ट्यांकरले ठक्कर दिँदा युवाको मृत्यु

ट्यांकरले ठक्कर दिँदा युवाको मृत्यु


ट्याकरको ठक्करबाट गएराति चितवनमा एकजनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना.७ख ८१४१ नम्बरको तेल बोक्ने ट्यांकरले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।