आइस हक्की संघको साधारणसभा मंसिर २ गते

आइस हक्की संघको साधारणसभा मंसिर २ गते


नेपाल आइस हक्की संघको दोश्रो साधारणसभा मंसिर २ गते सोमबार काठमाडौंमा हुने भएको छ । साधारणसभा गौशाला पिङ्गलास्थानस्थित रामेश्वरम होटलमा हुने संघका अध्यक्ष भुवन पाठकले जानकारी गराएका छन् ।

दोश्रो साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पाठकको अध्यक्षमा बसेको नेपाल आइस हक्कीको कार्यसमितिको बैठकमा निर्वाचनको तयारीसम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो ।