महरा-महिला सम्बन्ध : आफ्नै ‘माइन्ड’ आफूविरुद्ध लाग्दा



■ बबिता बस्नेत

प्रायः गम्भीर मुद्रामा देखिने निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप र उहाँको वर्तमान अवस्था हेर्दा जोकोहीलाई सिनेमा हेरिरहेझैँ लाग्छ, लागिरहेको छ । मानिसको जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेका घटनाहरू हुन्छन्, त्यस्तै नसोचिएकोमध्ये आँखैअगाडि भएको एउटा घटनाको रूपमा यसलाई लिन सकिन्छ । अलिकति अगाडिसम्म राज्यको उच्च ओहोदामा रहेका व्यक्ति अकस्मात् बलात्कारीको रूपमा विश्वव्यापी हुँदा खै के–के जस्तो, धेरैलाई विश्वास गर्नैै गाह्रो भएको घटना पनि हो यो ।

घटना बाहिर आएपछि के भएको होला भन्ने जिज्ञासा त स्वाभाविकै रूपले सबैलाई भयो नै, साथमा यो साँच्चिकै बलात्कार हो या सम्बन्धमा आएको खटपटको परिणाम हो ? भन्नेबारेमा पनि चौतर्फी चर्चा भयो, भइरहेकै छ । बलात्कार र महिला–पुरुषबीचको स्वाभाविक, अस्वाभाविक सम्बन्ध फरक कुरा हुन् । साथै एउटी महिला बलात्कृत हुनु जति पीडादायी हो, यदि निर्दोष रहेछ भने एउटा पुरुषमाथि बलात्कारको आरोप लाग्नु त्यति नै पीडादायी कुरा हो । महरा मुद्दामा दुईजनाबीचको चिनजान र आउजाउ पुरानै भएको दुवैले स्वीकारेको अवस्था छ । दुवैजनालाई नजिकबाट चिन्नेहरू पनि त्यत्तिकै छन् ।

वर्षौंदेखि विभिन्न अवस्थाबाट गुज्रिएका सम्बन्धहरूको अन्त्य कसरी हुन्छ यसै भन्न सकिन्न, तत्कालीन परिस्थिति र सम्बन्धित व्यक्तिहरूको सोचमा भर पर्छ । कस्तो नियत र उद्देश्यबाट सम्बन्धको सुरुवात भएको थियो भन्ने कुराले पनि अर्थ राख्छ । एक–अर्काको दुःखसुखमा सहभागी बनुँ भन्ने भन्दा पनि दुई–चार दिन रमाइलो गरुँ टाइपका सम्बन्धहरू हाम्रो समाजमा यत्रतत्र देखिन्छन्, भेटिन्छन् ।

महरा र ती महिलाको सम्बन्धको पृष्ठभूमि नियाल्दा वर्षौंदेखि एक–अर्कालाई सहयोग गरेको देखिन्छ । महरा मन्त्री हुँदा उनलाई मन्त्रालयको सचिवालयमा राख्नुदेखि उनका छोराछोरी, श्रीमान् सबैसँगको आत्मीय सम्बन्ध हेर्दा अहिले उत्पन्न परिस्थिति अकस्मात् आइपरेको दशाजस्तो लाग्छ । दुवैजना विवाहित भएको परिस्थितिमा यसप्रकारको सम्बन्धलाई निरन्तरता दिन हुन्थ्यो–हुँदैनथ्यो नैतिक प्रश्न होला, तर विवाहेत्तर सम्बन्धबारे अनुसन्धान गर्ने हो भने हाम्रो समाज नसोचेको परिणाम आउने अवस्थामा रहेको प्रमाणित हुने तथ्याङ्क आउनेछ भन्नलाई हिच्किचाउनुपर्ने अवस्था छैन । यही ग्राफभित्रको एउटा पात्र अहिले सिनेमाको पात्रझैँ प्रहरी हिरासतमा पुगेको छ ।

सम्बन्धमा आएका खटपटले यसैगरी बलात्कारको रूप लिने हो भने यो देशका अधिकांश पुरुष अहिले जेलमा हुन्थे, हुन्छन्, हुनेछन् । जसभित्र निकै ठूला–ठूला ओहोदामा भएका मानिसहरू पनि पर्नेछन् ।

सम्बन्धमा हाँसो, खुसी, सम्वेदना, झगडा सबै हुन्छन् । यहाँ कुटपिटसमेत भएकाले यो सम्बन्ध अलि अस्वस्थ रूपमा अघि बढिरहेको अनुमान गर्न सकिन्छ । आफूमाथि बलात्कार भएको भनी प्रहरी बोलाएर घटनाको विवरण र प्रमाणहरू प्रहरीसमक्ष राखेकी महिलाले पछि पटकपटक बयान मात्र फेरिनन्, घटना भएकै होइन भनी बयान दिनका लागि अदालत नै पुगिन् । यसको अर्थ के हो भने एकैछिन आफूलाई सम्हाल्न नसक्दाको परिणामले सोचेभन्दा कैयौँ गुणा विकराल रूप लिँदा उनलाई ग्लानि भएको छ । त्यसैले उनी पटकपटक अदालत पुगेकी छिन् । आफू के बोलिरहेकी छु भनी थाहै नपाउने गरी मिडियामा प्रस्तुत भइरहेकी छिन् । आफूले आफैँलाई सम्हाल्न सक्नु जीवनमा सबैभन्दा ठूलो कुरा हो ।

सही तरिकाले उपयोग गर्न सकेन भने मानिसको ‘माइन्ड’ हतियारभन्दा कैयौँ गुणा डरलाग्दो हुन्छ । बलात्कार पनि माइन्डले गर्ने हो, हतियार पनि माइन्डले चलाउने हो । जिन्दगीलाई एकै छिनमा ध्वस्त पनि यसैले गर्छ, व्यवस्थापन पनि यसैले गर्छ । आफ्नै सोचको व्यवस्थापन गर्न नसक्दा मानिसले जीवनमा नसोचेका परिणामहरू भोग्नुपर्ने हुन्छ । त्यही माइन्ड थियो जसले एक–अर्काबीच सम्बन्ध विस्तार ग¥यो । त्यही माइन्ड जसले वर्षौंदेखि सम्बन्ध रहेकी महिला साथीमाथि हात छोड्यो । त्यही माइन्ड जसले बदलाको भाव आएपछि कोठामा प्रहरी बोलायो, त्यही माइन्ड जसले बलात्कारको प्रयासमा उजुरी दिएर कानुनी प्रक्रियाको सुरुवात गऱ्यो र अन्ततः जेल पठायो । अहिले त्यही माइन्ड अब म कसरी सहयोग गर्न सक्छु भन्दै अदालतदेखि मिडियासम्म सशरीर भौँतारिइरहेको छ । आफ्नो माइन्ड आफैँविरुद्ध लाग्यो भने केसम्म हुन्छ भन्ने कुराको उदाहरण हो यो ।

यो घटनालाई लिएर सोसियल मिडियामा ‘अब मुलुकमा कानूनी शासन स्थापित भयो’ भन्दै लेख्नेहरूले पनि साथीभाइहरूसँगको कुराकानीमा भने ‘यस्ता घटना त कति छन् कति, बुढा फसे’ भन्दै हिँडेको सुनिन्छ । हामीकहाँ ‘डबल स्ट्यान्डर्ड’ मानिसहरू धेरै छन् ।

सम्बन्धमा आएका खटपटले यसैगरी बलात्कारको रूप लिने हो भने यो देशका अधिकांश पुरुष अहिले जेलमा हुन्थे, हुन्छन्, हुनेछन् । जसभित्र निकै ठूला–ठूला ओहोदामा भएका मानिसहरू पनि पर्नेछन् । विवाहेत्तर सम्बन्ध ओहोदाबिनामा मानिसमा मात्र सीमित छैन । अनुसन्धान नै गर्ने हो भने ग्राफको ठूलो हिस्सा ओहोदावालाहरूकै भागमा पर्न जान्छ होला । यसले हाम्रो समाजलाई कता लाँदै छ यो बहसको विषय हुन सक्छ । तर, यदि कसैले यस्तो छैन भन्छ भने त्यो ढोंग मात्रै हो । महरा–महिला सम्बन्धमा के भएको होला भन्ने कुराको अन्दाज गर्न सक्नेहरूको सङ्ख्या यहाँ ठूलो छ । यो घटनालाई लिएर सोसियल मिडियामा ‘अब मुलुकमा कानूनी शासन स्थापित भयो’ भन्दै लेख्नेहरूले पनि साथीभाइहरूसँगको कुराकानीमा भने ‘यस्ता घटना त कति छन् कति, बुढा फसे’ भन्दै हिँडेको सुनिन्छ । हामीकहाँ ‘डबल स्ट्यान्डर्ड’ मानिसहरू धेरै छन् ।

स्वस्थ जीवनका लागि सम्बन्धहरू सम्मानित हुनुपर्छ । आफ्नै मनोविज्ञानको सिकार अन्ततः मानिस आफैँ हुने हो । सामान्य मानिसहरूका बीच यस्ता घटना यो शहरमा दिनमा कति होलान् कति, तर विशेष मानिससँगको सम्बन्धका कारण यसले फरक रूप लिन पुग्यो । आफू को हुँ भनेर नचिन्दाको परिणाम महराले भोग्नुप¥यो । म के गरिरहेको छु या मैले के गरेँ ? भन्ने थाहा नपाउँदाको परिणाम ती महिलाले भोगिरहेकी छिन् । ती महिलाले अहिले विभिन्न तरिकाले आफूले आफैँलाई दुःख दिइरहेकी छिन् । मानिसभित्र चल्ने ‘साइकोलोजिकल ड्रामा’ले आफूलाई मात्र दुःख दिँदैन, अरूलाई पनि ध्वस्त बनाउँछ । यो घटनालाई हेर्दा बदलाको भावनालाई नियन्त्रण गर्न नसक्दाको परिणाम मानवीय कमजोरीमा मात्र सीमित नरही कानूनी प्रक्रियामा गएपछि नैतिक मूल्य–मान्यताका अगाडि ‘राज’ थपिएर ‘राजनीतिक’ पनि बन्न पुगेको देखिन्छ ।

सत्ता र राजनीति कति निर्मम हुन्छ भन्ने कुरा इतिहासदेखि वर्तमानसम्म जगजाहेर छ । यस्ता घटनाले पीडित भनिएका महिलालाई हेर्ने दृष्टिकोण त फरक हुन्छ नै, समग्रमा महिला र बलात्कार यी दुवै शब्दलाई न्याय गर्दैन । बलात्कार भनेको यस्तै त हो नि…महिलाहरू यस्तै त हुन्छन् नि…भन्ने मान्यता स्थापित हुँदा वास्तविक पीडितहरूका लागि न्याय टाढाको लक्ष्य बन्न पुग्छ । यस्ता घटनाहरूले अपराधलाई सामान्यीकरण गर्न मद्दत पुग्छ ।

प्रतिक्रिया