नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ


प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठित मन्त्रिमण्डलका नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका छन् । नवनियुक्त नौ जना मन्त्री र राज्यमन्त्रीहरुले शीतलनिवासमा आयोजित समारोहमा शपथग्रहण गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई शपथ ग्रहण गराइएको हो ।

आज शपथ लिने मन्त्रीहरुमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र वसन्तकुमार नेम्वाङ रहेका छन् भने मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्रीको शपथ दिलाएका हुन् ।

pict:rss