उसु खेलका जुनियर च्याम्पियन अजित तामाङका बुबा प्रेमबहादुर तामाङलाई उपचारका लागि भारत र नेपालका उसु टीमले आर्थिक सहयोग गरेका छन् ।
लगनखेलस्थित नेपाली सेनाको फिजिकल फिटनेस तथा ट्रेनिङ सेन्टरमा आयोजित एक कार्यक्रममा तामाङलाई भारत र नेपालका उसु टीमले उक्त आर्थिक सहयोगको चेक हस्तान्तर गरेका थिए ।
विगत चार महिनादेखि वोनम्यारो क्यान्सरबाट पीडित तामाङलाई भारतीय टीमले ५० हजार र नेपाली टीमले ७४ हजार २ सय ७८ रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
भारतीय टीमको तर्फवाट साजन लामा र नेपाली टीमको तर्फवाट नेपाल उसु महासंघका उपाध्यक्ष राजीव महर्जनले उक्त चेक तामाङलाई हस्तान्तरण गरेका थिए ।
उपचारका लागि आर्थिक सहयोग पाउँदा निकै खुशी देखिएका तामाङले यो सहयोगले आफ्नो जीउने आशा पलाएको बताए । साथै सहयोगकर्ता भारतीय र नेपाली टीमलाई धन्यवाद दिए ।
प्रतिक्रिया