पाँच हजार हत्याको जिम्मा लिइएको सन्दर्भमा सत्तारूढ दल तथा ओली सरकारको चुनौती !

पाँच हजार हत्याको जिम्मा लिइएको सन्दर्भमा सत्तारूढ दल तथा ओली सरकारको चुनौती !


■ केशवप्रसाद भट्टराई

टुँडिखेलमा उभिएर पाँच हजार जनाको हत्यामा आफू जिम्मेवार भएको स्वीकार गर्ने व्यक्ति सत्तारूढ दलका अध्यक्ष छन् !
सार्वजनिक रूपमा यस्तो स्वीकार गर्ने व्यक्ति कुनै सभ्य मुलुकमा राजनीतिमा रहन सक्दैन, दलको नेतृत्वको त कुरै नगरौँ !
उसको स्थान झ्यालखान मात्रै हो !

तर प्रचण्डले आफू दण्डित हुन्छु भनेर त्यसो भनेका होइनन् ।
मुलुकमा आफूलाई दण्ड दिने शक्ति र सामर्थ्य कसैसँग छैन, मैले जे गरे पनि हुन्छ र जे भने पनि हुन्छ भनेर पाँच हजारको हत्यालाई उनले सकारेका हुनुपर्छ ।
मुलुक शासनविहीन छ ! ‘नो रूल’ र ‘नो गभर्न्मेन्ट’को स्थितिमा छ भन्ने कुराको प्रमाण पनि हो, प्रचण्डको त्यो अभिव्यक्ति !
यो प्रधानमन्त्री ओली र पूर्वएमालेलाई चुनौती पनि हो ।
राज्यलाई गिज्याएको हो उनले !

बाँकी १२ हजारको हत्याको दोष आफ्नो नहुने र हिजोका शासकको हुने पनि बताए छन् उनले !
उनले नेतृत्व गरेको कथित जन युद्धमा १७ हजार मारिए ।
त्यो सबैको जिम्मा उनको हो ! तर, ल.. पाँच हजारको जिम्मेवारी उनले स्वीकारे ! परोक्ष रूपमा बाँकी १२ हजारको जिम्मेवारी पनि उनकै हो !
बाँकी १२ हजारको हत्याको दोषी को हो ? त्यो छुट्याएर दण्ड दिने काम आफैँले नेतृत्व गरेको दलको सरकारले गरे भैगयो नि !
प्रचण्ड आफैँ सत्तारूढ दलको अध्यक्ष छन् त !

‘पाँच हजारको हत्यामा आफ्नो जिम्मेवारी सार्वजनिक रूपमै स्वीकार्ने व्यक्तिलाई त्यसै छोड्न मिल्छ ?’ भनेर कुनै विदेशी राजदुत, सरकार वा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सँस्थाले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली, गृहमन्त्री वा विदेशस्थित नेपाली राजदुतहरूलाई सोध्दा के जवाफ दिने होला ?

प्रचण्डले १२ हजारको हत्याको जिम्मा हिजोका राजा–महाराजाले लिनुपर्ने भनेछन् !
माओवादी हिंसाताका आधिकांश समय राजा संवैधानिक थिए ।
मुलुकमा निर्वाचित सरकार थियो ।
बीचमा १४ महिना मात्र राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका हुन् ।
त्यो अवधिमा सेना वा प्रहरीसँगको प्रत्यक्ष मूठभेडमा मारिएका बाहेक सेना वा प्रहरीबाट मारिएका निर्दोष सर्वसाधारणको हत्याको जिम्मा राजा ज्ञानेन्द्रको पनि हुन आउला, तर राज्यविरूद्ध बन्दुक बोक्ने र बन्दुक बोक्ने समूहविरूद्धको राज्यको प्रतिकारबीच पनि त फरक होला !
विप्लव समूहका कुमार पौडेलहरू जस्ताको हत्या त प्रचण्ड नेतृत्वको दलको सरकारले पनि गरिरहेकै छ त !
कुमार पौडेलहरूको हत्याको जिम्मा कसको हो नि ?

अर्को अहम् सवाल पनि सँगै उठ्छ–
बीचको अवधिमा राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग केही हदसम्म सहकार्य भएको त स्वयम् प्रचण्ड र बाबुरामले बताएकै हुन् !
त्यसैकारण लामो समयसम्म सेनाले माओवादी हिंसा हेरेर बसेकै हो ।
हाम्रो सेना त्यस्तै रहेछ– शान्ति सेनामा राम्रो काम गर्छ, नेपालमा जनता र प्रहरी मारिँदा पनि उसको जिम्मेवारी निर्माण भएन ।
राजा वीरेन्द्र मारिँदा पनि उसको जिम्मेवारी बनेन, र
राजसँस्था हटाइँदा पनि ऊ स्वागत गरेरै बस्यो !
प्रचण्डहरूले लगाइदिने टीका–पाती थापेरै बसेको त हो नि !

‘पाँच हजारको हत्यामा आफ्नो जिम्मेवारी सार्वजनिक रूपमै स्वीकार्ने व्यक्तिलाई त्यसै छोड्न मिल्छ ?’ भनेर कुनै विदेशी राजदुत, सरकार वा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सँस्थाले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली, गृहमन्त्री वा विदेशस्थित नेपाली राजदुतहरूलाई सोध्दा के जवाफ दिने होला ?

(भट्टराईको फेसबुकबाट)