डा. तुम्बाहाम्फेद्वारा सभामुखमा दाबेदार बन्ने खुलासा

डा. तुम्बाहाम्फेद्वारा सभामुखमा दाबेदार बन्ने खुलासा


प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बताउनुभएको छ । नुवाकोटको बेत्रावतीमा आज (१ माघ) आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उहाँले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर सभामुख पदको उम्मेदवारमा आफू पनि दाबेदार रहेको बताउनुभयो ।

सो पदमा कि त सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)ले उम्मेदवार सिफारिस गर्न सक्नुपर्ने, कि अडान त्याग गरेर नेतृत्वविहीन बनेको संसद् सहज रुपमा सुचारु गर्न सहयोग गर्नुपर्ने तर्क गर्दै उपसभामुख तुम्बाहाम्फेले संसद् नचल्दा जनताका मौलिक हक तथा राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न पाँच विधेयक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउन ढिलाइ भएकोमा चिन्ता जनाउनुभयो ।

file pict:rss