इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित

इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित


इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।

विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र गएका सम्बद्ध अधिकारीले बताएका र यसका लागि मन्त्रालयस्तरबाट सुधारका काम सुरू गरिएको त्यहाँको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालयहरूले आफूमातहतका विद्यार्थी तथा कर्मचारीलाई अध्ययनमा अवरोध पु ऱ्याएको भन्दै कारबाही सुरू भएको जनाएका छन् । मन्त्रालयका अनुसार सुधारका लागि ४० शिक्षक तथा ६४० विद्यार्थीलाई कारबाहीको दायरामा ल्याइएको छ र विस्थापित विद्यार्थीलाई पुनःविद्यालयमा फर्काउन पहल थालेको पनि बताएको छ ।

सिन्ह्वाले जनाएअनुसार सन् २०१९ को नोभेम्बरदेखि विश्वविद्यालयमा भएका प्रदर्शन र हिंसाका कारण कम्तीमा एक दर्जन विद्यार्थीको मृत्यु भएको छ भने दर्जनौँ विद्यार्थी घाइते भएका छन् । विश्वविद्यालयमा हिंसा फैलिनुको मुख्य कारण त्यहाँको जातीय तथा धार्मिक भिन्नताका आधारमा हुने विभेद रहेको बताइएको छ ।