निसास्सिएर मृत्यु भएका आठ पर्यटकको सनाखत

निसास्सिएर मृत्यु भएका आठ पर्यटकको सनाखत


मकवानपुरको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गएराति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिए ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उनीहरू रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठजना सुतेका ती पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।

पोखराबाट सोमबार साँझ उहाँहरू सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
rss