आईएस आक्रमणमा ७१ सैनिकको मृत्यु

आईएस आक्रमणमा ७१ सैनिकको मृत्यु


नाइजरको पश्चिम भागमा रहेको अर्थात् मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतंककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शिविरमा सो आक्रमण भएको हो । यसैबीच, इस्लामिक स्टेट्स (आईएस) लडाकु समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

इजिप्टको भ्रमणमा रहेका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किएका छन् ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ र पाँच पश्चिमी अफ्रिकी नेताहरूबीच उक्त क्षेत्रमा सुरक्षा अवस्थाको विषयमा हुन लागेको सम्मेलनको केही दिनअघि उक्त आक्रमण भएको बताइएको छ ।

    एएनआई–रासस