नेपाललाई ‘स्वर्ण पदक’मा ठूलो धक्का

नेपाललाई ‘स्वर्ण पदक’मा ठूलो धक्का


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा (साग)मा नेपालले सम्पूर्ण स्वर्ण पदक जित्ने विश्वास गरिएको प्याराग्लाइडिङ खेल नहुने भएको छ । १३औँ सागमा आयोजक नेपाल र पाकिस्तानले मात्र नाम दर्ता गराएपछि प्याराग्लाइडिङ खेल नहुने भएको हो । खेल आयोजना हुन कम्तीमा पनि ४ वटा राष्ट्रले सहभागिता जनाउनुपर्छ ।

प्याराग्लाइडिङ खेलमा नाम दर्ताको लागि नेपाल ओलम्पिक कमिटीले मंसिर ४ गते अन्तिम मिति दिएको थियो । सो मितिमा दुई राष्ट्रले मात्र नाम दर्ता गराउँदा खेल नहुने भएको हो । नाम दर्ता गराएको अर्को राष्ट्रले दुई खेलाडीको नाम मात्र दर्ता गराएको थियो । प्याराग्लाइडिङको एक टोलीमा पाँच पुरुष र तीन महिला हुनुपर्छ ।

अन्तिम समयमा आएर प्याराग्लाइडिङ खेल नहुने भएपछि नेपालले जित्ने कुल स्वर्ण पदकमा ठूलो धक्का लागेको छ । खेल नहुने भएपछि अहिले प्याराग्लाइडिङ खेलाडीहरुको बन्द प्रशिक्षण रोकिएको छ ।