हलमा ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’

हलमा ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’


शुक्रबारबाट दुईवटा नेपाली फिल्म ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ प्रदर्शनमा आएका छन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ विनोद विष्टले निर्माण तथा निर्देशन गरेका हुन् भने घामड शेरेमा हेमराज बीसीको निर्देशन रहेको छ ।

साहित्यकार घिमिरेको कृति ‘जीवन काँडा कि फूल’मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ तीन वर्षअघि नै छायांकन सकिए पनि प्राविधिक कारणले अहिले मात्र प्रदर्शनमा आएको हो । चलचित्रको पटकथा मुक्ति उपाध्यायले लेखेका हुन् ।

चलचित्रमा झमकको बाल्यकालको भूमिकामा आस्था थापा र झमक ठूलो भएपछिको भूमिकामा रोजिता बुद्धाचार्यले अभिनय गरेकी छिन् । चलचित्रमा घिमिरेको बहिनीको भूमिका सारिका घिमिरेले निर्वाह गरेकी छिन् । चलचित्रमा घिमिरेको संघर्षलाई चित्रण गरिएको छ ।

त्यस्तै सामाजिक विषयवस्तुमा आधारित चलचित्र घामड शेरेमा वास्तविक जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रमा भने उनीहरूले साली–भेनाको चरित्र निर्वाह गरेका छन् ।