खसी चोरेर बेच्ने र किन्ने दुवै पक्राउ

खसी चोरेर बेच्ने र किन्ने दुवै पक्राउ


नेपाल प्रहरीले सप्तरीको रूपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।

स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी बिक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उहाँका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिराहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए । प्रहरीले खसी खरिदकर्तालाई समेत पक्राउ गरेको जनाएको छ ।
rss