभन्दा नातावाद, कृपावाद, चाकरी र चाप्लुसी गर्नेहरूलाई विशेष प्राथमिकता दिएको इतिहास साक्षी छ । यिनै व्यक्ति-विकासवादी सोचका कारणले खेलकुदको अस्तित्व नै धरापमा परेको थियो । वास्तविक रूपमा भन्नुपर्दा खेलकुद एकादेशको कथामा परिणत हुँदै थियो । समयको जाँतोमा नराम्रोसँग पिल्सिएको खेलकुदमा शून्यता र मौनता छाएको थियो । खेलाडीको उत्साह, उमङ्गमा निराशाको ताला लागेकोे थियो । उनीहरू लक्ष्यविहीनरूपमा खेल्नका लागि मात्र खेलिरहेका थिए । जुन समग्र खेलकुदका लागि पीडा बनेको थियो । र पनि, आफ्नो कुकृत्यको ढाकछोप गर्दै पुरातनवादी सोचमाथि गर्व गर्नेहरूले यसलाई ठूलै उपलब्धिको रूपमा लिएका थिए । खेलकुदको लाज राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा छताछुल्ल हुँदासमेत उल्टै बहानाबाजीको खेल खेल्दै खेलकुदलाई चौबाटोमा उभ्याउनमा कुनै कसुर बाँकी राखेका थिएनन् । जसको प्रभाव खेलकुदका लागि अहिले पनि विडम्बना बनेको छ ।
खेलकुदका यिनै विकृति र विसङ्गतिहरू आत्मसात् गर्दै सदस्यसचिव युवराज लामाले खेलकुदकै इतिहासमा दूरदर्शी योजना ल्याएर खेलकुदको झोलीमा राहतको पोको हालिदिएका छन् । जसको चर्चा र परिचर्चाले अहिले सिङ्गो खेलकुद गुन्जायमान भएको छ । खेलाडी, प्रशिक्षक, पदाधिकारी र खेलप्रेमीहरू लामाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । उनीहरूमा नयाँ विश्वासको जन्म हुनुको साथै अब खेलकुदको काँचुली फेरिने कुरामा पनि ढुक्क भएका छन । ‘मिसन साग २०१२’ ले भारतको नयाँदिल्लीमा आयोजना हुने १२औँ दक्षिण एसियाली खेलकुद -साग) मा आफ्नो छनक देखाउने प्रायः निश्चित भएको छ । यो विशेष कार्यक्रमले नेपालको अन्तर्राष्ट्रियस्तरमा गुम्दै गएको मान-सम्मान र प्रतिष्ठालाई पुनर्जीवित बनाउन सञ्जीवनीबुटीको कार्य गर्ने सबैले विश्वास लिएका छन् ।
भारतमा हुने आसन्न १२औँ दक्षिण एसियाली खेलकुद -साग) लाई लक्षित गरी हालै राष्ट्रिय खेलकुद परिषद्ले विशेष प्रशिक्षणको शुभारम्भ गरेको छ । ‘मिसन साग- २०१२’ को संज्ञा दिइएको विशेष प्रशिक्षणको राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री कमला रोकाले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मन्त्री रोकाले विशेष प्रशिक्षणका लागि छनोट भएका खेलाडी तथा प्रशिक्षकलाई खलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो । मन्त्री रोकाले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा अझ बृहत् रूपमा राष्ट्रको पहिचान अभिवृद्धि गर्न मिसनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । छोटो तयारीका बाबजुद पनि खेलकुदले विगतमा पनि अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको झन्डा फरफराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको वताउँदै मन्त्री रोकाले यो मिसनको सुरुवातले थप सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपाल वीर गोर्खालीको देश भएको बताउँदै आउँदो दिनमा नेपाललाई खेलाडीको देशका रूपमा परिचित गराउन मिसनमा सफल हुने बताउनुभयो ।
त्यस्तै, राखेप सदस्यसचिव युवराज लामाले विगतमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा हुने गरेका गल्तीलाई नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै सबैको साथ र सहयोग पाए सोचेअनुसारको लक्ष्य प्राप्त गर्न कठिन नहुने बताएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रशिक्षणका समयमा विगतमा भएका गल्ती दोहोरिने छैन भन्दै सदस्यसचिव लामाले एक वर्षको समय पनि कम भएको चर्चा गर्दै कम्तीमा पनि दुई वर्ष चाहिने कुरामा प्रकाश पारेका थिए । लामाले विशेष प्रशिक्षणलाई प्रयोगका रूपमा शुभारम्भ गरेको बताउँदै यो अभियानमा सबैले सहयोग गरे आशा गरेअनुसारको नतिजा आउन सक्छ भनेका थिए । लामाले प्रशिक्षण विधिलाई पूर्णरूपमा वैज्ञानिककरण गर्ने र एक वर्षो प्रशिक्षणलाई चार भागमा विभाजन गरिएको बताए ।
अहिले विशेष प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय पदकको सम्भावना बोकेका विभिन्न आठ खेलका ४० पुरुष तथा २१ महिला गरी जम्मा ६१ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । खेलहरूमा एथलेटिक्स, बक्सिङ, कुस्ती, भारोत्तोलन, जुडो, तेक्वान्दो, उसु र कराते रहेका छन् । जसमा प्रशिक्षकको सङ्ख्या १५ रहेको छ । कुस्तीबाहेक सबैमा समान २-२ प्रशिक्षक छन् । नेपाली खेलकुदको इतिहासमै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यति लामो समय प्रशिक्षणको व्यवस्था भएको यो पहिलो अवसर हो ।
लामाले प्रशिक्षणमा बस्ने खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रका लागि केही गर्छर्ुुन्ने सोच राखेर आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै खेलाडीलाई लागेका कुरा
स्पष्ट रूपमा आफूसमक्ष राख्न सक्ने बताए । लामाले प्रशिक्षणको अन्तिम चरणमा यहाँको अवस्थाअनुसार प्रशिक्षण गराउन सक्ने अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याउने र केही खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने जानकारी दिँदै प्रशिक्षणमा सहभागी हरेकको मासिक विवरण राख्ने बताएका थिए । त्यस्तै राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङले विगतमा वास्तविक गहिराइमा नपुगी सतही ढङ्गमा खेलाडीको छनोट गरिने चलनको अन्त्य भएको बताउँदै १२औँ सागको पूर्वतयारी सुरु भएको बताएका छन् ।
विशेष प्रशिक्षणबारे टिप्पणी गर्दै तेक्वान्दोका मुख्य प्रशिक्षक दीपराज गुरुङले पहिले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छोटो समयको प्रशिक्षण हुने, त्यसमा पनि अधिकांश समय नेतृत्वपङ्क्ति आफ्नो मान्छेको नाम कसरी पार्ने र सेभ दि मिसनमा को जाने भन्नेमै व्यस्त हुने बताउँदै यो मिसनले सकारात्मक सन्देश प्रवाह गरेको स्पष्ट पारेका छन् । साथै विशेष प्रशिक्षणको यो एकवर्षो मिसनले विगतको परम्पराको अन्त्य गरी खेलाडी तथा खेलकर्मीमा ऊर्जा थप्ने काम गरेकोमा प्रमुख प्रशिक्षक गुरुङले राखेपप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै १६औँ एसियाडमा नेपाललाई एक मात्र कास्य पदक दिलाउन सफल बक्सिङ खेलाडी दीपक महर्जनले प्रशिक्षणले खेलाडीलाई उत्साहित बनाएको बताउँदै खेलाडीमा आत्मविश्वास बढेको धारणा व्यक्त गरेका थिए ।

बिच सागको औचित्य र नेपालको सहभागिता

श्रीलंकाको हम्बान्टोटामा सम्पन्न पहिलो दक्षिण एसियाली बिच खेलकुदको औचित्यबारे अहिले व्यापक चर्चा-परिचर्चा चलेको छ । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिताबारे समयमै जानकारी नपाएको भन्दै पन्छिनु र ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीले आयोजक राष्ट्रलाई सहयोगका लागि सहयोगी भूमिका मात्रै निभाउनुले यो प्रतियोगिता औचित्यमाथि प्रश्नचिह्न लागेको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दा शून्यको तयारीमा उत्रिनु सोचनीय कुरा भए पनि यहाँ मुलुकको मान, सम्मान र प्रतिष्ठालाई दाउमा राखेर आयोजकलाई सफल पार्न खोज्नु विडम्बना भएको छ । अझ नेपाल भूपरिवेष्ठित मुलुक भएकोले सर्वप्रथम बिच खेलकुदमा प्रतिस्पर्धा गर्न मिल्छ कि मिल्दैन त्यसबारे कसैले ध्यान नदिनु अर्को दर्ुभाग्य भएको छ ।
बिच खेलकुदमा नेपालले ६ खेलमा प्रतिस्पर्धा गरे पनि इक्वस्ट्रेन अर्थात् घोडचढीबाहेक अन्य खेलमा र्समनाक पराजय भोगेको छ । साँचो रूपमा भन्नुपर्दा अन्य खेलमा उल्टोबाट प्रथम भएको छ । यो नतिजाले नेपालको खेलकुदको स्तरलाई पनि अन्तर्राष्ट्रियस्तरमा र्छलङ्ग पारेको छ । बिच खेलमा जानुअघि आफ्नो खेल बास्केटबलले चमत्कार देखाउने र ऐतिहासिक पदक जित्ने दाबी गर्ने यस प्रतियोगिताका सेभ द मिसन टेन्डी लामा अहिले भ्यागुतोझैं उत्तानो परेका छन् । उनका खेलाडी अहिले रित्तो हात घर फर्केका छन् । त्यस्तै खेलकुदमा सर्वाधिक विवादित व्यक्तिको रूपमा सुपरिचित सुनिल राजकरि्णकारले पुनः कबड्डीको विवादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएर खेलाडीलाई नाङ्गेझार पार्न कुनै कसर बाँकी राखेनन् । चारवटा मुलुकले सहभागिता जनाएको कबड्डीमा नेपालले चौथो स्थान प्राप्त गरेको थियो । हारेर कास्य पदक पाए पनि उक्त पदकको कुनै अर्थ नहुने स्वयम् खेलाडीले बताएपछि अहिले राजकरि्णकारको फुर्ति पनि नराम्रोसँग झरेको छ ।
श्रीलंका जानुअघि ओलम्पिक कमिटीले आयोजना गरेको बिदाइ कार्यक्रममा निकै फुइँफाइँ देखाएका राजकरि्णकारले बंगलादेशको ढाकामा झैं श्रीलंकामा पनि खेलाडी र प्रशिक्षकमाथि ठूलो रवाफ देखाएका थिए । खेलाडीको पिरमर्काभन्दा आफ्नो दुनो सोझ्याउन लागेपछि उनले श्रीलंकामा पनि निकै विरोधको सामना गर्नुपरेको थियो । श्रीलंका जानुअघिको कार्यक्रममा सुजन श्रेष्ठलाई आफूलाई कबड्डी सङ्घको अध्यक्ष रूपमा बोलाउन आग्रह गरेका र सुजनले आज्ञा पालन गर्दा गाला मुन्तिर उम्रिएको ट्युमर हल्लाउँदै ड्यासमा आसीन हुन पाउँदा सगरमाथाको आरोहण गरेको महसुस गरेका थिए । तर, यो नाटकलाई नजिकैबाट नियालिरहेका टेन्टी लामालाई खपिनसक्नु भई छटपटाएको देख्दा त्यहाँ उपस्थित खेलाडी र पदाधिकारी कर्ुर्सर्ीीनि टाउको लुकाएर मज्जाले हाँसेका थिए ।
आयोजक श्रीलंकाले नेपाली खेलाडीप्रति गरेको दर्ुर्व्यहार र गैरजिम्मेवारी भूमिकाले बिच खेलकुदमा नेपाली खेलाडीले कुकुरले नपाउने दुःख पाएको एक सहभागी खेलाडीले बताएका छन् । उनले फितलो आयोजनाले गर्दा खेलाडीले हरेक कुरामा कठिनाइ भोगेको सुनाए । खाने, बस्ने र खेल्नेसम्मको कुनै टुङ्गो नभएको र आफूहरूलाई प्रतियोगिता स्थलभन्दा निकै टाढा साधारण हाटेलमा राखेको बताएका थिए । यो विषयमा पटक-पटक गुनासो गर्दा कतैबाट कुनै सुनुवाइ नभएको बताए । यसरी अन्योलबाट शुभारम्भ भएको बिच खेलकुद अन्योलमै सम्पन्न भएको थियो । यसबाट हचुवाको भरमा आयोजना गरिएको बिच खेलकुदको भविष्य दक्षिण एसियाली मुलुकमा फस्टाउन नसक्ने प्रस्ट देखिएको छ ।
राखेपसँग कुनै समन्वय नगरी अर्थात् वाइपास गरी हचुवाको भरमा खेलाडी पठाउनु आफैंमा आपत्तिजनक भएको राखेपले बताएको छ । राखेपले खेलाडीहरूलाई उनीहरूको खेल्ने हकबाट वञ्चित नगर्ने प्रस्ट पारे पनि प्रतियोगिताप्रति चुप्पी साँध्नुले अन्योलको खाल्डो झनै बढेर गएको छ । यस्तो अवस्थामा उत्कृष्ट प्रदर्शन गरेर पदक जित्ने खेलाडीमा समेत निराशा छाएको छ । यो प्रतियोगितामा पहिलोपटक नेपाली खेलकुदको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिएको इक्वस्ट्रेन अर्थात् घोडचढीतर्फनेपालले एक स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको थियो । नेपाललाई सेनाका खेलाडी ध्रुवप्रसाद अर्यालले रिङ एन्ड पेकिङमा स्वर्ण दिलाएका थिए । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेर घोडचढीका खेलाडीले राष्ट्रको झन्डा अन्तराष्ट्रमा फहराए पनि अहिले हात लाग्यो फुस्साजस्तै भएको छ । बिच खेलकुदमा पदक जित्ने खेलाडीलाई राष्ट्रले सम्मान गर्ने अभिव्यक्ति सदस्यसचिव युवराज लामाले दिए पनि जबसम्म राज्यले यो प्रतियोगितालाई वैधानिक मान्यता दिँदैन तबसम्म यसै भन्न सकिने अवस्था छैन । आशा गरौँ, मुलुकको गौरव बढाउने वास्तविक खेलाडीको अवश्य सम्मान हुनेछ ।
– बिना अधिकारी

कराते महासङ्घ पुनर्गठन
गत साता राष्ट्रिय खेलकुद परिषद्ले कराते महासङ्घको पुनर्गठन गरेको छ । परिषद्ले राखेपअन्तर्गत दर्ता रहेको नेपाल कराते महासङ्घले परिषद्ले दिएको निर्देशन पटकपटक उल्लङ्घन गर्दै खेलकुद उद्देश्यको प्रतिकूल कार्य गरेको, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू चीनको ग्वान्झाउमा भएको एकेएफ सिनियर कराते च्याम्पियनसिपमा परिषद्को स्वीकृतिबेगर मकाउमा रहेका नेपाली खेलाडीलाई सहभागी गर्राई अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिष्ठामा आँच पुर्‍याएको, मातहतका कराते सङ्घहरूलाई समान अवसर उपलब्ध नगराएको, एकपक्षीय ढङ्गले काम गरेको, ब्ल्याकबेल्ट वितरण गर्दा अपारदर्शी एवम् आर्थिक हिनामिना गरेको, वारि्षक लेखा-परीक्षण र साधारणसभा नगराएको, खेलाडी छनोटमा अनियमिततालगायत दर्जनौँ कार्य नियमको परिधिबाहिर रही गरेको, जसले गर्दा कराते मात्र नभई समग्र नेपाली खेलकुदकै बद्नाम भएको गम्भीर आरोप लगाउँदै पुनर्गठन गरिएको बताएको छ ।
यसअघिका नेतृत्व रहुन्जेलसम्म कराते दिनप्रति दिन धराशायी हुने महसुस गरी महासङ्घअन्तर्गतका विभिन्न सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले पटकपटक महासङ्घ विघटन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने जोडदार माग गरेबमोजिम खेलकुद विकास नियम २०४९ को परिच्छेद -३) को नियम -१०) को उपनियम -घ) बमोजिम सितोरियो करातेका संस्थापक एवम् राखेपका सदस्यसचिव युवराज लामाको संरक्षकत्वमा ३० सदस्यीय नेपाल कराते महासङ्घ पुनर्गठन गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री कमला रोकाले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । उक्त विज्ञप्तिमा पुनर्गठित महासङ्घलाई ३५ दिनभित्र निर्वाचन -साधारणसभा) सम्पन्न गर्न निर्देशन पनि दिइएको छ । स्मरण रहोस्, परिषद्को खेलकुद विकास नियम २०४९ को परिच्छेद -३) को नियम -१०) को खण्ड -घ) मा व्यवस्था भएबमोजिम मिति २०६८ साल साउन ८ गते नेपाल कराते महासङ्घ विघटन गरिएको थियो ।
पुनर्गठित कराते महासङ्घको संरक्षकमा युवराज लामा, अध्यक्षमा दावा गुरुङ, प्रथम उपाध्यक्षमा चन्द्रबहादुर थापा -सागर), उपाध्यक्षमा गीता राणा र भूषण राणा रहेका छन् । त्यस्तै महासचिवमा ध्रुवविक्रम मल्ल, सचिवमा महेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरूमा रवि केसी, प्रकाशमोहन धौभडेल, सुरेश सिलवाल, उपेन्द्रकेशरी न्यौपाने, अर्जुन शर्मा, विकासजंग राणा, खुमसुङ गुरुङ, नारायणबहादुर मगर, ओमकृष्ण प्रर्साईं, हेमकुमार श्रेष्ठ, बलराम मित्र, मुकुन्द विष्ट, गंगालाल श्रेष्ठ, मिङ्मा शर्ेपा, हरिशरण केसी, निवासगोपाल वैद्य, विनिता चौधरी, सरलशमशेर राणा, शिव पाण्डे, धर्मशिला चापागाईं, पुष्पा र्घर्ती -विष्ट) तथा मर्दनसिंह तामाङ रहेका छन् ।

जापानमा विसुरालको उत्कृष्ट प्रदर्शन
नेपाल फेस्टिबल २०११ जापानको टोकियोस्थित योयोगी पार्कमा हालै सफलताका साथ सम्पन्न भएको छ । उक्त फेस्टिबल भियतनाम र नेपालले सँगै आयोजना गरेका थिए । दुई लाख मानिसले अवलोकन गरेको महोत्सवमा प्रोफेसनल रेस्लिङ खेल पनि प्रस्तुत गरिएको थियो । उक्त खेलमा भाग लिन नेपाल महोत्सव आयोजक तथा टीबीआई ग्रुप जापानका भुवन भट्टले नेपाल प्रोफेसनल रेस्लर भरतबहादुर विसुराल -हिमालयन टाइगर) लाई निम्त्याएको थिए । उक्त खेलमा टाइगरको टिममा भाग लिन ११ वर्षदेखि जापानमा किकबक्सिङ सिडोकन करातेका च्याम्पियन मोहन महर्जन -मोहन ड्रागन), फुगो फुगो युमेजी र मासा योशी किकुजिरो उमेजावालाई पनि सामेल गराइएको थियो । उनीहरूविरुद्ध क्यानेडियन ब्लाक टाम क्याट जिरो वानका मिस्टर सावा, किकबक्सर कुरनाई र जुडो खेलाडी हासिमोतो यामादा सामेल थिए ।
झन्डै ५० मिनेट लामो सनसनीपूर्ण भिडन्तमा टाइगरले सावा र मोहन ड्रागनले ब्ल्याक टाम क्याट कुरेनाईलाई ढालेर जित हासिल गरेका थिए । त्यस्तै हिमालयन टाइगरले अर्को खेल अन्डरग्राउन्ड रेस्लिङ कम्पनीका लागि टोकियोको टाकाडानो बाबा अलाल्से मनसँग पनि खेलेका थिए । उक्त खेलमा टाइगरका सहयोगी पार्टनरमा ब्राजिलका जागर रोगो थिए । यी दुईको जोडीले क्यानेडियन ब्ल्याक टाम क्याट र किन्जी ताकेसिमामाथि विजय हासिल गरेको थियो । हिमालयन टाइगर १२ दिने जापान बसाइपछि हालै नेपाल फर्केका छन् । उनले जिरोवानका नाकामुरा र उनको कम्पनी सिवामा आमन्त्रित भई भविष्यमा नेपाली र जापानिज खेलाडी आदनप्रदान गर्ने विषयमा छलफल र सम्झौता गरेको कुरा बताएका छन् ।

इन्टाद्वारा खेलपदाधिकारीलाई प्रशंसा-पत्र
हालै राजधानीमा सम्पन्न भएको प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजकमध्येको एक अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो सङ्घ (इन्टा) ले राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्यसचिव युवराज लामा, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष एवम् उक्त च्याम्पियनसिपको आयोजक समितिका अध्यक्ष सञ्जीव रेग्मी तथा तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङलाई प्रशंसा-पत्र प्रदान गरेको छ । राखेप समीक्षालयमा आयोजित एक कार्यक्रममा इन्टाका महासचिव नारायण गुरुङले उहाँहरूलाई प्रशंसा-प्रदान गरेका थिए । सोही अवसरमा महासचिव गुरुङले विश्व तेक्वान्दो महासङ्घ (डब्लूटीएफ) को तर्फाट सदस्यसचिव लामालाई मायाको चिनो हस्तान्तरण गरेका थिए । इन्टा र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भएको उक्त च्याम्पियनसिपमा नेपाल ६ स्वर्ण र ८ रजतसहित टिम च्याम्पियन बनेको थियो ।