तीन शहरमा अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम हुने

तीन शहरमा अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम हुने


काठमाडौं नेपाल सेल्फ डिफेन्सको आयोजनामा तीन शहरमा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार हुने भएको छ । नेपाल सेल्फ डिफेन्स संघले अन्तर्राष्ट्रिय सेमिनारका बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

माघ ७ देखि पोखरामा, १० गतेदेखि १३ काठमाडौं र १४ देखि १६ गतेसम्म जनकपुरमा हुने अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनारमा अमेरिका र पोल्यान्डका ग्राण्ड मास्टरहरुले प्रशिक्षण दिनेछन् ।

सेमिनारमा नेपालका ४० जिल्लाका सेल्फ डिफेन्सका प्रतिनिधि एवं प्रशिक्षकहरुले अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सको लाइसेन्स प्राप्त गर्नका लागि प्रशिक्षण कार्यक्रममा सहभागी जनाउने छन् ।

सेमिनारमा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त सेल्फ डिफेन्सका ग्राण्ड मास्टरहरुबाट हिंसाबाट कसरी बच्ने, हिंसामा परेका बेला आफुलाई कसरी सुरक्षित गर्न सकिन्छ । सेल्फ डिफेन्स कला किन सिक्न जरुरी छ यसको जिज्ञासा यो सेल्फ डिफेन्स तालिम सिकाउने नेपाल सेल्फ डिफेन्सकी नेपाल प्रमुख सञ्जु महर्जनले बताइन् ।

नेपाल प्रमुख महर्जनले यो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्समार्फत नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने बताइन । बिदेशबाट आएका प्रशिक्षकहरूबाट सेल्फ डिफेन्सको कला सिक्नुका साथै उहाँहरुलाई नेपालका रमणीय पर्यटकीय ठाउँहरूमा समेत भ्रमण गराइ नेपालको विविधताका बारेमा जानकारी गराइने प्रमुख महर्जनले बताइन् ।

नेपालमा बर्सेनी महिलाहरू माथि हुने बलात्कार र हिंसाहरुलाई कसरी निरुत्साहित पार्न सकिन्छ साथै यो तालिमको उदेश्य पनि हिंसामा कमि ल्याउन नै रहेको नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डिबी रानापालले पत्रकार सम्मेलनमा प्रकाश पारे । उनले यो सेमिनारले दक्ष सेल्फ डिफेन्स प्रशिक्षक उत्पादन समेत गर्ने बताए । नेपालका तीन ठाउँमा कार्यक्रम गर्दा करिव २० लाख खर्च लाग्ने सेल्फ डिफेन्स संघका प्राविधिक राधिका हमाललेले जानकारी गराइन् ।