मीनुले जिताइन् बक्सिङमा पहिलो स्वर्ण

मीनुले जिताइन् बक्सिङमा पहिलो स्वर्ण


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत बक्सिङ खेलमा नेपालले स्वर्ण पदक जितेको छ । यो स्वर्ण पदकसँगै नेपालले आफ्नो स्वर्ण पदकको संख्या ४६ पुऱ्याएको छ ।

बक्सिङमा नेपाललाई पहिलो स्वर्ण मिनु गुरुङले जिताएकी हुन् । उनले महिलाको ५४ केजी तौल समुहमा भारतकी खेलाडी शिखासालाई अंकका आधारमा पराजित गरेकी हुन् ।