नेकपामा अग्नि सापकोटालाई सभामुख बनाउने सहमति, सचिवालय बैठकले अनुमोदन गर्दै

नेकपामा अग्नि सापकोटालाई सभामुख बनाउने सहमति, सचिवालय बैठकले अनुमोदन गर्दै


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति बनेको छ ।

नेकपा अध्यक्षद्वय चार महिनादेखि रिक्त रहेको सभामुखको उम्मेदवारमा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई बनाउन सहमत भएका हुन् ।

आज आइतबार बिहान अध्यक्षद्वयबीच सापकोटालाई सभामुख बनाउन भएको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाको सचिवालय बैठकले अनुमोदन गर्ने बुझिएको छ । यसअघिका अध्यक्षद्वयका बैठकमा आ–आफ्नै अडानका कारण सभामुखको विषयमा सहमति जुट्न सकेको थिएन ।